Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

युरोपेली र इरानी कूटनीतिज्ञबिच प्रतिबन्ध समयसीमा अघि अन्तिम समयमा आणविक वार्ता

खबरडबली संवाददाता

भिएना । संयुक्त रूपमा इ-थ्री राष्ट्र भनिने बेलायत, फ्रान्स र जर्मनीका प्रतिनिधि मङ्गलबार जेनेभामा आफ्ना इरानी समकक्षीसँग अन्तिम समयमा वार्ता गर्न तयारी गर्दै छन् । यो वार्ता युरोपेलीले तथाकथित स्न्यापब्याक संयन्त्र सक्रिय गरेर इरानमाथि प्रतिबन्ध पुनः लागू गर्ने द्रुत समयसीमा नजिकिँदै गर्दा आयोजना गरिएको हो ।

वार्ताबारे इरानी विदेश मन्त्रालयका प्रवक्ताले सोमबार घोषणा गरेका हुन् । यसअघि, जुलाई २५ मा इस्तानबुलमा युरोपेली र इरानी टोलीबिच बैठक भएको थियो । जुन महिनामा भएको १२ दिने इरान–इजरायल युद्धअघि नै इरानी आणविक कार्यक्रम ‘हतियार-स्तर’ नजिक युरेनियम संवर्धन गरिरहेको भन्दै युरोपेली चिन्तित बनेका थिए । इरान-इजरायल युद्धका क्रममा इरानका केही आणविक साइटमा आक्रमण भएको थियो । त्यही बेला तेहरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) सँगको सबै सहयोग तोड्दा चिन्ता झन् गहिरिएको हो ।

यस कदमले अन्तर्राष्ट्रिय समुदायलाई इरानको आणविक कार्यक्रमबारे अझ अन्धकारमा धकेलेको छ । अहिले इरानसँग ६० प्रतिशत शुद्धतामा युरेनियम भण्डार रहेको बताइन्छ । यो स्तर हतियार–ग्रेड ९० प्रतिशतसम्म पुग्न प्राविधिक दृष्टिले छोटो दूरी मात्रै बाँकी छ । इरानले भने सधैँ आफ्नो आणविक कार्यक्रम ‘शान्तिपूर्ण’ भएको दाबी गर्दै आएको छ । तर त्यही स्तरको युरेनियम संवर्धन गर्ने इरान विश्वकै एक मात्र गैर-आणविक-सशस्त्र राष्ट्र हो । अमेरिका, आइएइए र अन्य स्रोतले इरानसँग सन् २००३ सम्म आणविक हतियार कार्यक्रम रहेको बताउँदै आएका छन् ।

यसैबिच, युरोपेली राष्ट्रहरूले यस वर्षको सुरुमा अमेरिकासँग सहमति गर्दै इरानले केही शर्तहरू पूरा नगरेमा अगस्टको अन्त्यसम्म स्न्यापब्याक संयन्त्र लागू गर्ने समयसीमा तोकेका थिए । ती शर्तमध्ये अमेरिकासँग वार्ता पुनः सुरु गर्ने अनुमति दिनु पनि एक हो । सन् २०१५ को इरान आणविक सम्झौतामा रहेको स्न्यापब्याक प्रावधानअनुसार, कुनै पनि पक्षले इरानलाई आवश्यकता अनुसार अनुपालन नगरेको ठहर गरेमा प्रतिबन्ध स्वचालितरूपमा पुनः लागू गर्न सकिन्छ । यसरी लागू गरिने प्रतिबन्धलाई रूस वा चीनसहित संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का अन्य सदस्यले भिटो गर्न सक्दैनन् ।

इरानले भने युरोपेलीले स्न्यापब्याक प्रयोग गरेर राष्ट्रसङ्घीय प्रतिबन्ध पुनः लागू गर्ने कुनै कानूनी आधार नभएको दाबी गर्दै आएको छ । इरानको भनाइमा, सन् २०१८ मा अमेरिकाले सम्झौताबाट एकतर्फी रूपमा बाहिरिएपछि अन्य राष्ट्रहरूले सन् २०१५ को सम्झौतालाई पूरा समर्थन नगर्दा इरानलाई अपेक्षित आर्थिक लाभबाट वञ्चित बनायो । सन् २०१५ मा विश्व शक्ति र इरानबिच भएको सम्झौता अनुसार, इरानले आणविक हतियार विकास गर्न नसकोस् भन्ने उद्देश्यले उसलाई केवल ‘ऊर्जाका लागि आवश्यक स्तर’ सम्म मात्र युरेनियम संवर्धन गर्न अनुमति दिइएको थियो ।

यसको बदलामा इरानमाथि लगाइएका कठोर आर्थिक प्रतिबन्ध हटाइएका थिए र राष्ट्रसङ्घीय निरीक्षकलाई उक्त कार्यक्रमको निगरानी गर्ने जिम्मा दिइएको थियो । मूल सम्झौता अनुसार, इरानलाई तीन दशमलव छ शुद्धतासम्म मात्र युरेनियम संवर्धन गर्ने, अधिकतम तीन सय किलोग्राम युरेनियम भण्डार राख्ने र केवल आधारभूत आईआर-१ सेन्ट्रिफ्युज प्रयोग गर्ने अनुमति थियो । यी सेन्ट्रिफ्युजले युरेनियम ग्यासलाई तीव्र गतिमा घुमाएर संवर्धन गर्ने काम गर्छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending