Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

इन्डोनेसिया, अमेरिका र सहयोगी राष्ट्रद्वारा संयुक्त सैन्य अभ्यास सुरु

खबरडबली संवाददाता

जाकर्ता । इन्डोनेसिया र संयुक्त राज्य अमेरिकाले सोमबार संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । अभ्यास एक हप्ताभन्दा बढी समयसम्म चल्ने छ । अभ्यासमा ११ देशका सहयोगी पनि सहभागी छन् । अभ्यासले एसिया-प्रशान्त क्षेत्रमा स्थिरता सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

वार्षिक ‘सुपर गरुडा सिल्ड’ अभ्यास सेप्टेम्बर ४ सम्म राजधानी जकार्ता, सुमात्राको पश्चिमी टापु र रियाउ द्वीपसमूहका विभिन्न स्थानहरूमा सञ्चालन हुने छ । अस्ट्रेलिया, जापान, सिङ्गापुर, फ्रान्स, न्युजिल्यान्ड, बेलायतलगायतका राष्ट्रका सहभागीसँगै चार हजार एक सयभन्दा बढी इन्डोनेसियाली र एक हजार तीन सय अमेरिकी सैनिकले अभ्यासमा भाग लिने छन् ।

अमेरिका र अस्ट्रेलिया जस्ता केही देशले प्रशान्त क्षेत्रमा चीनको बढ्दो आक्रामकताबारे चिन्ता व्यक्त गरेका छन् । तर वासिङ्टनले यो अभ्यासले बेइजिङलाई लक्षित नगरिएको बताएको छ । युएस इन्डो-प्यासिफिक कमान्डका कमान्डर स्यामुएल पापारोले यस वर्षको अभ्यास ‘अहिलेसम्मकै सबैभन्दा ठूलो सुपर गरुडा सिल्ड’ भएको बताए । 

“यसले सार्वभौमसत्ताका सिद्धान्तहरू कायम राख्न र हिंसाको प्रयोगबाट भू-राजनीतिक स्थिति परिवर्तन गर्न चाहने जो कोहीलाई रोक्न सबै सहभागीको सामूहिक दृढ सङ्कल्प प्रतिनिधित्व गर्दछ”, पापारोले भने, “हामी सबै डोमेनमा दैनिक अभ्यास गर्दैछौँ, ताकि साझेदार आवश्यक पर्दा हामी छिटो र विश्वासका साथ कार्य गर्न सक्षम हौँ ।” अभ्यासमा कर्मचारी अभ्यास, साइबर डिफेन्स ड्रिल र लाइभ फायर कार्यक्रम समावेश रहेको इन्डोनेसियाली सेनाले जनाएको छ ।

भारत, पपुवा न्यु गिनी र पूर्वी टिमोर लगायतका देशले पनि अभ्यासका लागि पर्यवेक्षक पठाएका छन् । इन्डोनेसियाले तटस्थ विदेश नीति कायम राख्दै महाशक्ति प्रतिस्पर्धामा कूटनीतिक सन्तुलनका साथ वासिङ्टन र बेइजिङसँग सम्बन्ध सुधार्ने प्रयास गरिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending