Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

गाजामा युद्धविराम र बन्धक रिहा गर्न हमास सहमत

खबरडबली संवाददाता

काठमाडौं । गाजामा ६० दिनका लागि युद्धविराम गर्न हमास तयार भएको छ, सो क्रममा उसले दुई चरणमा आंशिक इजरेली बन्धकहरूलाई रिहा गर्ने छ।

गाजामा युद्धविराम र बन्धक रिहाइ गर्ने सम्बन्धमा क्षेत्रीय मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा हमास सहमत भएको स्रोतले बीबीसीलाई बताएको छ।

यसै वर्षको शुरूतिर संयुक्त राज्य अमेरिकाले तयार पारेको एउटा प्रस्तावमै टेकेर इजिप्ट र इजरेलले नयाँ प्रस्ताव अघि सारेका हुन्।

विवरणहरूमा जनाइएअनुसर इजरेलले हमासको तर्फबाट प्रतिक्रिया पाइसकेको छ, तर उसले जवाफ दिन चाहिँ बाँकी छ।

ताजा प्रस्तावअनुसार हमासले बाँकी रहेका ५० जना इजरेली बन्धकहरूमध्ये आधा जतिलाई साठी दिने युद्धविरामको अवधिमा दुई चरणमा रिहा गर्ने छ।

हमास ठूलो 'दबाव'मा

हमाससँग भएका बाँकी इजरेली बन्धकहरूमध्ये २० जना जीवित रहेका ठानिएको छ। स्थायी युद्धविरामका लागि वार्ताहरू हुने छन्। हमासले युद्धको स्थायी अन्त्यको सुनिश्चितता चाहिरहेको छ।

नयाँ प्रस्तावप्रति हमास सहमत भएको विवरण बाहिर आएपछि एउटा भिडिओमार्फत् इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले प्रस्तावबारे सीधै सम्बोधन त गरेनन्, तर प्यालेस्टिनी समूह ठूलो दबावमा रहेको टिप्पणी गरे।

गत साता नेतान्याहूले बन्धकहरूको आंशिक रिहाइको विषय समेट्ने कुनै पनि छलफलका लागि ढोका बन्द रहेको बताएका थिए।

अर्कोतर्फ इजरेली सेना प्रमुखले २२ महिनादेखि जारी युद्धका क्रममा अहिले महत्त्वपूर्ण मोडमा पुगेको भन्दै "गाजा सिटीमा हमासविरुद्ध हमला तेज पार्नमा केन्द्रित भएको" बताएका छन्।

हवाई हमला तथा गोलाबारीहरूमार्फत् सजाइएका इजरेली ट्याङ्कहरू दक्षिणी साब्रामा अचानक अगाडि बढेका र तिनले विस्थापितहरू बसिरहेका विद्यालयहरू तथा संयुक्त राष्ट्रसङ्घीय एउटा क्लिनिकलाई घेराबन्दी गरेका विवरणबीच सेना प्रमुखको पछिल्लो भनाइ आएको हो।

गाजा सिटी अधीनमा लिने सैनिक योजनालाई यसै साता इजरेली मन्त्रिपरिषद्‌ले अनुमोदन गर्ने अपेक्षा गरिएको छ।त्यहाँ तेज हमलाले यसअघि नै हजारौँ मानिसहरूलाई विस्थापित हुन बाध्य पारिसकेको छ।

हमास प्रतिनिधि कायरोमा

हमाससँग युद्धविरामबारे अप्रत्यक्ष वार्ताहरू विफल भएपछि नेतन्याहूले हमला तीव्र पार्ने र सिङ्गो गाजालाई अधीनमा लिने घोषणा गरेका थिए।

मध्यस्थकर्ताहरूसँग छलफलका लागि प्रमुख वार्ताकार खलिल अल-हाया नेतृत्वको हमास प्रतिनिधिमण्डल गत सातादेखि कायरोमा रहेको छ।

सोमवार बिहान हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार प्रतिनिधिमण्डलले अघिल्लो दिन पाएको नयाँ युद्धविराम प्रस्ताव अध्ययन गरिरहेको बताएका थिए।

"यथासक्दो चाँडो सम्झौता गर्नका लागि दुवै पक्षमाथि दबाव दिने उद्देश्यका साथ" कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले पनि कायरो भ्रमण गरेको इजिप्टका विदेशमन्त्री बद्र अब्देललातीले बताए।

कुनै हेरफेर अथवा कुनै शर्त नराखी प्रस्तावप्रति सहमति जनाउँदै हमासले लिखित जवाफ दिएको एउटा स्रोतले बीबीसीलाई बतायो।

वार्ताहरूसँग परिचित एक प्यालेस्टिनी अधिकारीले दुई महिनाअघि अमेरिकी दूत स्टीभ विट्कफले प्रस्तुत गरेको प्रस्तावलाई नै नयाँ प्रस्तावले "प्रतिविम्बित गरेको" बताएका छन्।

त्यस बेला उक्त प्रस्तावलाई हमासले अस्वीकार गरेको छ। विट्कफले गरेको प्रस्तावमा ६० दिने युद्धविरामको अवधिमा हमासले १० जना जीवित बन्धक रिहा र १८ जना मृतका शव हस्तान्तरण अनि इजरेलले आफ्ना जेलमा रहेका प्यालेस्टिनीलाई मुक्त गर्ने उल्लेख छ।

लडाइँ अन्त्यका लागि युद्धविरामको अवधिमा गम्भीर वार्ताहरू पनि गरिने विट्कफले बताएका थिए। बीबीसी 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending