काठमाडौं । भोजपुर–खोटाङको मैयुङ क्षेत्र भेडापालनको दृष्टिले चिनिने थलो हो। तर पछिल्ला वर्षमा यहाँका भेडापालक किसान पेसागत संकटमा परिरहेका छन्। चरन क्षेत्रको कमी र छाडा कुकुरको आतंकले उनीहरूको दशकौँको जीविकोपार्जन धरापमा परेको छ।
७२ वर्षीय भेडापालक गोविन्द कठेतका अनुसार, गत दुई वर्षमै करिब २० जना किसानले भेडापालन छाडिसकेका छन्। ूसामुदायिक वनमा चराउन महँगो शुल्क तिर्नुपर्छ, कुकुरको डरले भेडा मारिन्छन्। यस्तो अवस्थामा कसरी व्यवसाय टिक्छ रुू उनले गुनासो गरे।
मैयुङ क्षेत्रमा पर्ने सातवटा सामुदायिक वनले आफ्ना(आफ्नै नियम बनाएका छन्। कतै प्रति भेडा ५० रुपैयाँ, कतै एकमुष्ट पाँच हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने बाध्यता छ। यद्यपि, किसानले वर्षमा तीन महिना मात्र चराउन पाउने हुँदा खर्च र आम्दानीबीच असन्तुलन देखिएको छ।
अर्का किसान शेरबहादुर कठेतका अनुसार, गत पुसदेखि मात्रै कुकुरले करिब सय भेडा मारेका छन्। 'कुकुर नियन्त्रणमा स्थानीय सरकार उदासीन छ। किसानले आफ्नो नोक्सानी कसरी थेग्ने ?' उनको प्रश्न छ।
भेडाबाट घ्यू, मही, ऊन र ऊनबाट बन्ने राडी–लुकुनी बिक्रीमार्फत किसानले वर्षमा लाखौँ कमाउने सम्भावना हुन्छ। एक सय भेडा पाल्दा वार्षिक चार लाखसम्म आम्दानी हुने तथ्याङ्क किसानमै छ। तर चरन क्षेत्र अभाव र कुकुरको आतंकले यो सम्भावना संकटमा छ।
किसानहरूको बुझाइमा, राज्यले संरक्षण नगरे भेडापालन जस्तो मौलिक पेशा लोप हुने खतरा छ। सरकारले सामुदायिक वन शुल्कमा सहुलियत, चरन क्षेत्रको व्यवस्थित व्यवस्थापन र छाडा कुकुर नियन्त्रणमा पहल गर्नुपर्ने उनीहरूको जोड छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: