काठमाडाैं । नयाँ बानेश्वरस्थित संसद् भवनको व्यवस्थापन गर्दै आएको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले एकैपटक ८० कर्मचारी हटाएको छ । एकपक्षीय रूपमा कर्मचारीलाई निष्कासन गरेको भन्दै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कर्मचारी संगठनले आन्दोलन गर्ने घोषणा गरेको छ ।
बुधबार प्रेस विज्ञप्ति निकाल्दै संगठनले निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने जनाएको हो । ‘यो निर्णय केवल कर्मचारीहरूको जीवन, रोजगारी र भविष्यमाथिको गम्भीर प्रहार मात्र नभई श्रम ऐन, करार सेवासम्बन्धी प्रचलित कानुन तथा श्रमजीवी वर्गका न्यूनतम अधिकारहरूको खुला उल्लंघन र प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ,’ कर्मचारी संगठनका अध्यक्ष केशव कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कार्यालयको अन्यायपूर्ण र एकपक्षीय निर्णयलाई तुरुन्त फिर्ता गरी सम्बन्धित कर्मचारीलाई पूर्ववत् जिम्मेवारीमा पुनर्स्थापना गर्न जोडदार माग गर्दछ । साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिने स्पष्ट प्रतिबद्धतासमेत व्यवस्थापन पक्षले तत्काल जनाउनुपर्ने हाम्रो अडान छ ।’
कर्मचारीका हकहितविपरीत गरिएको निर्णय फिर्ता नगरेमा संगठन आन्दोलनका कार्यक्रमहरू चरणबद्ध रूपमा घोषणा गर्न बाध्य हुनेछ, जसको सम्पूर्ण जिम्मेवारी कार्यालय प्रमुखको हुने चेतावनीसमेत दिइएको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गतको सो समितिले निकटस्थहरूलाई भर्ना गर्न पुराना कर्मचारी हटाएको आरोप लागेको छ । केन्द्रले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सनराइज सम्मेलन केन्द्रमा कार्यरत करारका कर्मचारीलाई नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै हटाएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: