Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

तिज गीतको यात्रा : माइतीको याददेखि टिकटकसम्म

कलाकारहरूको दौड भ्युजमा कि संस्कृतिमा ?

खबरडबली संवाददाता

काठमाडौं । तिज आउन अझै केही दिन बाँकी छ, तर बजार, मिडिया र सामाजिक सञ्जालमा चेलीबेटीको चहलपहल सुरु भइसकेको छ। रेडियो, एफएम, युट्युब, फेसबुक, टिकटक... जहाँ नजर जाला, तिज गीतले मनै रमाइरहेको देखिन्छ। गीतसँगै जोडिएको हुन्छ – नयाँ लुगा, मेहन्दी, नाचगान र फोटो सेसन।

तर यही गीतहरू सुन्दा कतै मनमा प्रश्न जाग्छ – के अहिलेको तिज गीतले चेलीबेटीको आत्मा बोल्छ ? कि तिनको पीडा सेलाएर व्यापार मात्र बाँकी छ?

एक समय यस्तो थियो...

केही दशकअघिको समय सम्झँदा, तिज गीत भन्नासाथ माइतीको यादले चेलीको आँखा रसाउँथ्यो। गीतहरू थिए – "तीजको रहर आयो बैंशैमा", "पिङको लहर, सिन्दूरको रहर", वा "आमाले सोधिन् कस्तो छ बाबु" जस्ता, जुन चेलीका भोगाइहरूबाट जन्मिएका हुन्थे। गीत लेखिन्थ्यो, गाइन्थ्यो र बाँचिन्थ्यो।

ती गीतहरू मनोरञ्जन मात्र होइन, महिलाको सामाजिक आवाज पनि थिए। गला मात्र होइन, मनले गाइन्थ्यो। 

साँस्कृतिक विश्लेषक नारायण ढकाल भन्छन्, "तीज पहिले महिलाहरूका लागि एक किसिमको सामाजिक आन्दोलन थियो। गीतमा उनीहरूले गुनासो पोख्थे, व्यथा सुनाउँथे र सन्देश दिन्थे।"

अहिले तिजको गीतले के भन्छ?

आजको तिज गीत हेर्नुस् –  गीतका बोल छन्: “बर्षेनि मोबाइल फेर्छु”, “हजुरआमाले सिन्दूर देखी हान्नु भो”, “भ्वाइस अफ टिकटक”... यी र यस्तै । यी गीतमा न त सन्देश छ, न कथानै छ र नत दुःख नै देखिन्छ। यी र यस्ता गीतमा  केवल शैली छ,  प्रदर्शन छ र  केवल डान्स मात्रै छ।

युट्युबमा पोस्ट हुने तिज गीतहरूको संख्या हरेक वर्ष ४०० भन्दा बढी पुग्छ। तर तीमध्ये १० प्रतिशत गीत मात्र ‘ट्रेन्डिङ’ मा पर्छन्। बाँकी गीतहरू कुनै चर्चा बिना हराउँछन्।

लोकगायक रमेशराज भन्छन् – "हामी बजारको माग अनुसार गीत बनाउँछौं, मौलिकता राख्न खोज्दा कम मानिस सुन्छन्, त्यसैले विवश छौं।"

कलाकारहरूको दौड : भ्युज कि संस्कृति?

प्रत्येक वर्षको तिज सिजन कलाकारका लागि ‘कमाउने समय’ हो। भ्युज भयो भने स्टेज शो, विदेश टुर, मिडिया इन्टरभ्यु... चलेन भने – लगानी डुब्याे, करिअर जोखिममा।

गायिका एलिना चौहान भन्छिन् –"तिज गीत अहिले ‘फास्ट मुभिङ प्रडक्ट’ हो। हिट भए पैसा, फेल भए आलोचना। तर साँचो त हो – हामी आफू पनि कहिलेकाहीँ के गाइरहेका छौँ थाहा हुँदैन।"

फेसबुकमा लाइभ गर्दा गहना, फेसन र मेकअपको चर्चा बढी हुन्छ, गीतको भाव कम। टिकटकमा चल्ने 'स्न्याप' ले भ्युज त दिन्छ, तर सांस्कृतिक गहिराइ झनै हराउँदै जान्छ।

जसले मौलिकता जोगाइरहेका छन्... । यसो भन्दैमा सबै तिज गीत भड्किला छन् भन्न मिल्दैन। अझै पनि केही कलाकारहरू मौलिकता समातेर अघि बढिरहेका छन्।

विष्णु माझी – आवाजमै पीडा हुन्छ।

देवी घर्ती – परम्परागत लय र विषयवस्तु बोकेकी छन्।

हरिदेवी कोइराला – माइतीको भावना अझै गीतमा उतार्छिन्।

तिनीहरूको गीतमा अझै पनि माइतीको भित्तामा टाँसिएको झुप्रो देखिन्छ, आमा-बाबाको सम्झना हुन्छ, र समाजप्रतिको संकेत पनि।

तिज गीत : चेतावनीको घण्टी

यदि अहिलेको गति यही रह्यो भने तिज गीत छिट्टै ‘सीजनल व्यापार’ मा सीमित हुनेछ।
प्लास्टिकको गहनाजस्तै चम्किलो तर सस्तो,
मेकअपजस्तै रंगीन तर क्षणिक।

सांस्कृतिक इतिहासकार शर्मिला श्रेष्ठ भन्छिन् – "संस्कृति भनेको निरन्तरता हो, मौलिकता हो। त्यो हराए भने हामी किन रमाउने – के बलमा गर्व गर्ने?"

तिज गीत केवल गाउने चाड होइन, यो चेलीहरूको इतिहास बोकेको भावनात्मक धरोहर हो।

यसलाई बजारको भीडमा गुमाउन दिनु भनेको, आफ्नै अस्तित्वको आवाज दबाउनु हो।
मनमा साँचिएको कथा बोल्न गीत बनाऔँ  । भ्युज होइन, भावनाले चल्ने गीत बनाऔँ।

हामी सबैकाे दिमागमा प्रश्न आउन थालेकाे छः अहिलेको तिज गीत साँचोमा “चेलीको आवाज” हो कि “भ्युजको आवाज”?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending