काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित र नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ ।
मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णयमार्फत यो मापदण्ड स्वीकृत गरेका हुन् । यो मापदण्ड सरोकारवाला विज्ञहरूसँगको छलफलपछि तयार गरिएको हो । यसले आईभीएफ सेवा, प्रयोगशाला, जनशक्ति व्यवस्थापन र शुक्रकीट/अण्डा दान प्रक्रियालाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ ।
जसमा दाताको मापदण्डमा शुक्रकीट वा अण्डा दान गर्ने व्यक्तिको उमेर २०–३५ वर्ष हुनुपर्ने । स्वास्थ्य परीक्षणबाट सरुवा रोग नभएको प्रमाणित हुनुपर्ने । विवाहित व्यक्तिको हकमा दम्पती दुवैको लिखित सहमति अनिवार्य छ ।
दाताको परिचय पूर्ण गोप्य राखिनेछ । एउटै व्यक्तिले तोकिएको सीमाभन्दा बढी दान गर्न पाउने छैन । प्रलोभन वा दबाबमा दान गर्न/गराउन पूर्ण निषेध छ ।
केन्द्रको नियमनमा आईभीएफ र आईयूआई सेवा सञ्चालन गर्न मन्त्रालयको अनुमति अनिवार्य बनेकाे छ । प्रत्येक केन्द्रमा निःसन्तान रोग विशेषज्ञ, तालिमप्राप्त इम्ब्रायोलोजिस्ट र एनेस्थेसियोलोजिस्टसहित दक्ष जनशक्ति हुनुपर्ने छ ।
राष्ट्रिय भवन संहिताअनुसार भवन, विशिष्टीकृत प्रयोगशाला, शल्यक्रिया कक्ष र सघन उपचार कक्ष अनिवार्य छ । प्रयोगशाला र शल्यक्रिया कक्षको तापक्रम, आद्रता र हावाको गुणस्तर तोकिएको मापदण्डअनुरूप हुनुपर्ने छ छ । सेवा शुल्क र निःशुल्क सेवा: शुल्क मन्त्रालयले तोकेअनुसार मात्र लिनुपर्ने छ । प्रत्येक केन्द्रले दश प्रतिशत सेवा गरिब तथा विपन्न वर्गलाई निःशुल्क दिनुपर्ने छ ।
मन्त्रालयले नियमित अनुगमन गर्नेछ । मापदण्ड पालना नगर्ने संस्थाको अनुमति खारेज हुन सक्ने मापदण्डमा भनिएकाे छ ।
मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माका अनुसार यो मापदण्डले निःसन्तान उपचारलाई सुरक्षित, पारदर्शी र अन्तर्राष्ट्रियस्तरको बनाउने छ । यसले सेवा प्रदायकलाई जिम्मेवार बनाउन र गुणस्तर सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निःसन्तानपन संवेदनशील स्वास्थ्य, सामाजिक र मनोवैज्ञानिक समस्या भएको बताउँदै यो मापदण्डले उपचार सेवालाई प्रभावकारी बनाउने बताए । “पछिल्लो समय निःसन्तानपनको समस्या बढ्दो छ । तर, उपचार केन्द्रहरूको गुणस्तर र प्रक्रियामा प्रश्न उठेका थिए । यो मापदण्डले सेवाग्राहीको अधिकार र गुणस्तरीय सेवा सुनिश्चित गर्नेछ,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: