Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

गफ होइन, काम गर्नेलाई मतदान गरौँ

खबरडबली संवाददाता

नेपालको आधुनिक राजनीतिक इतिहास केवल व्यवस्था परिवर्तनको कथा मात्र होइन, आम नागरिकको जीवनस्तर बदल्ने निरन्तर संघर्षको दस्तावेज पनि हो। केन्द्रीकृत राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा नेकपा (माओवादी केन्द्र) को भूमिका निर्णायक रहँदै आएको छ।

आजको चुनावी बहस कसले राम्रो बोल्छ भन्ने गफमा होइन, कसले के नतिजा दियो भन्ने ठोस आधारमा केन्द्रित हुनुपर्छ। चुनावमा व्यक्ति को उठ्यो भन्ने होइन, कस्तो व्यक्ति उठ्यो भन्ने कुरा प्रधान हुन्छ ।उसको आचरण, उसका विगतका काम र उसले प्रतिनिधित्व गर्ने पार्टीको भूमिका मूल्याङ्कन गर्नुपर्छ।

अँध्यारो हटाउने नेतृत्व, उज्यालो दिने निर्णय

एक दशकअघि सम्म नेपाली जनता दिनको १८ घण्टा लोडसेडिङको मारमा थिए। त्यो अँध्यारो केवल विद्युत उत्पादनको कमीका कारण होइन, नीतिगत भ्रष्टाचार र कुव्यवस्थापनको परिणाम थियो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्व र सही व्यक्ति छनोट (कुलमान घिसिङको नियुक्ति) ले देशलाई लोडसेडिङमुक्त मात्र बनाएन, आज नेपाल विद्युत निर्यात गर्ने अवस्थामा पुगेको छ।

आर्थिक वर्ष २०७९/८० सम्ममा नेपालले करिब १७.४६ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गरिसकेको छ भने आगामी अवधिमा १८.२६ अर्ब रुपैयाँको थप निर्यात लक्ष्य सहित देश ऊर्जामा आत्मनिर्भर बन्दैछ । यो गफ होइन, दृश्य नतिजा हो।

मिटरब्याजीविरुद्ध कारबाही : गरिबको झुपडीमा पुगेको न्याय

गाउँ–गाउँमा गरिब किसानको उठिबास गराउने मिटरब्याजी प्रथा आधुनिक सामन्तवादको अर्को रूप थियो। माओवादी नेतृत्वको सरकारले यसलाई अपराध घोषणा गर्दै आयोग गठन गर्‍यो।

यस अभियानअन्तर्गत २१८ बिघा जग्गा पीडितलाई फिर्ता गरियो र करिब ६ अर्ब रुपैयाँ बराबरको अवैध ऋणको भारबाट जनतालाई मुक्त गरियो। यो कागजी भाषण होइन, गरिबको जीवनमा परेको वास्तविक परिवर्तन हो।

भ्रष्टाचारविरुद्ध निर्मम प्रहार

दशकौँदेखि जकडिएको भ्रष्टाचारको जालो तोड्न माओवादी नेतृत्वको सरकारले चालेका कदम ऐतिहासिक छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यशक्तिको दुरुपयोग गर्ने उच्च पदस्थ व्यक्तिहरू जेलको कठघरामा पुगे। यही कारण तत्कालीन माओवादी नेतृत्वको सरकार ढालिएको कटु इतिहासको साक्षी नेपाली जनता आफैँ छन्।

बाँसबारी छाला जुत्ता कारखाना, ललिता निवास, बालमन्दिर जस्ता काण्डमा सरकारी जग्गा फिर्ता गर्ने प्रक्रियाले भूमाफियाहरूको निद्रा हराम गरिदिएको छ।

गिरीबन्धु चिया बगान र चुरे दोहन जस्ता सेटिङमार्फत राज्य स्रोत बेच्ने प्रयासलाई माओवादीले सदन र सडक दुवैबाट रोकेको तथ्य सबैलाई विदित छ।

संघीयता : गाउँ–गाउँमा सिंहदरबार

“गाउँ–गाउँमा सिंहदरबार” संघीयता माओवादी आन्दोलनको मूल एजेन्डा थियो। आज यसको परिणामस्वरूप ७५३ स्थानीय सरकार क्रियाशील छन् जहाँ आर्थिक अधिकारसहित कार्यपालिका, व्यवस्थापिका र न्यायिक समितिहरू सक्रिय छन्।

यद्यपि, संविधानले परिकल्पना गरेअनुसार स्थानीय सरकार अझै पूर्ण अधिकारसम्पन्न बन्न सकेको छैन। त्यसको मुख्य कारण संविधानअनुरूप आवश्यक ऐन, कानुन, नीति र नियम नबन्नु हो। यी कमजोरी सच्याउँदै मालपोत, नापी जस्ता निकाय स्थानीय सरकारअन्तर्गत ल्याउने र स्थानीय अदालत गठन गर्ने दिशामा अब हामी निर्वाचित भएर अघि बढ्नेछौँ।

समावेशिता र पहिचानको सम्मान

आज वडा–वडामा दलित महिला तथा महिलाको ४१ प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनु माओवादी आन्दोलनकै ऐतिहासिक देन हो।

मध्यपुर थिमिमा करिब २,००० परिवारले दशकौँपछि जग्गाधनी पुर्जा पाउनु स्थानीय आवश्यकता बुझ्ने माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) नेतृत्वको ठोस सफलता हो।

मतदातालाई अपील

चुनावका बेला मिठा भाषण गर्ने र आश्वासनको भारी बोकाउने धेरै आउँछन् । तर हामीले सोध्नुपर्ने प्रश्न स्पष्ट छ अँध्यारोमा देश राख्नेहरूलाई फेरि जिताउने ? चुरे दोहन र सेटिङको राजनीतिलाई समर्थन गर्ने ? भ्रष्टाचारी जोगाउने कि जेल पठाउने शक्तिलाई रोज्ने ? गरिबको जग्गा फिर्ता गराउने कि लुटलाई वैध बनाउने ?

राजनीति गफ गर्ने थलो होइन, परिणाम दिने माध्यम हो। ऊर्जा, सामाजिक न्याय, संघीयता र भ्रष्टाचारविरुद्ध नेपाली कम्युनिस्ट पार्टीले देखाएको दृढता नै समृद्ध नेपालको आधार हो।

त्यसैले, यसपटक भावनामा बहकिएर होइन, प्रमाण र नतिजाको आधारमा आफ्नो अमूल्य मत 'गफ होइन—काम गर्ने'लाई मतदान गरौँ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending