वासिङ्टन । एलन मस्कको स्पेसएक्स आइतबार आफ्नो स्टारसिप मेगारकेटको अर्को परीक्षणका लागि तयार भइरहेको छ । हालैका असफलताहरूले यसको व्यवहार्यतामाथि प्रश्न उठाइरहेका बेला यो उडानलाई निकै महत्त्वपूर्ण मानिएको छ।
विश्वकै सबैभन्दा शक्तिशाली प्रक्षेपण वाहन दक्षिणी टेक्सासको स्टारबेसबाट स्थानीय समय साँझ ६ः३० बजे (२३३० जिएमटी) १०औँ उडानका लागि प्रस्थान गर्ने योजना छ ।
यस मिसनको लक्ष्य रकेटलाई परीक्षणहरूको शृङ्खलाबाट गुजार्दै विश्वको आधा बाटो उडाएर अन्ततः हिन्द महासागरमा खसाल्ने हो । यस पटक भने कम्पनीले प्रक्षेपण टावरको विशाल ‘चपस्टिक’ हात प्रयोग गरी बुस्टर समात्ने प्रयास नगर्ने बताइएको छ ।
स्टारसिप मस्कको मङ्गल ग्रह उपनिवेश योजनाको केन्द्र हो । नासाले पनि यसलाई संशोधित संस्करणमार्फत आर्टेमिस चन्द्र ल्यान्डरको रूपमा प्रयोग गर्ने तयारी गरेको छ ।
तर सन् २०२५ मा भएका सबै तीन परीक्षण उडानहरू दुई पटक क्यारिबियन टापु नजिक र एक पटक अन्तरिक्ष पुगेपछि माथिल्लो चरण विस्फोटमा समाप्त भएका छन् । यसै वर्ष, ‘स्टाटिक फायर’ परीक्षणमा जमिनमै अर्को माथिल्लो चरण विस्फोट भएको थियो ।
स्पेसएक्सले अपनाएको ‘फेल फास्ट, लर्न फास्ट’ संस्कृतिले कम्पनीलाई फाल्कन रकेट परिवारमार्फत प्रक्षेपण उद्योगमा अग्रणी बनाएको थियो । तर स्टारसिपका लगातार अवरोधहरूले यसै किसिमको सफलता दोहोर्याउन सक्ने क्षमतामा शङ्का उत्पन्न गरेको छ ।
– दबाब बढ्दै –
एनालाइसिस मेसनका अन्तरिक्ष विज्ञ डलास कासाबोस्कीले भने, “यो मिसनमा निकै दबाब छ । धेरै परीक्षण भए तर अझै भरपर्दो साबित भएको छैन—असफलताहरू नै बढी छन् ।”
पूर्व इन्जिनियर एवं विश्लेषक विल लकेटले भने, “भारी पेलोड परीक्षणको कमीले स्टारसिपको अवधारणामै समस्या देखाउँछ ।”
उनका अनुसार, स्पेसएक्सले पुनः प्रयोगयोग्य बनाउन हल्का बनाइएका स्टारसिपहरू आवश्यकताभन्दा कमजोर भएका छन्, जसले हालैका परीक्षणहरूमा संरचनात्मक असफलता निम्त्याएको हो ।
यसैबीच, ‘के एलन मस्कको स्टारसिप बर्बाद भयो ?’ जस्ता हेडलाइनहरूले ध्यान तानेका छन् । मस्कले कम्पनीको भविष्य नै स्टारसिपमा लगानी गर्नुभएको छ र अन्ततः हालका रकेट तथा अन्तरिक्ष यानलाई अवकास दिन चाहन्छन् ।
दशौँ परीक्षण सफल भए पनि, प्रणालीलाई पूर्ण पुनः प्रयोगयोग्य बनाउने, कक्षामा सुपर–कुल्ड इन्धन भर्ने र गहिरो अन्तरिक्ष मिसन सम्भव बनाउन अझै ठूलो प्राविधिक चुनौती बाँकी छ ।
यद्यपि स्पेसएक्सले प्रक्षेपणको आवृत्ति बढाउँदैछ । वातावरणीय समूहहरूको आलोचनाका बीच फ्लोरिडामा नयाँ प्रक्षेपण र अवतरण सुविधा निर्माण पनि भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: