काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनता नै देशका मालिक भएकाले जनमतको सम्मान गर्नु राजनीतिक दलहरूको प्रमुख दायित्व भएको बताएका छन् ।
समाजवादी चिन्तक तथा कांग्रेस नेता प्रदीप गिरीको तेस्रो स्मृति दिवसमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको ‘राजनीतिक निष्ठा र नैतिकता’ विषयक कार्यक्रममा सम्बोधन गर्दै देउवाले निरासा अन्त्य गरी जनताको विश्वास जित्नुपर्नेमा जोड दिए ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संघीयतासहितका उपलब्धिलाई संस्थागत गर्नुपर्ने उल्लेख गर्दै भने, “जनता मालिक हुन् देशका, जनताभन्दा ठूलो कोही छैन । सबैले जनताको मन जित्ने काम गर्नुपर्छ ।”
देउवाले प्रदीप गिरीलाई असाधारण अध्ययनशील र बौद्धिक राजनीतिज्ञको रूपमा स्मरण गर्दै उनको विचार, कृति र लेखरचनालाई संरक्षण र प्रकाशन गर्न आवश्यक रहेको बताए । उनले गिरीसँग विद्यार्थी राजनीतिदेखि नजिक रहेर काम गरेको अनुभव सुनाउँदै गिरी समाजवाद, पूँजीवाद र मार्क्सवादबारे गहिरो ज्ञान राख्ने चिन्तक रहेको उल्लेख गरे ।
यसै अवसरमा अन्य नेताहरूले पनि विचार राखेका थिए । जसमा नेकपा एमाले महासचिव शङ्कर पोखरेलले पुराना दल र नेताहरूलाई नकार्ने प्रवृत्तिको आलोचना गर्दै नीति–कार्यक्रमकै आधारमा दल जीवन्त हुने बताए । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले संविधान जारी भएको एक दशकपछि पनि राजनीतिक दलले आफ्ना गल्ती स्वीकार गरी जनतासँग माफी माग्दै अघि बढ्नुपर्ने धारणा राखे । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दलाल र बिचौलियाबाट राज्यसत्ता प्रभावित रहेको भन्दै संविधान निर्माणको सन्तुलन बिग्रिए देशमाथि नै खतरा आउने चेतावनी दिए ।
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले भ्रष्टतन्त्र अन्त्य नगरेसम्म देश अघि बढ्न नसक्ने उल्लेख गर्दै प्रदीप गिरीको आदर्श पुरा गर्न नेताहरूले सत्ता मोह त्याग्नुपर्नेमा जोड दिए । सामाजिक अभियन्ता भारती सिलवालले गिरीको जीवनलाई बहुआयामिक भन्दै उनलाई ओशोभन्दा पनि प्रभावकारी दार्शनिकको रूपमा स्मरण गरिन् । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले दल र नेताहरूले जनताका लागि काम गर्नुपर्नेमा जोड दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: