रोम । इटालीको भेन्टिना हिमनदी जलवायु परिवर्तनका कारण यति धेरै पग्लिएको छ कि भूगर्भविद्हरूले अब विगत एक सय ३० वर्षजस्तै प्रत्यक्ष रूपमा मापन गर्न सक्दैनन् । भेन्टिना हिमनदी उत्तरी लोम्बार्डीको सबैभन्दा ठूलो हिमनदीमध्ये एक हो ।
यस वर्षको तातो गर्मीपछि भूगर्भविद्हरूले हरेक वर्ष हिमनदीको फिर्ता मापन गर्न प्रयोग हुने आधारविन्दु (स्ट्याक) अब चट्टान र भग्नावशेषमुनि गाडिएको पत्ता लगाएका छन् । यसले भविष्यमा प्रत्यक्ष भ्रमणलाई जोखिमपूर्ण बनाएको छ ।
लोम्बार्डी ग्लेसियोलोजिकल सर्भिसले सोमबार अब हिमनदीको सङ्कुचन ट्र्याक गर्न ड्रोन इमेजरी र रिमोट सेन्सिङ प्रयोग गरिने बताएको छ ।
भूगर्भविद्हरूका अनुसार सन् १८९५ मा पहिलो मापन विन्दु राखिएदेखि भेन्टिना हिमनदीले एक दशमलव सात किलोमिटर (एक माइल) लम्बाइ गुमाइसकेको छ । हालका वर्षमा पग्लने गति झन् बढेको छ, विगत १० वर्षमै चार सय ३१ मिटर (चार सय ७१ गज) हराएको छ, जसको आधा सन् २०२१ पछि मात्र भएको हो ।
यो ग्लोबल वार्मिङका कारण युरोपभरका हिमनदीहरू तीव्र रूपमा पग्लिरहेको प्रमाण हो र यसले वातावरणीय र सामाजिक प्रभाव ल्याएको छ ।
“सन् १९८० को दशकसम्म हामी अझै सामान्य चक्र वा सीमित फिर्ताको आशा गर्न सक्थ्यौँ, तर पछिल्ला ४० वर्षमा निकै ठूलो परिवर्तन भएको छ”, लोम्बार्डी ग्लेसियोलोजिकल सर्भिसकी सदस्य एन्ड्रिया टोफालेट्टीले भने ।
इटालीका हिमनदीहरू आल्प्स, डोलोमाइट्स र एपेनिन्समा पाइन्छन् । तर जाडोमा पर्याप्त हिमपात नहुनु र गर्मीमा असामान्य तापक्रम बढ्नुका कारण ती वर्षौंदेखि घटिरहेका छन् । सामान्यतया गर्मीमा केही पग्लिएर खोलाहरू र नदीलाई पानी दिन्थे, तर अहिले तातो गर्मीले जाडोको हिउँलाई पनि टिक्न नसक्ने बनाएको छ ।
“हिमनदीलाई स्थिर राख्न जाडोपछि सतहमा बाँकी हिउँ आवश्यक हुन्छ । तर यो अब कम र दुर्लभ हुँदै गएको छ”, टोफालेट्टीले भने । लोम्बार्डी सेवाका अनुसार, आल्प्सलाई जलवायु परिवर्तनको ‘हटस्पट’ मानिन्छ । यहाँ तापक्रम वृद्धि विश्व औसतको दोब्बर छ र यसको परिणामस्वरूप अल्पाइन हिमनदीहरूको ६४ प्रतिशतभन्दा बढी भाग हराइसकेको छ ।
यसै वर्ष फेब्रुअरीमा जर्नल ‘नेचर’ ले प्रकाशित गरेको अध्ययनअनुसार, सन् २००० देखि सन् २०११ सम्म विश्वका हिमनदीहरूले हरेक वर्ष करिब दुई खर्ब ५५ अर्ब टन बरफ गुमाएका थिए । तर अर्को दशकमा यो दर बढेर हरेक वर्ष लगभग तीन खर्ब ४६ अर्ब टन पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: