गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३, उपल्लो भाडगाउँमा रहेको शिवालय मन्दिर पुनर्निर्माणपछि आकर्षक बनेको छ । एक करोड रुपियाँभन्दा बढी लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो ।
मन्दिरमा नर्मदेश्वर शिवलिङ्ग स्थापना गरी अखण्ड दीप प्रज्वलन भइरहेको छ । यो मन्दिर २०४४ सालमा शिलान्यास गरी २०४५ सालमा स्थापना गरिएको थियो । करिब चार दशकदेखि मन्दिरमा निरन्तर पूजा–आजा हुँदै आएको छ ।
पुनर्निर्माणका लागि २०७९ सालमा रेसुङ्गा नगरपालिकाबाट ५० लाख र पर्यटन कार्यालयबाट ५ लाख रुपियाँ विनियोजन भएको मन्दिर निर्माण समितिका अध्यक्ष प्रकाश पाण्डेले बताए । मन्दिरको डिजाइन र निगरानी रेसुङ्गा नगरपालिकाका सब–इन्जिनियर चक्र केसीले गरेका कारण मन्दिर निकै आकर्षक बनेको उनले उल्लेख गरे ।
पछिल्लो दुई वर्षमा लुम्बिनी प्रदेश सरकारबाट ४५ लाख र रेसुङ्गा नगरपालिकाबाट ५ लाख रुपियाँ थप विनियोजन भएको समितिले जनाएको छ । हालसम्म मन्दिर निर्माणमा एक करोड पाँच लाख रुपियाँ खर्च भएको छ । विभिन्न संस्था र स्थानीयको सहयोगमा भारतबाट नर्मदेश्वर शिवलिङ्ग ल्याई गत साउन १५ गते स्थापना गरिएको छ । प्रत्येक सोमबार रुद्री र चण्डी पाठ हुने गरेको छ ।
रेसुङ्गा हुँदै साउनेको शक्ति मन्दिरसम्मको बाटोमा रहेको यो मन्दिरमा भाकल गरेका सबै कुरा पूरा हुने विश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाबुराम मरासिनीले बताए । उनले सदरमुकाम तम्घासबाट तीन किलोमिटरको पैदल यात्रापछि मन्दिर पुग्न सकिने र तम्घास, भाडगाउँ, साउने हुँदै रेसुङ्गासम्मको धार्मिक मार्गको रूपमा विकास गरिने बताए ।
गाउँका २७० घरधुरीबाट भेटी संकलन गरी भारतबाट शिवलिङ्ग ल्याइएको र दैनिक बिहान–साँझ अखण्ड दीपसहित नित्यकर्म हुने गरेको मरासिनीले बताए । मन्दिरको प्रवेशद्वार र भजन–कीर्तनका लागि शीतलपाटी व्यवस्थापन गर्न बाँकी रहेको मन्दिर व्यवस्थापन समितिका सचिव यमलाल पाण्डेले बताए । यातायातको असुविधा र प्रचार–प्रसारको कमीले ओझेलमा परेको यो शक्तिशाली मन्दिरलाई रेसुङ्गासँग जोडेर प्रवर्द्धन गरिने रेसुङ्गा नगरपालिका–३ का वडाध्यक्ष बाबुराम खत्रीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: