Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

राज्यका अंगहरूको पुनर्संरचना र रूपान्तरण अनिवार्य छ: नारायणकाजी श्रेष्ठ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको विकास र समृद्धि अवरुद्ध हुनुको कारण केवल राजनीतिक अस्थिरता मात्र नभई राज्यका अन्य अंगहरूको रूपान्तरण नहुनु पनि भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले लेखेका छन्, “हाम्रो देशमा विकास र समृद्धि तीव्र गतिमा अगाडि बढ्न नसक्नुमा राजनीतिक समस्याहरू मुख्य जिम्मेवार छन् भन्नेबारेमा धेरै चर्चा हुँदै आएको छ । तर त्यत्तिकै महत्त्वपूर्ण कुरा राज्यका अन्य अंगहरूको लोकतान्त्रिक पुनर्संरचना र रूपान्तरण नहुनु पनि यसका लागि समान रूपमा दोषी छ ।”

श्रेष्ठले विशेषगरी न्यायपालिका गम्भीर संकटमा फसेको दाबी गरेका छन् । उनका अनुसार न्यायको खोजीमा अदालत धाउने सामान्य नागरिकले ‘सम्पर्क, पहुँच वा घुस’ बिना न्याय पाउनै नसक्ने अवस्था बनेको छ ।

उनले अझ गम्भीर आरोप लगाउँदै भनेका छन्, “अदालतलाई राजनीतिक स्वार्थ, बदला र प्रतिशोध पूरा गर्ने साधनको रूपमा प्रयोग गरिँदैछ । न्यायाधीशहरूले आफ्ना पदीय वा निजी स्वार्थका लागि सरकारको राजनीतिक नेतृत्वसँग इच्छाअनुसार मुद्दा फैसला गरिदिने प्रवृत्ति चरम लज्जाको विषय हो ।”

श्रेष्ठका अनुसार यस्ता प्रवृत्तिले निर्दोषहरू जेल हालिनुपर्ने, सम्पत्ति गुमाउनुपर्ने र न्यायबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना गरेको छ । उनले न्यायपालिकामा बसेका जिम्मेवार पदाधिकारीहरूले यसबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए ।

“राज्यका अंगहरूको पुनर्संरचना र रूपान्तरण अनिवार्य छ । तर त्यसका लागि त्यहीअनुरूपको राजनीतिक नेतृत्व आवश्यक हुन्छ, र त्यसको आधार ‘सफा राजनीति’ हुनुपर्छ,” उनले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending