कोपनहेगन । डेनमार्कका विदेशमन्त्रीले देशका शीर्ष अमेरिकी कूटनीतिज्ञलाई छलफलका लागि बोलाएपछि मुख्य राष्ट्रिय प्रसारणकर्ताले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित कम्तीमा तीन व्यक्तिले ग्रिनल्यान्डमा गोप्य प्रभाव सञ्चालन गरिरहेको रिपोर्ट सार्वजनिक गरेको छ ।
आर्कटिक क्षेत्रमा रहेको विशाल अर्ध–स्वायत्त डेनिस क्षेत्र ग्रिनल्यान्ड लामो समयदेखि ट्रम्पको चासोको केन्द्रमा रहेको छ ।
तर संयुक्त राज्य अमेरिकाको नाटो सहयोगी डेनमार्क र ग्रिनल्यान्ड दुवैले उक्त टापु बिक्रीका लागि नभएको स्पष्ट गर्दै त्यहाँ अमेरिकी गुप्तचर गतिविधिको रिपोर्टको कडा शब्दमा निन्दा गरेका छन् ।
सार्वजनिक प्रसारणकर्ता डीआरले बुधबार प्रकाशित गरेको रिपोर्टअनुसार, डेनमार्क र सुरक्षा निकायका नाम नखुलाइएका स्रोतहरूसँगै ग्रिनल्यान्ण्ड र अमेरिकाका अज्ञात सूचनादाताले ट्रम्पसँग सम्बन्धित कम्तीमा तीन अमेरिकीले यस क्षेत्रमा ‘प्रभाव सञ्चालन’ गरिरहेको विश्वास गरेका छन् ।
तीमध्ये एक व्यक्तिले अमेरिकी समर्थक ग्रिनल्यान्डवासीहरूको सूची तयार गरेको, ट्रम्पको विरोध गर्नेहरूको नाम सङ्कलन गरेको र अमेरिकी सञ्चारमाध्यममा डेनमार्कलाई नकारात्मक रूपमा देखाउन सकिने घटनाहरू पहिचान गरेको बताइएको छ ।
अन्य दुई व्यक्तिले भने राजनीतिज्ञ, व्यवसायी र स्थानीयहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास गरेको रिपोर्टमा उल्लेख छ ।
‘प्रभाव सञ्चालन’ भन्नाले समाजका मानिसहरूको सोचाइलाई राजनीतिक, सैन्य वा अन्य उद्देश्यका लागि प्रभावित पार्ने योजनाबद्ध प्रयासलाई जनाइन्छ ।
डीआरले आफ्नो समाचार आठवटा फरक स्रोतबाट प्राप्त सूचनामा आधारित रहेको बताएको छ । यी स्रोतहरूले उक्त गतिविधिले ग्रिनल्यान्ड समाजभित्र डेनमार्कसँगको सम्बन्धलाई कमजोर पार्ने लक्ष्य राखेको विश्वास व्यक्त गरेका छन् ।
तर यी अमेरिकीहरू आफ्नै इच्छाले कार्यरत थिए वा अरू कसैको आदेशमा भन्ने कुरा स्पष्ट नभएको डीआरले जनाएको छ । प्रसारणकर्ताले उनीहरूको नाम भने गोप्य राख्ने निर्णय गरेको छ ।
“हामीलाई थाहा छ, विदेशी शक्तिहरूले ग्रिनल्यान्ड र यसको डेनमार्कसँगको सम्बन्धमा चासो देखाउँदै आएका छन्”, डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा भने, “त्यसैले भविष्यमा हाम्रो राज्यलाई प्रभाव पार्ने बाह्य प्रयासहरू हुनसक्ने सम्भावना अस्वाभाविक होइन ।”
उनले भने, “राज्यको आन्तरिक मामिलामा हुने कुनै पनि हस्तक्षेप पूर्ण रूपमा अस्वीकार्य हुनेछ । त्यसैले मैले विदेश मन्त्रालयलाई अमेरिकी चार्ज डी’एफेयर्सलाई छलफलका लागि मन्त्रालयमा बोलाउन निर्देशन दिएको छु ।”
उनले डेनमार्क र ग्रिनल्यान्ड सरकारबीचको सहकार्य ‘घनिष्ठ र आपसी विश्वासमा आधारित’ रहेको पनि दोहोर्याए । यसैबीच, डेनिस सुरक्षा तथा गुप्तचर सेवा (पिइटी) ले भनेको छ, “विशेषगरी वर्तमान अवस्थामा, ग्रिनल्यान्ड विभिन्न किसिमका प्रभाव अभियानहरूको लक्ष्य बनेको छ, जसले डेनमार्क र ग्रिनल्यान्डबीचको सम्बन्धलाई कमजोर पार्ने प्रयत्न गर्न सक्छ ।”
पिइटीका अनुसार, यस्तो प्रभाव सञ्चालन विद्यमान वा बनावटी असहमतिहरूको दुरुपयोगमार्फत गर्न सकिन्छ । दाहरणका लागि, चर्चित व्यक्तिगत विवादहरूको प्रयोग गरेर वा ग्रिनल्यान्डमा डेनमार्क, अमेरिका वा अन्य देशसँग सम्बन्धित दृष्टिकोणलाई प्रवद्र्धन गर्ने माध्यमबाट ।
संस्थाले हालका वर्षहरूमा ग्रिनल्यान्डमा आफ्ना गतिविधि र उपस्थिति स्थानीय अधिकारीहरूसँगको सहकार्यमा निरन्तर बलियो बनाइएको र यो प्रक्रिया आगामी दिनमा पनि जारी रहने बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: