Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

संसद् भवनका कर्मचारीद्वारा आन्दोलनको घोषणा

खबरडबली संवाददाता

काठमाडाैं । नयाँ बानेश्वरस्थित संसद् भवनको व्यवस्थापन गर्दै आएको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले एकैपटक ८० कर्मचारी हटाएको छ । एकपक्षीय रूपमा कर्मचारीलाई निष्कासन गरेको भन्दै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कर्मचारी संगठनले आन्दोलन गर्ने घोषणा गरेको छ । 

बुधबार प्रेस विज्ञप्ति निकाल्दै संगठनले निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने जनाएको हो । ‘यो निर्णय केवल कर्मचारीहरूको जीवन, रोजगारी र भविष्यमाथिको गम्भीर प्रहार मात्र नभई श्रम ऐन, करार सेवासम्बन्धी प्रचलित कानुन तथा श्रमजीवी वर्गका न्यूनतम अधिकारहरूको खुला उल्लंघन र प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ,’ कर्मचारी संगठनका अध्यक्ष केशव कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कार्यालयको अन्यायपूर्ण र एकपक्षीय निर्णयलाई तुरुन्त फिर्ता गरी सम्बन्धित कर्मचारीलाई पूर्ववत् जिम्मेवारीमा पुनर्स्थापना गर्न जोडदार माग गर्दछ । साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिने स्पष्ट प्रतिबद्धतासमेत व्यवस्थापन पक्षले तत्काल जनाउनुपर्ने हाम्रो अडान छ ।’

कर्मचारीका हकहितविपरीत गरिएको निर्णय फिर्ता नगरेमा संगठन आन्दोलनका कार्यक्रमहरू चरणबद्ध रूपमा घोषणा गर्न बाध्य हुनेछ, जसको सम्पूर्ण जिम्मेवारी कार्यालय प्रमुखको हुने चेतावनीसमेत दिइएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गतको सो समितिले निकटस्थहरूलाई भर्ना गर्न पुराना कर्मचारी हटाएको आरोप लागेको छ । केन्द्रले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सनराइज सम्मेलन केन्द्रमा कार्यरत करारका कर्मचारीलाई नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै हटाएको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending