Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

तिजमा पशुपतिनाथका चारै ढोकाबाट दर्शन गर्न पाइने

खबरडबली संवाददाता

काठमाडौं । हरितालिका तिजको अवसरमा पशुपतिनाथ मन्दिरका भक्तजनका लागि चारैवटा ढोकाबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलनमार्फत दर्शन व्यवस्था, सुरक्षात्मक उपाय र अन्य प्रबन्धबारे जानकारी दिएको हो ।

कोषका अनुसार भक्तजनले गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरेर पश्चिम मूलढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ । यसमार्गका भक्तजनले कैलाश दक्षिणस्थित जुत्ता–चप्पल कक्षबाट आफ्ना सामान लिन सक्नेछन् ।

त्यस्तै, मित्रपार्क–जयबागेश्वरी–पाचागणेश–भीमसेनस्थान–भुवनेश्वरी–शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ । सो मार्ग प्रयोग गर्ने भक्तजनका लागि शंकराचार्य मठ दक्षिणतर्फ जुत्ता–चप्पल कक्ष तोकिएको छ ।

पिङलास्थान–चारशिवालय पञ्चदेवल–बज्रघर हुँदै दक्षिण ढोकासम्मको लाइनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउको सानो ढोकाबाट प्रवेश गराई दक्षिण ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ । यस मार्ग प्रयोग गर्ने भक्तजनका लागि पञ्चदेवल पूर्व अस्थायी रूपमा जुत्ता–चप्पल कक्ष बनाइएको छ ।

यस्तै, तिलगंगा–राम मन्दिर हुँदै बागमती पूर्व किनार पार गरेर आर्यघाट नजिकको पुलबाट प्रवेश गर्ने भक्तजनलाई श्री पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट भित्रिने र त्यहीँबाट बाहिरिने व्यवस्था मिलाइएको छ । यसका लागि आर्यघाट नजिकै अस्थायी जुत्ता–चप्पल कक्ष बनाइएको कोषले जनाएको छ ।

कोषका अनुसार दर्शनका लागि बिहान ३ बजेदेखि नै लाइन खुला हुनेछ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुसार नेपाली सेनासमेत खटाइनेछन् । साथै, सादा पोसाकका सुरक्षाकर्मीहरू पनि परिचालन गरिने कोषले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending