Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

विश्वका चार मध्ये एक जना सुरक्षित पिउने पानीबाट वञ्चित : राष्ट्रसङ्घ

खबरडबली संवाददाता

जेनेभा । विश्वभर अझै पनि दुई अर्बभन्दा बढी मानिस सुरक्षित र व्यवस्थित पिउने पानीको पहुँचबाट वञ्चित रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । राष्ट्रसङ्घले मङ्गलबार प्रकाशित प्रतिवेदनमा सन् २०३० सम्ममा सबैका लागि सुरक्षित पानी र सरसफाइ उपलब्ध गराउने लक्ष्य अझै टाढिँदै गएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य संस्था (डब्लुएचओ) र बाल एजेन्सी (युनिसेफ) ले संयुक्तरूपमा जारी गरेको अध्ययन अनुसार गत वर्ष विश्वका चार मध्ये एक जना मानिस सुरक्षितरूपमा व्यवस्थित पिउने पानीको पहुँचबाट वञ्चित थिए । अझै पनि करिब १० करोड मानिस सतहको पानीमै निर्भर छन्, जसले उनीहरूलाई रोगको उच्च जोखिममा पारेको छ ।

“पानी, सरसफाइ र स्वच्छता कुनै विशेषाधिकार होइन, ती आधारभूत मानव अधिकार हुन्”, डब्लुएचओका वातावरण विभागका प्रमुख रुडिगर क्रेचले भने, “सबैभन्दा सीमान्तकृत समुदायहरूका लागि कामलाई तीव्र बनाउनैपर्छ ।” प्रतिवेदनले पिउने पानीलाई पाँच तहमा वर्गीकरण गरेको छ ।

सबैभन्दा माथिल्लो तह ‘सुरक्षितरूपमा व्यवस्थित हो, जसमा पानी घरमै उपलब्ध हुने, आवश्यक बेला पाइने र मल तथा रासायनिक प्रदूषणबाट मुक्त हुने सुविधा समावेश हुन्छ । अन्य तहमा आधारभूत (३० मिनेटभित्र सुधारिएको स्रोतमा पुग्ने), सीमित (३० मिनेटभन्दा बढी लाग्ने), असुरक्षित (असुरक्षित कुवा वा भूमिगत पानी) र सतहको पानी पर्दछन् ।

पानी पहुँचमा प्रगति र चुनौती

सन् २०१५ देखि अहिलेसम्म ९६ करोड १० लाख मानिसले सुरक्षित पिउने पानीको पहुँच पाएका छन् । यस अवधिमा विश्वव्यापी पहुँच ६८ प्रतिशतबाट बढेर ७४ प्रतिशत पुगेको छ । तर अझै पनि दुई अर्ब १० करोड मानिस सुरक्षितरूपमा व्यवस्थित पिउने पानीबिनै बाँचिरहेका छन् । तीमध्ये १० करोड ६० लाखले सतहको पानी प्रयोग गरेका छन् । यो सङ्ख्या एक दशकमा छ करोड १० लाखले घटेको भए पनि चुनौती गम्भीर नै छ ।

सन् २०१५ मा १४२ देशले सतहको पानी प्रयोगलाई पूर्णरूपमा हटाएका थिए भने २०२४ मा यो सङ्ख्या बढेर १५४ पुगेको छ । हालसम्म ८९ देशमा कम्तीमा आधारभूत पिउने पानी सबैका लागि उपलब्ध छ भने ३१ देशमा सुरक्षित रूपमा व्यवस्थित सेवा पूर्णरूपमा पुगेका छन् । तर २८ देशमा अझै पनि चारमध्ये एक जनाभन्दा बढी आधारभूत सेवाबाट वञ्चित छन्, जसको धेरैजसो अफ्रिकी मुलुकमा केन्द्रित छ ।

सरसफाइ र स्वच्छता सेवामा सुधार

सरसफाइको क्षेत्रमा पनि केही प्रगति भएको छ । सन् २०१५ देखि अहिलेसम्म एक अर्ब २० करोड मानिसले सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सेवाको पहुँच पाएका छन् । यस अवधिमा पहुँच ४८ प्रतिशतबाट बढेर ५८ प्रतिशत पुगेको छ । सुरक्षित सरसफाइ भन्नाले साझा नभएको सुविधा र त्यहाँ उत्पादन भएको मल सुरक्षितरूपमा नष्ट वा प्रशोधन गरिएको अवस्थामा बुझिन्छ ।

खुला शौच गर्ने मानिसहरूको सङ्ख्या पनि घटेर सन् २०२४ मा ३५ करोड ४० लाख (विश्व जनसङ्ख्याको चार प्रतिशत) मा झरेको छ । यो सन् २०१५ को तुलनामा करिब ४२ करोड ९० लाखले कम हो । यस्तै, आधारभूत स्वच्छता सेवामा पनि एक अर्ब ६० करोड मानिस थपिएका छन् । घरमै साबुन र पानीसहित हात धुने सुविधा पाउनेहरूको दर ६६ प्रतिशतबाट बढेर ८० प्रतिशत पुगेको छ ।

बालबालिकामा असर

युनिसेफकी वाश विभाग प्रमुख सिसिलिया शार्पले चेतावनी दिँदै भने, “जब बालबालिकाले सुरक्षित पानी, सरसफाइ र स्वच्छताको पहुँच पाउँदैनन्, उनीहरूको स्वास्थ्य, शिक्षा र भविष्य जोखिममा पर्छ ।” उनले असमानता विशेष गरी केटीहरुका लागि कडा हुने उल्लेख गरे । उनका अनुसार उनीहरूले प्रायः पानी ल्याउने जिम्मेवारी सम्हाल्छन् र मासिक धर्मका बेला थप कठिनाइ भोग्छन् । उनले भने, “हालको गतिमा अघि बढ्दा प्रत्येक बालबालिकालाई सुरक्षित पानी र सरसफाइको वाचा अझै अधुरै रहन्छ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending