नैरोबी । सोमालियाको विभाजित क्षेत्र सोमालिल्यान्डमा जन्मदेखि नै कैद गरिएका र अन्तर्राष्ट्रिय वन्यजन्तु व्यापार बजारमा बेच्ने योजना गरिएका चितुवाका १० वटा बच्चाको उद्धार गरिएको छ ।
बच्चाको हेरचाह गर्ने कम्पनी चितुवा संरक्षण कोष (सिसिएफ) की संस्थापक लौरी मार्करले बुधबार यी सबै कुपोषित भए पनि स्थिर अवस्थामा रहेको बताए । उनीहरू लामो समयसम्म कैदमा राखिएको कारण कुपोषित र अपाङ्ग जस्ता थिए । “एउटा आठ महिनाको बच्चा छ महिना बाँधिएको कारण हिँड्न सक्दैन थियो भने पाँच महिनाको बच्चा धेरै कुपोषित थियो, शरीरभरि घाउ थिए र छालामुनि बोटफ्लाई कीरा थियो”, “तर यस्ता बच्चाहरूलाई हामीले भोकमरीमा परेका मानिसहरू जस्तै रिफिडिङ सिन्ड्रोमको ख्याल राख्दै विस्तारै खानामा परिचित गराउनुपर्छ ।”
उत्तरी सालाह जिल्लामा अगस्ट १४ मा गरिएको कारबाहीमा बच्चा बोकेका दुई जनालाई पक्राउ गरिएको थियो । अधिकारीले जनतालाई सन्दिग्ध वन्यजन्तु व्यापार गतिविधि रिपोर्ट गर्न आग्रह गरेका छन् । वातावरण मन्त्रालयका निर्देशक अब्दिनसिर हुसेन सइदले पत्रकारलाई चितुवाका बच्चा यस्तै अपरेशनमा उद्धार गरिएका अन्य एक सय नौ वटाको समूहमा पनि सामेल रहेको बताए । सोमालिल्यान्ड अवैध वन्यजन्तु व्यापारको प्रमुख पारवहन केन्द्र हो ।
हर्न अफ अफ्रिकाबाट सयौँ चितुवा र अन्य प्रजातिहरू एडनको खाडी हुँदै खाडी देशहरूमा पठाइन्छन् । सोमालिल्यान्डमा वन्यजन्तुको स्वामित्व अवैध छ र प्रहरीले प्रायः सन्दिग्ध व्यापारीमाथि कारबाही गर्छ । हुसेनले भने, “हामी सोमालिल्यान्ण्डका मानिसलाई उनीहरूको प्राकृतिक बासस्थानमा वन्यजन्तुहरूको संरक्षण गर्न प्रोत्साहित गर्छौ । यी जनावरहरू हाल आमाबाट अलग भएका कारण पीडित छन्, जसले आमालाई तनावमा राख्छ र सम्भवतः उनीहरू मर्न सक्छन् । एक पटक फेरि, हामी बासस्थानमा वन्यजन्तु संरक्षणको महत्त्वलाई जोड दिन चाहन्छौँ ।”
हर्न अफ अफ्रिकाका संरक्षणवादीहरूले यसअघि खाडी देशहरूमा विदेशी घरपालुवा जनावरको माग बढेको र यस अवैध व्यापारले हर्न अफ अफ्रिकाका राष्ट्रमा इकोसिस्टममा असर पार्ने चिन्ता व्यक्त गरेका छन् । रासस/एपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: