Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

उपसभामुख हटाउने तयारीकाे कांग्रेसबाटै विरोध

खबरडबली संवाददाता

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गर्ने तयारीसहित सत्तारूढ नेपाली कांग्रेसले सांसदहरूको हस्ताक्षर संकलन थालेपछि पार्टीभित्रै विरोध चर्किएको छ ।

मंगलबार सभापति शेरबहादुर देउवाले आफ्ना सांसदहरूलाई हस्ताक्षर गर्न निर्देशन दिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइरालालगायतको समूहले असहमति जनाएको हो ।

बूढानीलकण्ठस्थित देउवा निवासमा बसेको पदाधिकारी बैठकले हस्ताक्षर संकलन गर्ने निर्णय गरेको थियो । त्यसपछि संसदीय दलमार्फत हस्ताक्षर संकलन सुरु भएको हो । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा समेत हस्ताक्षर भइरहेको थियो । तर, कोइराला समूहले यसलाई विरोध गर्दै सांसदहरूलाई ‘खाली कागजमा हस्ताक्षर नगर्न’ निर्देशन दिएको छ ।

डा. कोइरालाले रानालाई हटाउने प्रस्तावलाई ‘बेमौसमी बाजा’ भन्दै आफ्ना निकट सांसदहरूलाई हस्ताक्षर नगर्न आग्रह गरेका छन् । अमेरिकामा रहेकी उपसभामुख रानाले मंगलबार साँझ उनलाई टेलिफोन गरेर चासो व्यक्त गरेकी थिइन् । यसअघि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि कोइरालाले आफू हटाउने तयारीको विरोधमा रहेको बताएका थिए ।

यसैबीच, रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेको उपनिर्वाचनको तयारीस्वरूप भैरहवामा रहेका महामन्त्री विश्वप्रकाश शर्माले पत्रकारहरूसँग कुरा गर्दै उपसभामुखलाई पदमुक्त गर्ने निर्णयप्रति असहमति जनाएका छन् । अमेरिकी दूतावासलाई पत्र पठाउनु गम्भीर गल्ती भए पनि पदमुक्त गर्ने विषय उपयुक्त नहुने उनको भनाइ छ ।

अर्का महामन्त्री गगन थापाले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बहुमत छ भनेर जे–पनि निर्णय गर्न नमिल्ने बताए । उनका अनुसार, संख्याका आधारमा गरिने निर्णय प्रजातन्त्रमा वैधानिक त हुन्छ, तर जनताले स्वीकार नगरेसम्म वैध हुँदैन ।

यसरी कांग्रेसभित्रै मतभेद बढेपछि सभापति देउवा र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको रणनीति जटिल बनेको स्रोतको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending