Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

तीजः संस्कृतिको पर्व कि भड्किलो प्रतिस्पर्धा ?

दरले दबिँदै निम्न आय भएका परिवार

गुमनाम गाउँले

काठमाडौं । हरेक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हिन्दु नारीहरूको महत्वपूर्ण र धार्मिक पर्व हो— हरितालिका तीज । किंवदन्तीअनुसार भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न हिमालयकी छोरी पार्वतीले गरेको कठोर तपस्याको सम्झनामा यो पर्व सुरु भएको हो । त्यसैले विवाहित महिलाले पतिको दीर्घायु र स्वास्थ्यका लागि, अविवाहित महिलाले सुयोग्य जीवनसाथीको कामनाका लागि यो व्रत बस्ने परम्परा रहँदै आएको छ ।

तर, समयसँगै तीजको स्वरूप बदलिँदै गएको छ । माइतीको आँगनमा गीत गाउँदै मनाइने तीज आज पार्टी प्यालेस र होटलमा पुगिसकेको छ । व्रत र पूजा–आराधनाको स्थान भोजभतेर र नृत्य–संगीतले लिएको छ ।

यो वर्ष पनि हरितालिका तिज नजिकिँदै गर्दा बजारमा ‘दर अफर’ ले रौनक बढाएको छ । पसलदेखि सामाजिक सञ्जालसम्म—सर्बत्र तिजको रंग छाएको छ । तर यो रौनक सबैका लागि समान छैन । सानो आम्दानी भएका परिवारलाई भने दर पठाउने प्रतिस्पर्धाले दिनदिनै दबाब बढाइरहेको छ ।

दरले दबिँदै निम्न आय भएका परिवार

पहिले दर भन्नासाथ दाल, भात, मासु, घरमै बुनेको सारी वा चुरा सम्झिन्थ्यो। तर, अहिले दर महँगो गिफ्ट, ब्रान्डेड कपडा र कस्मेटिक सेटमा बदलिएको छ । 

शहरमा बस्ने दिदीबहिनीलाई दर पठाउनैपर्छ भन्ने दबाब भएकाले थोरै आम्दानी हुने आफु जस्ताले महँगो सारी, चकलेट सेट पठाउँदा घर खर्च नै जोर्न गाह्रो हुने सर्वसाधरणकाे बसझाइ छ  । आफु सानो छँदा फुपुहरुलाई तजिको एकदुईदनि अघ बोलाएर सुख दुःखका कुरा गर्दै दर खुवाउँदा छुट्टै रमाइलो हुने गरेको भएपनि अहिले तिज आउनु एकमहिना अघिदेखी दर खुवाउने चलनले न्युन आय भएकाहरुलाई मार परेको  ललितपुरकी इमुना महर्जनकाे भनाइ  छ ।

पछिल्लो समय पसलहरूले तिजलाई लक्षित गर्दै छुट योजना ल्याउँउने गरेका छन् । ‘तिज अफर’ नामका गिफ्ट प्याकेज, ब्रान्डेड सारी र गहनामा छुट, मेकअप र ब्युटी पार्लरको विशेष प्याकेज जस्ता येजानले बजारमा समेत प्रतिस्पर्धा देखीएकोले न्युन आया स्रोत हुनेहरु ले दर पठाउन नसक्दा समाजमा समेत हेलाहुनु पर्ने धनकुटाकी मुना काफ्लेको भनाइ छ ।

काठमाडौँका कपडा व्यापारी कृष्ण भट्टराईका अनुसार, तिज नजिकिँदै गर्दा बिक्री ३–४ गुणा बढे पनि वास्तविक उपभोक्ता मध्यम आय वर्गमा नै हुने गरेका छन् । प्रतिस्पर्धा गर्दै महँगो दर पठाउनुपर्ने बाध्यताले पनि उनीहरुको परिवारमा आर्थिक भर बढ्ने गरेको उनको बुझाइ छ ।

सामाजिक सञ्जालको प्रभाव

आजकल दर केवल पठाउने मात्र होइन, दिखाउने वस्तु पनि बनेको छ । फेसबुक र टिकटकमा दर खोलेर भिडियो बनाउने चलनले प्रतिस्पर्धा अझै चर्काएको छ । दिदीबहिनीलाई खुसी पार्ने नाममा भाइबहिनी नै ऋण खोज्नुपर्ने अवस्था भएको ललितपुरकै जीवन महर्जनको भनाइ छ । सामाजिक सञ्जालमा दर देखाउने चलनले धेरैलाई लाजको डरमा पार्ने गरेको उनले बताए ।

समाजिक सञ्जालकाे बढ्दाे प्रयाेग र त्यहाँ गरीने प्रदर्शनले देखावटी गर्दै गर्दा कतिपय सर्वसाधरणलाई तिजले रिणकाे भारी बाेकाउने गरेकाे उनकाे बुझाइ छ ।

संस्कृतिबाट भड्किलोपनतर्फ

आजभोलि तीजका नाममा महिनाभर दर खाने र खानेकुरा, गिफ्ट, गहना र फेशनको प्रदर्शन हुन्छ ।“श्रृंगारको नाममा विलासीपन, गीतको नाममा उच्छृङ्खलता, र नाचको नाममा अश्लीलता मिसिन थालेको छ । कतिपय तीज गीत त घरपरिवारमा बसेर सुन्नै गाह्रो हुने खालका बनेका छन् ।

यसबाहेक, संघसंस्था, क्लब, राजनीतिक दल र व्यावसायिक समूहसम्मले तीजको नाममा भोजभतेर गर्ने, कार्यक्रम गर्ने, प्रतिस्पर्धा झैं आयोजनामा होमिने प्रवृत्ति मौलाएको छ ।

संस्कृतिको संरक्षणको नाममा विकृति र समाजमा पर्ने असर

तीज वा कुनै पनि चाडपर्व मनाउने विषयमा कसैलाई आपत्ति छैन । चाडपर्व हाम्रो अमूल्य धरोहर हो । तर त्यसलाई विकृत बनाउने अधिकार कसैलाई छैन । ‘धेरै खायो भने चिनी पनि तीतो हुन्छ’ भन्ने आहानजस्तै, पर्वको मौलिकता गुमाएर भड्किलो प्रतिस्पर्धा गर्ने प्रवृत्ति कुनै हालतमा उचित हुँदैन ।

यी विकृतिहरूले संस्कार र संस्कृतिको मूल्य–मान्यतालाई कमजोर बनाइरहेका छन् । नयाँ पुस्तामाझ तीजको गलत सन्देश प्रवाह भइरहेको छ। यसरी धर्म र संस्कृतिको नाममा भएको विकृति दीर्घकालमा हाम्रो समाजलाई नै दूषित बनाउन सक्छ ।

विज्ञहरूको दृष्टिकोण

दर आदानप्रदान एक सामाजिक सन्देश भएपनि अहिले यो सामाजिक प्रतिस्पर्धा र देखावटीपन मा रूपान्तरित भएको समाजशास्त्रीहरु बताउछन् । विशेषगरी सानो आय भएका परिवार आर्थिक दबाबमा परेका उनीहरुको तर्क छ ।

उनीहरुक अनुसार संस्कृति परिवर्तन हुनु स्वाभाविक रहेपनि परम्परा जोगाउँदै रमाइलो गर्ने सन्तुलन आवश्यक रहेको छ । दरले परिवारलाई खुशी पार्ने भन्दा ऋणको फन्दामा पार्छ भने त्यो संस्कृति नभएर बोझ  भएको उनीहरुको तर्क छ ।

हाम्रो जिम्मेवारी

हामीसँग भएको सम्पत्ति भनेकै संस्कार, संस्कृति र परम्परा हो। अरु कुरा त मानिससँगै मेटिन्छन्। त्यसैले धार्मिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्व बोकेको यस्तो पर्वलाई सभ्य तरिकाले मनाउनु हाम्रो साझा कर्तव्य हो । हरितालिका तीजलाई रमाइलो, भेटघाट र सांस्कृतिक उत्सवको रूपमा मनाउँदै गर्दा यसको मौलिकता र पवित्रता जोगाउनु आवश्यक छ । तिज संस्कृतिको मूल सन्देश भनेकै— दिदीबहिनीलाई खुसी दिने, परिवारबीच ऐक्यबद्धता बढाउने हो तर दर भड्किलो बन्दै गएपछि त्यो सन्देश हराउँदै गएको छ ।

अब समाजसँग प्रश्न उब्जिएको छ, के हामी तीजलाई भक्ति, आस्था र संस्कृतिको पर्वका रूपमा जोगाउँछौं, वा भड्किलो प्रदर्शन र प्रतिस्पर्धाको मैदानमा परिणत गर्छौं ? के हामी दरलाई सामथ्र्यअनुसार सीमित राख्ने चेतना विकास गर्छौं, वा प्रतिस्पर्धा गर्दै सानो आय भएका परिवारलाई अझै दबाउँदै लैजान्छौं ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending