Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

पाल्पामा सिन्दुरजात्रा निकालियो

खबरडबली संवाददाता

पाल्पा । नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक भगवतीको रथसहित सिन्दुर जात्रा निकालिएको छ । प्रत्येक वर्ष भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जात्रा बनाउँदै आएको छ । यसवर्ष २०६ औँ भगवती खट यात्राका रूपमा सिन्दुर जात्रा हर्सोल्लासका साथ निकालिएको हो ।

यो जात्रालाई जिल्लामा निकालिने सबैभन्दा ठूलो जात्राका रूपमा लिने गरिन्छ । नेपाली सेनाले भगवतीको रथलाई १२ः ३० बजे सलामी दिएर तीन पटक मन्दिर परिक्रममा गराएपछि रथ निकालिएको हो ।  रथलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले बलि चढाएपछि तानसेनको परिक्रममा गराइएको छ । रथलाई कुमाल समुदायका युवाले काँधमा बोकी नगर परिक्रमा गराएका हुन् ।

जात्राको अघिल्लो दिन अर्थात् श्रीकृष्णजन्माष्टमीका दिनदेखि एसियाको ठूलो ढोका मानिने मूल गेट खुला गरिएको थियो । पञ्चेबाजा, लाखेनाच, भजनकीर्तनसहित सांस्कृतिक झाँकीद्वारा रथलाई नगर परिक्रमा गराइएको थियो । जात्रालाई नगरपरिक्रमा पछि मन्दिर परिसरमा पुर्या‍इ विसर्जन गरिने मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिए । 

अहिले नगरका विभिन्न स्थानमा रथ परिक्रम गर्ने काम भइरहेको जनाउँदै उनले रथलाई मध्यरातमा पञ्चबलिसहित सलामी अर्पण गरी विधिवत् रूपमा पूजाआरधाना गरिएको बताए । रथ यात्रामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार, निजामती कर्मचारी, विद्यार्थी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायत सर्वसाधारणको बाक्लो उपस्थिति छ ।

जात्रा अवलोकनका लागि गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देहीलगायत जिल्लाबाट श्रद्धालु भक्तजन यहाँ आएका छन् । रथयात्रामा सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानसेनापति बलाधिकृत रथी अशोकराज सिग्देल, प्रदेशका मन्त्री, सङ्घीय सांसद, प्रदेश सांसदलगायत उच्चपदस्थ व्यक्तिहरूको सहभागिता रहेको समितिले जनाएको छ ।  

जात्रा अवलोकनमा आएका अर्थमन्त्री पौडेल र पर्यटनमन्त्री पाण्डेले ऐतिहासिक भगवती (सिन्दुर) जात्राको अत्यन्त महत्त्व रहेकाले यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउनुका साथै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । करिब पाँच हजार भक्तजनले जात्राको प्रत्यक्ष अवलोकन गरेका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

ऐतिहासिक महत्त्व बोकेको यस जात्रालाई राष्ट्रिय पर्वका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा समितिका अध्यक्ष महर्जनले जोड दिए । सरकारले प्रचारप्रसार, पूर्वाधार विस्तारलगायत क्षेत्रका लागि आवश्यक सहयोग गरे धार्मिक पर्यटन प्रवर्द्धन गर्न जात्राले महत्त्वपूर्ण योगदान पुर्याउने उनले विश्वास व्यक्त गरे ।

नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवलाई बचाउने यस्ता ऐतिहासिक महत्त्वका विषयमा अनुसन्धान गरी जात्रा र राष्ट्रियताबीच एकता खोज्नुपर्ने इतिहासका जानकार राजेन्द्रगोपाल सिंहले बताए । सरकारले पनि यसको महत्त्वलाई प्रवर्द्धन गर्न जात्रालारई राष्ट्रिय पर्वका रूपमा सम्बोधन गर्नु आवश्यक रहेको उनको भनाइ छ । 

अङ्ग्रेज साम्राज्यवादको आक्रमणबाट मुलुकलाई जोगाउन जितगढी विजयी गरी यो जात्रा मनाउन थालिएको समितिका सदस्य सचिव प्रकाशनाथ गङ्गोलले बताए । ‘आफ्नो साम्राज्यमा आफूलाई अब्बल दर्जाको ठान्ने अङ्ग्रेज साम्राज्यलाई पटकपटक पाल्पा क्षेत्रको बुटवल जितगढीबाट खेदेर परास्त गरेको सम्झनामा भगवती जात्रा मनाउने गरिएको हो’, उनले भने ।

श्रीकृष्ण जन्माष्टमीको अघिल्लो रात स्थानीय सेना प्रमुखले कर्णेल उजिरसिंह थापाको तरबार हातमा लिइ रथ परिक्रमाका लागि राखिने भगवतीको मूर्तिलाई खटमा राखी भोलिपल्ट शुभसाइतमा सेनाको गोरखदलले बढाइँका साथ सलामी अर्पण गर्दै श्री ७ रणउजीरेश्वरी भगवती माईको रथयात्रा सुरु गर्ने परम्परा रहेको सदस्य सचिव गङ्गोलले जानकारी दिए ।

‘यसै क्रममा काजी वीर भञ्जन पाण्डेको सुझबुझ, कर्णेल उजिरसिंह थापाको दलमुखी आँट एवं रणकौशल र भगीरथ जैसीको सहकार्य हरेक नेपालीको मनको अन्तरकुन्तरमा उर्लेर आएको राष्ट्रिय भावना जयजयकारको स्वरले गुञ्जायमान हुने गर्दछ’, उनले भने ।

कर्णेल थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा विजय हासिल गरेको थियो । यही सम्झनामा विसं १८७६  देखि निरन्तर रूपमा प्रत्येक वर्ष जिल्लामा विजयोत्सव मनाउने प्रचलन रहँदै आएको समितिका अध्यक्ष महर्जनले जानकारी दिए ।

कर्णेल थापाले युद्धमा विजयी भएमा प्रस्तरको सोह्रबाहु भएको महिषासुर मर्दिनी भगवतीसामु सिन्दुर जात्रा गर्ने भाकल गरेका थिए । उनका अनुसार दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल थापाले मन्दिर निर्माण गरी भगवती जात्रा मनाउन थालिएको इतिहासका जानकारले बताउने गरेका छन् । 
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

बर्दियामा लागूऔषधसहित दुईजना पक्राउ

बर्दिया । बर्दियामा ५० ग्राम ९७० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा एक जना नाबालक र अर्का गुलरिया नगरपालि...

एनपिएल: चितवनमाथि पोखराको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि आठ विकेटको सहज जित निकालेको छ । शनिबार साँझ त्रिवि क्रिकेट मैदानमा भएक...

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् । स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र...

धनकुटामा याक्खा समुदायले मनाउँदै चासुवा पर्व

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका –७, साफु धनकुटामा विभिन्न कार्यक्रम आयोजना गर्दै चासुवा पर्व मनाइएको छ । महालक्ष्मी नगरपालिका ७ को आर्थिक सह...

गुल्मीकाे पनाहा खोलामा पुरुषको शब फेला

गुल्मी । गुल्मी रेसुङ्गा नगरपालिका –४ मोत्तियारस्थित पनाहा खोलामा एक पुरुषको शब फेला परेको छ ।  सेतो हरियो रङको चेक सर्ट माथि निक लेखेको कालो ट्रया...

अज्ञात व्यक्तिले चलाएकाे गोलीबाट दाङमा सुनचाँदी व्यवसायी घाइते

दाङ । दाङको लमहीमा अज्ञात व्यक्तिले चलाएको गोलीले लमही नगरपालिका –५ लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलका सञ्चालक १६ वर्षिय दीपक सुनार घाइते भएका ...

हेटौँडामा सडकको केन्द्ररेखाबाट दायाँ–बायाँका ५३१ घरटहरा भत्के

मकवानपुर । हेटौँडा बजार क्षेत्रमा सुरु गरिएको सडक सीमा विस्तारीकरण अभियानअन्तर्गत ५३१ घरटहरा तथा विभिन्न संरचना भत्काइएका छन्। सडक डिभिजन कार्यालय हेट...

हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ

काठमाडाैं । काठमाडौंमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हायात होटलभित्र रहेको क्यासिनोमा भएको चोरी, तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा दुई...

वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र सुरु

पर्वत। दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र गर्न थालिएको छ। विसं २०४९ मा मार्ग विस्तार गरिए पनि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending