शारदा । स्वदेशमा भविष्य नभएको भन्दै दैनिक धेरै युवायुवतीहरु रोजगारीका लागि विदेश पलायन भइरहेका छन् । राज्यले स्वरोजगार मुलक कार्यक्रम ल्याउन नसक्दा घरपरिवार पाल्न भन्दै जनशक्ति विदेश पलायन भइरहेका छन् । जसले गाउँघर बालबच्चा र वृद्धवृद्धाहरुको मात्र होकी जस्तो देखिन थालेको छ । धेरै जनशक्ति विदेश पलायन भइरहदा सल्यानमा केही जनशक्तिले यस्तो उदाहरण प्रस्तुत गर्दै आइरहेका छन् । जसले लगन, परिश्रम र अठोट भए आफ्नै माटोमा पनि सुन फलाउन सकिन्छ भन्ने देखाएका छन् ।
शारदा नगरपालिका ९ नयाँबस्तीका जिवराज बोहराले ओखर र टिमुर खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् । एक सय बोट ओखर र तीन सय बोट टिमुर लगाएका बोहराले वार्षिक सबै खर्च कटाएर पाँच लाख बढी आम्दानी गर्दै आइरहेका छन् । उनले भने,‘एक सय ५० बोट ओखर मध्ये अहिले १५ ÷२० बोटले दाना दिन थालिसकेका छन् । जसबाट एक लाख देखि एक लाख ५० हजारसम्म आम्दानी हुन्छ भने एक सिजनमा पाँच देखि ६ क्विन्टल टिमुर बिक्रीबाट चार÷पाँच लाख रुपैयाँ आम्दानी भइहाल्छ ।
एक ओखरबाट बोटबाट चार हजार देखि पाँच हजार दानासम्म उत्पादन भइरहेको र रुख ठूलो भइरहेकाले वार्षिक उत्पादन पनि बढ्ने बोहराको भनाइ छ । कृषिमा भविष्य नदेख्दा र छोटो समयमा धेरै प्रतिफल लिन खोज्दा धेरै युवाहरु विदेश पलायन भइरहेको उनले बताए । कृषिमा लगानी गर्न सके र आफ्नै माटोमा पौरख गर्न सके विदेशमा हुने आम्दानी जति स्वदेशमा पनि गर्न सकिने बोहरा बताउँछन् ।
यस्तै शारदा नगरपालिका २ जोगिदेउ खोलामा वि.स २०७७ सालदेखि व्यवसायिक ड्रागन खेती गर्दै आएका छन् ५२ वर्षीय घमण्ड बहादुर डाँगीले । लगाएको एक वर्षदेखि नै उत्पादन दिने भएकाले छोटो समयमै आम्दानी लिन सकिने उनको भनाइ छ । झन्डै दुई रोपनीमा व्यवसायिक खेती गर्दै आएका डाँगीले एक सिजनमा मात्रै दुई लाख न्दा बढी आम्दानी गर्दै आएका छन् । उनले भने, ‘सुरुका एक दुई वर्ष अनुभवको अभावका कारण उत्पादन लिन सकिएन पछि विस्तारै सिक्दै गइयो अहिले अन्नबालीको भन्दा झन्डै पाँच गुणा बढी आम्दानी यो ड्रागन खेतीले दिइरहेको छ ।
जिल्लामा पहिलो खेती भएकाले बजारको माग अनुसार आफूले उत्पादन गर्न नसकीरहेको उनकोे अनुभव छ।रातो जातको ड्रागन भएकाले मूल्य पनि राम्रो पाउने उनले बताए। ‘राप्ती राजमार्ग सडक छेउमा नै भएकाले धेरै जसो बारीबाट नै बिक्री भइहाल्छ बारीबाट बिक्री नभएको बजार लगेर बिक्री गर्ने गरेको छु’,उनले भने । प्रतिकिलो तीन सय ५० रुपैयाँका दरले बारीबाट नै बिक्री वितरण हुँदै आइरहेको डाँगीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: