Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

चुरे काछवासीलाई बर्खे भेलले सास्ती

खबरडबली संवाददाता

महोत्तरी । बर्दिवास नगरपालिका क्षेत्रमात्र पर्ने चुरे क्षेत्रका बासिन्दालाई अहिले सास्ती बढेको छ । साउन अन्तिम साताको लगातारको वर्षा भदौ लागेपछि अलि थामिए पनि बाटोघाटो र खानेपानीका मुहान बर्खे भेलले बिगारेपछि काछवासी सास्तीमा परेका हुन् ।

महोत्तरीमा चुरेक्षेत्र बर्दिवासका वडा नं ३, ४, ५, १० र ११ गरी पाँच वडामा पर्दछ । यहाँको चुरे क्षेत्र करिब ३५ किलोमिटर लम्बाइको छ । मधेसको कर्णाली भनिने चुरेको छ बस्ती बर्खा लागेसँगै बाहिरी सम्बन्धबाट विच्छेद हुन्छ । “खोलैखोलाको बाटो बर्खे भेलले पूरै बिगारेको छ, ठाउँठाउँका पाखाबाटा पनि बिग्रेका छन्”, बर्दिवास–११ खयरमाराको झ्याउरे भाङ्ग्रेका ७० वर्षीय पूर्णबहादुर बम्जन भन्छन्, “अब हिउँद नलागेसम्म यी बाटाघाटा खुल्दैनन्, यसयाममा कोही बिरामी परे डोकोमै बोकेर सातरआठ किलोमिटर दक्षिणको खयरमारा बजार पुगेपछिमात्र सवारीसाधन पाइन्छन् ।”

चुरेक्षेत्रका यी पाँच वडामा करिब २०र२२ बस्ती छन् । धेरैजसो यी बस्ती पुग्ने बाटो चुरेका पाखा र खोलाबाट छ । हिउँदभरि बस्ती नजिकसम्म दुःखसुख गाडी गुडे पनि बर्खा लागेपछि यी बस्ती बाहिरी सम्पर्कबाट पूरै टुट्छन् ।

“बर्खेभेलले खगारेको पाखे बाटो पैदल हिँड्न पनि कठिन हुन्छ, खोला भएर हिँड्ने बाटो त झन् बाढी नै हिँड्ने भइहाल्यो”, बर्दिवास–३ को काछबस्ती पर्साहीधापका सामाजिक कार्यकर्ता बुद्धबहादुर मोक्तान भन्छन्, “हिउँद लागेर बाटो नसखारिउञ्जेल हामी यहाँका बासिन्दा अनकन्टारमै हुन्छौँ ।”

बाटोघाटो मात्र नभएर अहिले खानेपानीको सङ्कट व्यहोरिरहनु परेको काछवासीको गुनासो छ । काछबस्तीमा धेरैजसो खोला छेउका जरुवा पानी, खोल्सी र कुवामै निर्भर हुनुपरेको बर्दिबास–५ छोड्केकी मनमाया ब्लोन बताउँछन् ।

उनले भने, “हामीले खानेपानीको मुहान पाखाबाट झरेको लेदोले पुर्‍यो, कसैगरी दुईरतीन दिन लगाएर लेदो सफा गरिए पनि पानी सङ्कलन समय लाग्ने हुँदा धमिलो नै खानु परेको छ ।” सबैभन्दा मुस्किल त कोही बिरामी भइहाले बर्दिवास अस्पतालसम्म पुर्‍याउन कठिन पर्ने गरेको काछवासीको गुनासो छ ।

“बर्खा सकिनासाथ चाडवाडको रन्कोले छोप्छ, तर योबेला सवारीसाधन चल्दैनन्, सरसामान जुटाउन काछवासीलाई अत्यन्त अप्ठ्यारो छ”, बर्दिवास–५ का वडाध्यक्ष कहारमान स्याङ्वा भन्छन्, “बर्खाभरि बाटो सखार्ने, सम्याउने कामका लागि भित्री काछबस्तीसम्म यान्त्रिक उपकरण पु र्‍याउन गारो छ, त्यसैले राम्रो मर्मतसम्भारका लागि हिउँद नै पर्खन परेको हो ।”

बाटोघाटो र खानेपानी मात्र नभएर बर्खेभेलले कैयन ठाउँका छड्की (तारजालीको बाँध) फुटाएर बालीनाली क्षति गरेको छ । कैयन ठाउँमा खेत कटानको जोखिम बढ्दो छ । “हामीले पर्साहीधापमा बर्खेभेलले तारजाली काट्न थालेपछि डोजर त पुर्‍यायौंँ, तर चुरेक्षेत्रमा पानी परिरहँदा खहरे उर्लेर आएपछि काम गर्नसक्ने स्थिति रहेन”, यसै भदौको पहिलो साताको उर्रा खोलाको बाढी सम्झदै बर्दिवास–३ का वडाध्यक्ष विराट विष्ट भन्छन्, “ठाउँठाउँमा बस्ती नै बाढीको चपेटामा पर्ने डर बढेको छ ।”

बर्खेभेलले ओल्लोपल्लो बस्तीमा आवतजावत गर्न कठिन भएको छ । बर्खेभेलले गर्दा गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण गर्न गराउन स्वास्थ्य संस्थासम्म पुग्न समस्या छ । यसैगरी सुत्केरी गराउन अस्पतालसम्म पुर्‍याउन काछवासीलाई बाटोले अप्ठ्यारो पारेको बर्दिवास–४ माइस्थानका सामाजिक कार्यकर्ता सोमबहादुर कार्कीको भनाइ छ ।

महोत्तरीमा रातु, भब्सी, जङ्घा, गणन्ता, ढुङ्ग्रे, टुटेश्वर, खयरमारा, मडहा र बाँके मुख्य नदी हुन् । यी नदीमा मिसिने खहरे, खोल्सीको सङ्ख्या ३०० को हाराहारी पुग्छन् । एउटा रातुमा मात्रै १०८ वटा खहरेखोल्सी मिसिएका छन्। बर्खामा सबैजसो खहरेखोल्सीमा उर्लने बाढीले भित्री बस्तीका बाटाघाटा भत्काउने पीडा यहाँ बर्सेनिको हो ।

पाखो बाटो सखारेर राम्रो नबनुञ्जेल आफूहरुको सास्ती रहिरहने काछवासीको भनाइ छ । “चुरेकाछका बस्ती पुग्ने बाटो धेरैजसो खोला भएर छन्, त्यसैले बढी समस्या भएको छ, अब पाखोबाटो बनाउन सरकारले पहलकदमी लिइदेओस्”, बर्दिवास–१० खयरमाराका सामाजिक अगुवा दुर्गामान लामा भन्छन्, “यति नहउञ्जेल काछवासी मान्छेजसरी बस्न नपाउने भए ।”

अब यसपाली बर्खा सकिनासाथ स्थानीय तह, प्रदेश एवं सङ्घीय सरकारबीच समन्वय भएर बाटोघाटो, खानेपानी र स्वास्थ्य संस्थाका लागि दीर्घकालीन उपाय अवलम्बन गरिनपर्ने यी बस्तीका बासिन्दाको माग छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending