गाजा । इजरायलका रक्षामन्त्री इजरायल काट्जले शुक्रबार हमासले इजरायलको सर्त स्वीकार नगरे गाजा सहर पूर्णरूपमा नष्ट हुन सक्ने चेतावनी दिनु भएको छ । उनका अनुसार देशले यस क्षेत्रमा थप ठूलो आक्रमणको तयारी गरिरहेको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा सहर कब्जा गर्न सेनालाई ठूलो कारबाहीको अनुमति दिएको भोलि पल्ट, रक्षामन्त्री काट्जले गाजाको सबैभन्दा ठूलो सहर पनि ‘रफाह र बेत हानुन’ जस्तै भग्नावशेष बन्न सक्ने चेतावनी दिए । यी दुवै स्थान युद्धको सुरुमा नै ध्वस्त भएका थिए । “हमासका हत्यारा र बलात्कारीले युद्ध अन्त्यका लागि इजरायलका सर्त स्वीकार नगरेसम्म गाजामा उनीहरूको टाउकोमा नरकको ढोका चाँडै खुल्ने छ”, काट्जले एक्समा लेखे ।
उनले युद्ध विरामका लागि इजरायलले राखेको माग सबै बन्धकको रिहाइ र हमासको पूर्ण निः शस्त्रीकरणलाई दोहोर्याए । तर हमासले भने बन्धकलाई युद्ध अन्त्यको सर्तमा मात्र छोड्ने जनाएको छ र प्यालेस्टिनी राज्य गठन बिनै निःशस्त्रीकरण अस्वीकार गरेको छ । गाजा सहरमा ठूलो स्तरको अपरेसन केही दिनमै सुरु हुन सक्ने अनुमान छ ।
गाजा सहर हमासको प्रमुख सैन्य र प्रशासनिक गढ मानिन्छ । यहाँ इजरायलको विश्वास अनुसार व्यापक भूमिगत टनेल नेटवर्क छ । यस क्षेत्रमा अझै पनि लाखौँ नागरिक बसोबास गर्छन् र केही महत्वपूर्ण पूर्वाधार तथा स्वास्थ्य सुविधा बाँकी छन् । हमासले यसै हप्ता अरब मध्यस्थकर्ताको युद्ध विराम प्रस्ताव मान्ने जनाएको थियो ।
यदि इजरायलले उक्त प्रस्ताव स्वीकृत गर्यो भने आक्रमण रोक्न सक्ने सम्भावना छ । तर पक्षहरूले प्रत्यक्ष वार्ता नगरेका कारण यस्ता घोषणा अघिल्ला पटक जस्तै असफल हुने आशङ्का पनि छ । प्रस्तावले बन्धक-कैदी आदान प्रदान, इजरायली सेनाको चरण बद्ध फिर्ता र दीर्घकालीन युद्ध विरामका लागि निरन्तर वार्ता गर्ने योजना समावेश गरेको छ ।
तर यसअघि नेतान्याहुको गठबन्धनभित्रै विभाजन र दक्षिाणपन्थी कडा दबाबका कारण त्यस्तै सम्झौता असफल भएको थियो । सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वका लडाकूले गरेको आक्रमणपछि अझै जीवित रहेका करिब २० जना बन्धकलाई यस पटकको आक्रमणले खतरा बढाउने इजरायलीको डर छ ।
सहायता संस्था र अन्तर्राष्ट्रिय नेताले गाजाको मानवीय सङ्कट अझ गहिरिन सक्ने चेतावनी दिएका छन् । निकासी गर्ने नागरिकको व्यवस्थापन अत्यन्त कठिन हुने अपेक्षा गरिएको छ । गाजामा कतै पनि सुरक्षित नभएकाले धेरै बासिन्दाले बारम्बार विस्थापन व्यर्थ भएको बताएका छन् । चिकित्सा समूहले बिरामीलाई आवश्यक सुविधान नभएको दक्षिणतर्फ सार्ने इजरायलको आग्रह व्यवहारमा असम्भव भएको भन्दै चेतावनी दिएका छन् ।
तर नेतान्याहुले यो आक्रमण नै बन्धकलाई मुक्त गर्ने र हमासलाई कमजोर पार्ने एक मात्र निश्चित उपाय भएको तर्क गरेका छन् । “यी दुई कुरा-हमासलाई पराजित गर्नु र हाम्रा सबै बन्धकलाई मुक्त गर्नु-सँगै अघि बढ्छन्”, नेतान्याहुले बिहीबार दक्षिणी इजरायल नजिकैको कमान्ड सेन्टर भ्रमणका क्रममा भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: