Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

एडिबीद्वारा पाकिस्तानको तामा–सुन खानीका लागि ४१ करोड डलर स्वीकृत

खबरडबली संवाददाता

इस्लामाबाद । एसियाली विकास बैंक (एडिबी) ले शुक्रबार पाकिस्तानको रेको डिक तामा र सुन खानी विकासका लागि ४१ करोड डलरको प्याकेज स्वीकृत गरेको छ । यस खानीमा रहेको दुर्लभ पृथ्वी भण्डारले विदेशी चासो मात्र नभई मानव अधिकारसम्बन्धी चिन्ता पनि आकर्षित गरेको छ ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरु हुन लागेको यो सम्भावित ठूलो खुला खानी परियोजनाले विश्वकै सबैभन्दा ठूलो अप्रयुक्त तामा र सुनको भण्डार विकास गर्ने लक्ष्य राखेको छ । यसको उत्पादन सन् २०२८ देखि सुरु हुने अनुमान गरिएको छ ।

दशकौँदेखि पाकिस्तानले खनिजसम्पन्न यस दक्षिणी प्रान्तमा पृथकतावादी विद्रोहसँग सामना गरिरहेको छ । विदेशी लगानीमा सञ्चालित ऊर्जा परियोजनाहरू – विशेषगरी चिनियाँ कम्पनीहरूले चलाएका – बारम्बार आक्रमणको निशाना बनेका छन् ।

एडिबीले स्वीकृत गरेको प्याकेजमा क्यानाडाली कम्पनी ‘ब्यारिक’ लाई ३० करोड डलर ऋण र स्थानीय सरकारका लागि ११ करोड डलरको क्रेडिट ग्यारेन्टी समावेश छ ।

निर्माण सम्पन्न भएपछि, रेको डिक विश्वको पाँचौँ ठूलो तामाको खानी हुने अनुमान छ । तामा तार, मोटर र नवीकरणीय ऊर्जा प्रविधिमा अत्यन्तै महत्त्वपूर्ण धातु मानिन्छ ।

“रेको डिकले स्वच्छ ऊर्जा सङ्क्रमणलाई अगाडि बढाउने मात्र नभई, डिजिटल नवप्रवर्तनलाई पनि सहयोग गर्नेछ र महत्त्वपूर्ण खनिज आपूर्ति शृङ्खलामा योगदान पुर्‍याउनेछ”, एडिबीका अध्यक्ष मासातो कान्दाले विज्ञप्तिमा भने ।

कान्दाले उक्त प्याकेजलाई ‘पाकिस्तानका लागि खेल परिवर्तक (गेम–चेन्जर)… राष्ट्रलाई अझ मजबुत र विविध अर्थतन्त्रतर्फ लैजाने’ कदमका रूपमा वर्णन गरे ।

तर, मानवअधिकारवादीहरूले बलुचिस्तानमा रेको डिक परियोजनाप्रति कडा आलोचना गरेका छन् । उनीहरूका अनुसार विद्रोह आंशिक रूपमा प्राकृतिक स्रोतको आम्दानी बाँडफाँटमा असन्तुष्टिबाट भड्किएको हो ।

बलुचिस्तान हाइड्रोकार्बन र खनिजमा धनी भए पनि, यहाँका एक करोड ५० लाख बासिन्दामध्ये करिब ७० प्रतिशत गरिबीको रेखामुनि जीवनयापन गर्छन् । करीब तीन दर्जन नागरिक समाज समूहहरूले एडिबी र अन्तर्राष्ट्रिय वित्त निगमलाई रेको डिकमा लगानी रोक्न आग्रह गरेका छन् ।

“यो परियोजनाले मानव अधिकार रक्षकहरूको असुरक्षा बढाउने मात्र नभई, वातावरणीय र सामाजिक विनाशमा समेत योगदान पुर्‍याउने जोखिम छ”, माइनिङवाच क्यानाडा र एशिया–प्यासिफिक नेटवर्क अफ इन्भाइरोन्मेन्टल डिफेन्डर्सलगायतका समूहहरूले मङ्गलबार प्रकाशित सार्वजनिक पत्रमा चेतावनी दिएका छन् ।

ब्यारिक कम्पनीले यसबारे प्रतिक्रिया दिन गरिएको अनुरोधलाई अस्वीकार गरेको छ । यसैबीच, पाकिस्तानका सेनापति हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग व्यापार शुल्कबारे वार्ता गर्दै देशलाई खनिज र दुर्लभ पृथ्वी तत्वको हबका रूपमा अघि बढाउने प्रयासमा लागेका छन् ।

पाकिस्तानी अधिकारीहरूले दशकौँदेखि रेको डिकलाई राष्ट्रको आर्थिक पुनरुत्थान रणनीतिको आधारशिला बनाउने प्रयास गर्दै आएका छन् । तर यसको सम्भावना ठूलो भए पनि कानूनी विवाद, प्रशासनिक जटिलता र सङ्घीय तथा प्रान्तीय सरकारबीचको मतभेदका कारण खानी परियोजना वर्षौंदेखि सुस्त रूपमा अघि बढिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending