Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

जेलेन्स्की-ट्रम्पबीचको वासिङ्टन वार्ता शान्तिको खोजीमा केन्द्रित तर सहमति अझै टाढा

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा सोमबार वासिङ्टनमा सम्पन्न युक्रेन सम्बन्धी उच्चस्तरीय वार्ता निष्कर्षविहीन रहे पनि पुटिन–जेलेन्स्की प्रत्यक्ष भेटको सम्भावनाले नयाँ कूटनीतिक दिशा देखाएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ह्वाइट हाउसमा अमेरिकी समकक्षी ट्रम्पसँग वार्ताका लागि पुगेका थिए। बैठकमा युरोपका प्रभावशाली नेताहरूसमेत सहभागी थिए।

बैठकपछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफूले पुटिनसँग फोनवार्ता गरेको र अब पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता तयारी भइरहेको बताएका छन्। उनका अनुसार, पहिलो चरणमा उनीहरूबीच द्विपक्षीय वार्ता हुनेछ भने त्यसपछि आफू पनि सहभागी हुने त्रिपक्षीय बैठक हुने छ।

पुटिनका एक सल्लाहकारले ट्रम्पसँग ४० मिनेट फोन कुराकानी भएको पुष्टि गर्दै "प्रतिनिधिमण्डलको स्तर बढाउने सम्भावनाबारे सोच्न सकिने" बताएका छन्।

ट्रम्पले युद्धविराम आवश्यक नभएको बताउँदै शान्ति वार्ता बिना पूर्वशर्त अघि बढ्न सक्ने धारणा राखे। तर, युरोपेली नेताहरूले युद्धविरामलाई अपरिहार्य शर्तका रूपमा प्रस्तुत गरे।

जर्मन चान्सलर फ्रिडरिख मर्जले भने, "युद्धविरामबिना अर्को बैठकको कल्पना गर्न सकिन्न।"

जेलेन्स्कीले यसपटक भने अघिल्ला जस्तो गरी युद्धविरामको खुला माग गरेनन्।

ट्रम्पले युक्रेनको सुरक्षाका लागि अमेरिका प्रतिवद्ध हुने बताएका छन्। उनले भने, "युरोप पहिलो सुरक्षा रेखा हो, तर हामी पनि संलग्न हुनेछौं। हामीले राम्रो सुरक्षा दिनेछौं।"

तर उनले स्पष्ट रूपमा अमेरिका सैन्य रूपमा युक्रेनमा संलग्न हुने वा नहुनेबारे खुलाएका छैनन्।

जेलेन्स्कीले भने सुरक्षा ग्यारेन्टी अन्तर्गत अमेरिका र युक्रेनबीच ९० अर्ब डलर बराबरको हतियार सम्झौता हुने जानकारी दिए। उनले यस सम्झौतामा उन्नत हवाई प्रणाली, एन्टि-मिसाइल सिस्टम लगायत ‘प्रकटीकरण गर्न नचाहिने’ उपकरणहरू समावेश हुने बताए।

यसअघि फेब्रुअरीमा भएको ह्वाइट हाउस भ्रमणमा आलोचना खेपेका राष्ट्रपति जेलेन्स्की यसपटक कूटनीतिक रूपमा संयमित देखिए।

बैठकको सुरुवातमै उनले ट्रम्प र अमेरिकालाई पटक–पटक धन्यवाद दिए। साथै, उनले यसपटक सामान्य सूटमा उपस्थित हुँदै अघिल्लो भ्रमणमा ट्रम्पको पोशाकसम्बन्धी टिप्पणीलाई समेत सहजतापूर्वक लिएका देखिए।

उनले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई युक्रेनी प्रथम महिला ओलेना जेलेन्स्काद्वारा पठाइएको पत्र पनि हस्तान्तरण गरे।

बैठकमा सहभागी युरोपेली नेताहरूले ट्रम्पको प्रयासको प्रशंसा गर्दै वार्ता प्रक्रियामा सक्रियता बढेको बताएका छन्।

नाटो प्रमुख मार्क रुटेले "तपाईंको नेतृत्वको लागि धन्यवाद" भनेका थिए। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले भने, "रूस वार्ताका लागि तयार नभएको देखिएको थियो, तर अब केही परिवर्तन आएको छ – ट्रम्पको कारण।"

फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने, "हामी सुरक्षा ग्यारेन्टीको कुरा गर्दा युरोपकै सुरक्षा अवस्थाबारे पनि कुरा गरिरहेका छौं।"

वासिङ्टन वार्ताबाट तत्काल कुनै ठोस समझदारी ननिस्किए पनि पुटिन–जेलेन्स्की प्रत्यक्ष वार्ताको सम्भावना र अमेरिका–युक्रेनबीच सुरक्षासम्बन्धी सहकार्यका संकेत देखिएका छन्।

तर युद्धविरामको सवालमा अमेरिकी नेतृत्व र युरोपेली साझेदारहरूबीच मतभेद देखिएको छ। आगामी दिनमा वार्ता प्रक्रिया कुन दिशामा अघि बढ्छ भन्ने विषयमा अझै अनिश्चितता कायमै छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending