भोजपुर । भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो ।
नवोदय नामक संस्थाले ‘भोजपुर सङ्ग्रहालय’ स्थापना गरी सर्वसाधारणका लागि खुला गरेको हो । परम्परागत सामग्री भावी पुस्ताका लागि संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको संस्थाका अध्यक्ष किशोरकुमार ताम्रकारले बताए । उनले भने, ‘टक्सारमा पहिला एक र दुई पैसाका टक पनि काटिने गरिथ्यो, त्यो पैसा समेत सङ्ग्रहालयमा देख्न सकिन्छ, यसको व्यवस्थापन र सञ्चालनका लागि आगामी दिनमा दीर्घकालीन योजनाका साथ अघि बढ्नेछौँ ।’
सङ्ग्रहालयमा हलो, काठका विभिन्न सामग्री, लालटिन, माटाका भाँडा, क्यासेट राखिएको छ । संस्थाका सचिव यदु सुवालले स्थानीय स्तरमा प्रयोग भएका पुराना सामग्री सङ्ग्रह गरी सङ्ग्रहालय स्थापना गरिएको बताए ।
कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सिर्जना राईले टक्सार एतिहास ठाउँ भएको उल्लेख गर्दै सङ्ग्रहालयले यहाँको संस्कार र संस्कृति जोगाउन सहयोग पु¥याउनेमा विश्वास व्यक्त गरे । वि.सं १८७२ मा राजा गीर्वाणयुद्ध शाहको पालामा स्थापना भएको ऐतिहासिक टक्सार बजारको संरक्षण गर्न पनि सङ्ग्रहालय स्थापना गरिएको समाजसेवी चन्द्रकुमार उदासले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: