Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

भियतनामका उपराष्ट्रपतिको भ्रमणबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

खबरडबली संवाददाता

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक नेपाल भ्रमणमा छिन् । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उनी आज काठमाडौँ आएकी हुन् । 

भियतनामका लागि गैरआवासीय नेपाली राजदूत धनबहादुर ओली उच्चस्तरको यस भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा गर्छन् । नेपाल र भियतनामबीच १९७५ मे १५ मा औपचारिक दौत्य सम्बन्ध स्थापना भएको थियो ।

त्यसयता दुवै मुलुकबीच पारस्परिक सद्भाव र विविध क्षेत्रमा सहकार्य हुँदै आएको छ । दुई देशबीच यसप्रकारका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सरकारीस्तरमा मात्रै नभइ व्यापार, व्यवसाय र जनस्तरमा समेत द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ ।

राजदूत ओलीले भने, “दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको सन्दर्भमा भियतनाका उपराष्ट्रपतिबाट नेपाल भ्रमण भएको छ, यो उच्चस्तरीय भ्रमणबाट नेपाल र भियतनामबीच व्यापार, लगानी, पर्यटन र सांस्कृतिक आदान–प्रदानलगायत आपसी सहकार्यका विविध क्षेत्रलाई नयाँ आयाममा लैजान पहल गर्नुपर्छ ।”

भियतनामका उपराष्ट्रपति सुआनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट तथा विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र र स्वयम्भूनाथको भ्रमण गर्ने कार्यक्रम छ ।

दुई देशबीच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा यसवर्ष दुवै मुलुकमा विविध कार्यक्रम आयोजना गरिएका छन् । नेपालले आउँदो अक्टोबरमा भियतनामको हनोइमा विशेष कार्यक्रम आयोजना गर्ने राजदूत ओलीले जानकारी दिए । कार्यक्रममा कृषि, पर्यटन, लगानी, व्यापार र सांस्कृतिक आदान–प्रदानलाई प्राथमिकताका साथ अघि बढाइने योजना छ । त्यस कार्यक्रममा नेपालका तर्फबाट पनि उच्चस्तरीय भ्रमणको सम्भावना छ ।

दुई मुलुकबीच कूटनीतिक र सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा (भिसा) छुट दिने तथा लगानीसम्बन्धी सम्झौताको तयारी भइरहेको राजदूत ओलीले जानकारी दिए । “नेपालले लगानीमैत्री वातावरण बनाउन सकेमा भियतनामसँग संयुक्त लगानी गर्ने प्रशस्त सम्भावना छ । विशेषगरी कृषि, पर्यटन, ‘एग्रो–प्रोसेसिङ’, हर्बल उत्पादन र कफी प्लान्टेशनजस्ता क्षेत्रमा सहकार्यका पर्याप्त सम्भावना छन्”, उनले भने ।

भियतनामले उत्पादन र निर्यात क्षमतामा ठूलो प्रगति गरिसकेको छ । विशेषगरी कफी, धान, फलफूल र अन्य उत्पादनमा सफलता हासिल गरेको भियतनामसँग नेपालले अनुभव आदान–प्रदान गर्न सक्ने उनको भनाइ छ । कृषि मूल्य श्रृङ्खला विकास, आधुनिक प्रविधि प्रयोग र उत्पादन वृद्धिमा सहकार्य गर्न सकिने सम्भावना रहेको राजदूत ओलीले बताए । 

दुई देशबीच पर्यटन अर्को सम्भावित क्षेत्रका रूपमा देखिएको छ । नेपाल र भियतनामबीच हालसम्म प्रत्यक्ष हवाई सम्झौता नभए पनि त्यसको प्रक्रिया सुरु गरिएको छ । यसलाई निष्कर्षमा पु¥याउन सकेमा दुवै देशबीच पर्यटक आदान–प्रदानमा सहजता हुने अपेक्षा गरिएको थाइल्याण्डका लागि नेपाली आवासीय राजदूत ओलीले बताए । 

विशेषगरी लुम्बिनीलाई केन्द्र बनाएर ‘चार्टर फ्लाइट’ सुविधा उपलब्ध गराएमा भियतनाममार्ग हुँदै कोरिया, जापानलगायत मुलुकका पर्यटकलाई नेपाल भित्र्याउन सकिने विश्वास गरिएको छ । यसले बौद्ध पर्यटनलाई अझ प्रवर्द्धन गर्नेछ । “बौद्धमार्गी मुलुक भियतनामले नेपाललाई बुद्ध जन्मभूमि र हिमालको देश भनेर चिन्ने गर्छ । त्यसैले बौद्ध पर्यटन प्रवर्द्धनमा दुवै देशले संयुक्त रूपमा काम गर्न सक्छौँ”, राजदूत ओलीले भने । 

शैक्षिक तथा सांस्कृतिक आदान–प्रदानमा पनि दुई देशबीच सहकार्यको प्रशस्त सम्भावना छ । विशेषगरी लुम्बिनीमा स्थापित बौद्ध विश्वविद्यालय तथा अध्ययन केन्द्रलाई लक्षित गरेर विद्यार्थी आदान–प्रदान कार्यक्रम सञ्चालन गर्न सकिनेछ । यसले दुई देशका युवापुस्ताबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ । त्यसैगरी, नेपाल–भियतनाम मैत्री सङ्घ सक्रिय रूपमा लागिरहेको र यसले दुवै देशका नागरिकस्तरीय सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पु¥याइरहेको छ ।

नेपाल र भियतनाम दुवै मुलुक बुद्ध धर्मसँग सम्बन्धित भएकाले सांस्कृतिक नाता गहिरो छ । अन्तरराष्ट्रिय मञ्चमा पनि दुवै देश शान्तिप्रिय राष्ट्रका रूपमा परिचित छन् । जलवायु परिवर्तन, हरित विकास र बहुपक्षीय सहकार्यका विषयमा दुवै देशको साझा दृष्टिकोण रहेको राजदूत ओलीको भनाइ छ । 

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५०औँ वार्षिकोत्सव द्विपक्षीय  सम्बन्धलाई अझ नजिक ल्याउने महत्त्वपूर्ण अवसर मानिएको छ । राजदूत ओलीका अनुसार भियतनामका उपराष्ट्रपतिको नेपाल भ्रमण दुई देशबीचको सम्बन्ध थप मजबुद तुल्याउने महत्त्वपूर्ण कडीका रूपमा रहने छ ।

यस अवसरलाई प्रयोग गरेर दुई देशबीच व्यापारिक साझेदारी, लगानी प्रवर्द्धन, पर्यटन विकास र सांस्कृतिक आदान–प्रदानलाई नयाँ ढङ्गले अघि बढाउने योजना रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending