Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

आईभीएफ नियमनमा कडाइ: स्वास्थ्य मन्त्रालयको नयाँ मापदण्ड

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित र नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ । 

मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णयमार्फत यो मापदण्ड स्वीकृत गरेका हुन् । यो मापदण्ड सरोकारवाला विज्ञहरूसँगको छलफलपछि तयार गरिएको हो । यसले आईभीएफ सेवा, प्रयोगशाला, जनशक्ति व्यवस्थापन र शुक्रकीट/अण्डा दान प्रक्रियालाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ ।

जसमा दाताको मापदण्डमा शुक्रकीट वा अण्डा दान गर्ने व्यक्तिको उमेर २०–३५ वर्ष हुनुपर्ने । स्वास्थ्य परीक्षणबाट सरुवा रोग नभएको प्रमाणित हुनुपर्ने । विवाहित व्यक्तिको हकमा दम्पती दुवैको लिखित सहमति अनिवार्य छ ।

दाताको परिचय पूर्ण गोप्य राखिनेछ । एउटै व्यक्तिले तोकिएको सीमाभन्दा बढी दान गर्न पाउने छैन । प्रलोभन वा दबाबमा दान गर्न/गराउन पूर्ण निषेध छ ।

केन्द्रको नियमनमा आईभीएफ र आईयूआई सेवा सञ्चालन गर्न मन्त्रालयको अनुमति अनिवार्य बनेकाे छ । प्रत्येक केन्द्रमा निःसन्तान रोग विशेषज्ञ, तालिमप्राप्त इम्ब्रायोलोजिस्ट र एनेस्थेसियोलोजिस्टसहित दक्ष जनशक्ति हुनुपर्ने छ ।

राष्ट्रिय भवन संहिताअनुसार भवन, विशिष्टीकृत प्रयोगशाला, शल्यक्रिया कक्ष र सघन उपचार कक्ष अनिवार्य छ । प्रयोगशाला र शल्यक्रिया कक्षको तापक्रम, आद्रता र हावाको गुणस्तर तोकिएको मापदण्डअनुरूप हुनुपर्ने छ छ । सेवा शुल्क र निःशुल्क सेवा: शुल्क मन्त्रालयले तोकेअनुसार मात्र लिनुपर्ने छ । प्रत्येक केन्द्रले दश प्रतिशत सेवा गरिब तथा विपन्न वर्गलाई निःशुल्क दिनुपर्ने छ ।

मन्त्रालयले नियमित अनुगमन गर्नेछ । मापदण्ड पालना नगर्ने संस्थाको अनुमति खारेज हुन सक्ने मापदण्डमा भनिएकाे छ । 

मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माका अनुसार यो मापदण्डले निःसन्तान उपचारलाई सुरक्षित, पारदर्शी र अन्तर्राष्ट्रियस्तरको बनाउने छ । यसले सेवा प्रदायकलाई जिम्मेवार बनाउन र गुणस्तर सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निःसन्तानपन संवेदनशील स्वास्थ्य, सामाजिक र मनोवैज्ञानिक समस्या भएको बताउँदै यो मापदण्डले उपचार सेवालाई प्रभावकारी बनाउने बताए । “पछिल्लो समय निःसन्तानपनको समस्या बढ्दो छ । तर, उपचार केन्द्रहरूको गुणस्तर र प्रक्रियामा प्रश्न उठेका थिए । यो मापदण्डले सेवाग्राहीको अधिकार र गुणस्तरीय सेवा सुनिश्चित गर्नेछ,” उनले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE