Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सिँजा गाउँपालिकामा विवाद चुलिँदै, कार्यालयमा तालाबन्दी

खबरडबली संवाददाता

जुम्ला । सिँजा गाउँपालिकामा बजेटसम्बन्धी विवाद चुलिँदै गएपछि बुधबारदेखि गाउँपालिका कार्यालयमा तालाबन्दी भएको छ ।

आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट असार ३१ गते गाउँसभा सदस्यको बहुमतले पारित भए पनि सोही दिनदेखि विवाद सुरु भएको हो । गाउँपालिकाका छ वडामध्ये चार वडाध्यक्ष बजेटको विपक्षमा उभिएका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधि बजेटको पक्षमा र अन्य दलका जनप्रतिनिधि विपक्षमा खडा भएका छन् । बजेट पारित गर्दा दुवै पक्षबाट १४–१४ जना मात्र उपस्थित थिए । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल बजेट पक्षमा उभिएपछि बजेट पारित भएको थियो ।

विपक्षी पक्षले बजेट माओवादी कार्यकर्तामुखी बनाइएको, समानुपातिक ढंगले वितरण नभएको, शिक्षक र स्वास्थ्यकर्मी व्यवस्थापनजस्ता महत्वपूर्ण क्षेत्रलाई बेवास्ता गरिएको र उत्पादनमुखी योजना नआएको आरोप लगाएका छन् । यसै कारण आन्दोलन चर्किँदै गएको छ ।

उपाध्यक्ष सितली रोकायाको संयोजकत्वमा वार्ता समिति गठन भए पनि ९ भदौमा भएको वार्ता निष्कर्षविहीन भएपछि आन्दोलनरत पक्षले बुधबारदेखि कार्यालयमा तालाबन्दी गरेका हुन् । आन्दोलनरत पक्षले बजेट संशोधन नभएसम्म तालाबन्दी नखोल्ने चेतावनी दिएका छन् ।

सिँजा–६ का वडाध्यक्ष लालबहादुर बुढाका अनुसार पहिले सहमतिअनुसार बजेट निर्माण गर्ने भनिए पनि पछि माओवादी नेता–कार्यकर्ताले आफ्ना कार्यकर्ता लाभ हुनेगरी बजेट मोडफेर गरेका कारण आन्दोलनमा उत्रिनु परेको हो । उनीहरूले नेपाली कांग्रेस गाउँपालिका समितिका सभापति गोविन्द शर्माको नेतृत्वमा पाँच सदस्यीय संघर्ष समिति पनि गठन गरेका छन् ।

तर, गाउँपालिका अध्यक्ष धितालले भने, ‘जनपक्षीय नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित भइसकेको छ । संशोधनको सवालै उठ्दैन ।’ उनले थपे, ‘१५ लाखको सडक बजेटबाहेक अरु सबैमा उनीहरूले सहमति जनाएका थिए । अहिले भइरहेको आन्दोलन सनकको भरमा गरिएको हो ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending