Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

जेलेन्स्की-ट्रम्पबीचको वासिङ्टन वार्ता शान्तिको खोजीमा केन्द्रित तर सहमति अझै टाढा

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा सोमबार वासिङ्टनमा सम्पन्न युक्रेन सम्बन्धी उच्चस्तरीय वार्ता निष्कर्षविहीन रहे पनि पुटिन–जेलेन्स्की प्रत्यक्ष भेटको सम्भावनाले नयाँ कूटनीतिक दिशा देखाएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ह्वाइट हाउसमा अमेरिकी समकक्षी ट्रम्पसँग वार्ताका लागि पुगेका थिए। बैठकमा युरोपका प्रभावशाली नेताहरूसमेत सहभागी थिए।

बैठकपछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफूले पुटिनसँग फोनवार्ता गरेको र अब पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता तयारी भइरहेको बताएका छन्। उनका अनुसार, पहिलो चरणमा उनीहरूबीच द्विपक्षीय वार्ता हुनेछ भने त्यसपछि आफू पनि सहभागी हुने त्रिपक्षीय बैठक हुने छ।

पुटिनका एक सल्लाहकारले ट्रम्पसँग ४० मिनेट फोन कुराकानी भएको पुष्टि गर्दै "प्रतिनिधिमण्डलको स्तर बढाउने सम्भावनाबारे सोच्न सकिने" बताएका छन्।

ट्रम्पले युद्धविराम आवश्यक नभएको बताउँदै शान्ति वार्ता बिना पूर्वशर्त अघि बढ्न सक्ने धारणा राखे। तर, युरोपेली नेताहरूले युद्धविरामलाई अपरिहार्य शर्तका रूपमा प्रस्तुत गरे।

जर्मन चान्सलर फ्रिडरिख मर्जले भने, "युद्धविरामबिना अर्को बैठकको कल्पना गर्न सकिन्न।"

जेलेन्स्कीले यसपटक भने अघिल्ला जस्तो गरी युद्धविरामको खुला माग गरेनन्।

ट्रम्पले युक्रेनको सुरक्षाका लागि अमेरिका प्रतिवद्ध हुने बताएका छन्। उनले भने, "युरोप पहिलो सुरक्षा रेखा हो, तर हामी पनि संलग्न हुनेछौं। हामीले राम्रो सुरक्षा दिनेछौं।"

तर उनले स्पष्ट रूपमा अमेरिका सैन्य रूपमा युक्रेनमा संलग्न हुने वा नहुनेबारे खुलाएका छैनन्।

जेलेन्स्कीले भने सुरक्षा ग्यारेन्टी अन्तर्गत अमेरिका र युक्रेनबीच ९० अर्ब डलर बराबरको हतियार सम्झौता हुने जानकारी दिए। उनले यस सम्झौतामा उन्नत हवाई प्रणाली, एन्टि-मिसाइल सिस्टम लगायत ‘प्रकटीकरण गर्न नचाहिने’ उपकरणहरू समावेश हुने बताए।

यसअघि फेब्रुअरीमा भएको ह्वाइट हाउस भ्रमणमा आलोचना खेपेका राष्ट्रपति जेलेन्स्की यसपटक कूटनीतिक रूपमा संयमित देखिए।

बैठकको सुरुवातमै उनले ट्रम्प र अमेरिकालाई पटक–पटक धन्यवाद दिए। साथै, उनले यसपटक सामान्य सूटमा उपस्थित हुँदै अघिल्लो भ्रमणमा ट्रम्पको पोशाकसम्बन्धी टिप्पणीलाई समेत सहजतापूर्वक लिएका देखिए।

उनले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई युक्रेनी प्रथम महिला ओलेना जेलेन्स्काद्वारा पठाइएको पत्र पनि हस्तान्तरण गरे।

बैठकमा सहभागी युरोपेली नेताहरूले ट्रम्पको प्रयासको प्रशंसा गर्दै वार्ता प्रक्रियामा सक्रियता बढेको बताएका छन्।

नाटो प्रमुख मार्क रुटेले "तपाईंको नेतृत्वको लागि धन्यवाद" भनेका थिए। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले भने, "रूस वार्ताका लागि तयार नभएको देखिएको थियो, तर अब केही परिवर्तन आएको छ – ट्रम्पको कारण।"

फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने, "हामी सुरक्षा ग्यारेन्टीको कुरा गर्दा युरोपकै सुरक्षा अवस्थाबारे पनि कुरा गरिरहेका छौं।"

वासिङ्टन वार्ताबाट तत्काल कुनै ठोस समझदारी ननिस्किए पनि पुटिन–जेलेन्स्की प्रत्यक्ष वार्ताको सम्भावना र अमेरिका–युक्रेनबीच सुरक्षासम्बन्धी सहकार्यका संकेत देखिएका छन्।

तर युद्धविरामको सवालमा अमेरिकी नेतृत्व र युरोपेली साझेदारहरूबीच मतभेद देखिएको छ। आगामी दिनमा वार्ता प्रक्रिया कुन दिशामा अघि बढ्छ भन्ने विषयमा अझै अनिश्चितता कायमै छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending