काठमाडौं । भोजपुर–खोटाङको मैयुङ क्षेत्र भेडापालनको दृष्टिले चिनिने थलो हो। तर पछिल्ला वर्षमा यहाँका भेडापालक किसान पेसागत संकटमा परिरहेका छन्। चरन क्षेत्रको कमी र छाडा कुकुरको आतंकले उनीहरूको दशकौँको जीविकोपार्जन धरापमा परेको छ।
७२ वर्षीय भेडापालक गोविन्द कठेतका अनुसार, गत दुई वर्षमै करिब २० जना किसानले भेडापालन छाडिसकेका छन्। ूसामुदायिक वनमा चराउन महँगो शुल्क तिर्नुपर्छ, कुकुरको डरले भेडा मारिन्छन्। यस्तो अवस्थामा कसरी व्यवसाय टिक्छ रुू उनले गुनासो गरे।
मैयुङ क्षेत्रमा पर्ने सातवटा सामुदायिक वनले आफ्ना(आफ्नै नियम बनाएका छन्। कतै प्रति भेडा ५० रुपैयाँ, कतै एकमुष्ट पाँच हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने बाध्यता छ। यद्यपि, किसानले वर्षमा तीन महिना मात्र चराउन पाउने हुँदा खर्च र आम्दानीबीच असन्तुलन देखिएको छ।
अर्का किसान शेरबहादुर कठेतका अनुसार, गत पुसदेखि मात्रै कुकुरले करिब सय भेडा मारेका छन्। 'कुकुर नियन्त्रणमा स्थानीय सरकार उदासीन छ। किसानले आफ्नो नोक्सानी कसरी थेग्ने ?' उनको प्रश्न छ।
भेडाबाट घ्यू, मही, ऊन र ऊनबाट बन्ने राडी–लुकुनी बिक्रीमार्फत किसानले वर्षमा लाखौँ कमाउने सम्भावना हुन्छ। एक सय भेडा पाल्दा वार्षिक चार लाखसम्म आम्दानी हुने तथ्याङ्क किसानमै छ। तर चरन क्षेत्र अभाव र कुकुरको आतंकले यो सम्भावना संकटमा छ।
किसानहरूको बुझाइमा, राज्यले संरक्षण नगरे भेडापालन जस्तो मौलिक पेशा लोप हुने खतरा छ। सरकारले सामुदायिक वन शुल्कमा सहुलियत, चरन क्षेत्रको व्यवस्थित व्यवस्थापन र छाडा कुकुर नियन्त्रणमा पहल गर्नुपर्ने उनीहरूको जोड छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: