Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ्चारमाध्यमले शनिबार दुर्घटनाको पुष्टि गरेका हुन्।

दुर्घटनामा परेको सेस्ना क्याराभान सी–२०८ विमान विश्वप्रसिद्ध नाज्का लाइन्समाथि पर्यटकलाई हवाई अवलोकन गराइरहेका बेला दुर्घटनाग्रस्त भएको थियो। विमानमा ११ जना विदेशी पर्यटक र दुई जना पाइलट सवार थिए।

पेरूको सरकारी समाचार एजेन्सीका अनुसार मृत्यु हुने पर्यटकमध्ये दुई जना जर्मनी, दुई जना स्पेन र सात जना इटालीका नागरिक रहेका छन्। दुर्घटनाको कारण भने खुल्न नसकेको र विस्तृत अनुसन्धान सुरु गरिएको जनाइएको छ।

प्रहरी अधिकारी होर्खे आन्द्रादेका अनुसार दुर्घटना अत्यन्त भीषण भएकाले विमानमा रहेका कसैको पनि ज्यान बच्न सकेन। खोज तथा उद्धार टोलीले हालसम्म चार जनाको शव फेला पारेको जनाएको छ भने अन्य शवको खोजी जारी छ।

स्थानीय समयअनुसार दिउँसो करिब १ बजे पिस्को विमानस्थलबाट उडेको विमान नाज्का लाइन्समाथि नियमित पर्यटकीय हवाई भ्रमण गराइरहेको थियो। दुर्घटनामा परेको विमान स्थानीय एअरलाइन एरोडियानाको रहेको बताइएको छ।

दुर्घटनापछि एअरलाइनले विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायसँग समन्वय गरी घटनाको अनुसन्धानमा सहयोग गर्ने र उडान सञ्चालनसम्बन्धी प्रक्रियाको समीक्षा गर्ने जनाएको छ।

रेगिस्तानमा हजारौँ वर्षअघि बनाइएका विशाल रहस्यमय आकृतिका कारण प्रसिद्ध नाज्का लाइन्स पेरूको प्रमुख पर्यटकीय गन्तव्य हो। युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रको हवाई अवलोकन गर्न हरेक वर्ष हजारौँ पर्यटक साना विमान प्रयोग गर्ने गर्छन्।

यसअघि पनि नाज्का क्षेत्रमा यस्ता दुर्घटना भएका छन्। सन् २०२२ मा भएको विमान दुर्घटनामा सात जनाको मृत्यु भएको थियो भने सन् २०१० मा भएको अर्को दुर्घटनामा छ जनाले ज्यान गुमाएका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरीदेखि सिरहासम्म गोली चल्दा जेनजीको प्रश्न– नागरिकमाथि राज्यको बल किन ?

काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...

काठमाडौँका यी क्षेत्रमा आज र भोलि बत्ती जाने, कुन ठाउँमा कति बजे?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचना सुधार तथा मर्मतसम्भारका लागि काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द गर्ने भए...

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक, देउरानी–जेठानीको झगडामा थपियो नयाँ ट्विस्ट

काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रमबीच चलचित्रको १ मिनेट ५१ से...

घरको नक्सा डिजाइनमा देभको इन्जिनियरिङको ३३ प्रतिशत छुट

काठमाडौँ । घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छ...

बक्यौता महसुल तिर्ने ग्राहकलाई नेपाल टेलिकमको जरिवाना छुट

काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा प्रयोग गरेबापतको बक्यौता महसुल भुक्तानी गर्न बाँकी ग्राहकलाई जरिवानामा छुट दिने भएको छ। कम्पनीले सार्वजनिक...

टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’, अब हरेक साता कमेडी बाजमा देखिँदै

काठमाडौँ । नेपाली टेलिभिजनमा ‘हर्के हल्दार’का रूपमा लोकप्रिय बनेका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजन पर्दामा देखिने भएका छन्। लामो समय नियमित कार्यक...

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, जंगलमा भेटियो मोटरसाइकल

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटि...

आज देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भ...

आफ्नै सरकारविरुद्ध रास्वपाकै सांसदको प्रश्न : ‘सरकार कहाँ छ ?’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...

कैदी बोकेको भ्यान दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, अर्का युवक गम्भीर घाइते

रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending