जेनेभा । विश्वव्यापी तापक्रम लगातार बढ्दै जाँदा श्रमिकहरूको स्वास्थ्य र काम गर्ने क्षमतामा गम्भीर असर परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघका स्वास्थ्य र मौसम विज्ञान निकायहरूले सरकार, रोजगारदाता र स्वास्थ्य संस्थाहरूलाई श्रमिकलाई गर्मीको जोखिमबाट जोगाउन तत्काल र ठोस कदम चाल्न आह्वान गरेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले अत्यधिक गर्मीले बाहिर र भित्र दुवै स्थानमा काम गर्ने श्रमिकलाई असर पुर्याएको उल्लेख गर्दै, कृषि, निर्माण र मत्स्यपालन क्षेत्रका श्रमिकहरू सबैभन्दा बढी जोखिममा रहेको बताएका छन् ।
उनीहरूको अनुसार, २० डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढ्दै जाँदा प्रत्येक डिग्रीले श्रमिकको उत्पादकता दुई देखि तीन प्रतिशतसम्म घट्ने देखिएको छ । यसले डिहाइड्रेसन, मिर्गौला सम्बन्धी रोग जस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।
डब्लुएमओका उपमहासचिव को ब्यारेटले भने, “अत्यधिक गर्मी अब केवल विषुववृत्त नजिकका देशहरूको मात्र समस्या रहेन, यो अब एक विश्वव्यापी सामाजिक चुनौती बनेको छ । श्रमिकलाई गर्मीबाट जोगाउनु केवल स्वास्थ्यको विषय होइन, आर्थिक आवश्यकता पनि हो ।”
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को अध्ययन अनुसार विश्वका ७१ प्रतिशत श्रमिक अत्यधिक गर्मीको जोखिममा छन्, जसबाट प्रत्येक वर्ष २२ लाखभन्दा बढी चोटपटक र झन्डै १९ हजार मृत्यु हुने गरेको छ ।
आईएलओका श्रम सुरक्षा प्रमुख जोआकिम पिन्टाडो नुनेसले भने,“यदि हामीले समयमै प्रभावकारी सुरक्षा र रोकथामका उपायहरूमा लगानी गर्यौँ भने विश्वले हरेक वर्ष अर्बौँ डलरको क्षति बचाउन सक्छ ।”
प्रतिवेदनमा विशेष गरी मध्य उमेर र वृद्ध श्रमिकहरू, दीर्घरोगी र कमजोर शारीरिक क्षमताका व्यक्तिहरूलाई उच्च जोखिममा राखेर तिनीहरूको सुरक्षामा जोड दिनुपर्ने उल्लेख गरिएको छ ।
डब्लुएचओका वातावरण प्रमुख रुडिगर क्रेचले भने,“हामीले अन्तिमपटक कार्यस्थलमा गर्मीसम्बन्धी निर्देशन सन् १९६९ मा बनाएका थियौँ, तर अहिले जलवायु परिवर्तनको अवस्था निकै गम्भीर भइसकेको छ ।”
डब्लुएमओका वरिष्ठ निर्देशक जोहान स्ट्यान्डरले चेतावनी दिँदै भने,“हामीले अब भविष्यको गर्मी होइन, अहिलेको यथार्थ सामना गर्नुपर्छ — अब विकल्प के छ भनेः या त अनुकूल बन्नु, या त नाश स्विकार गर्नु ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: