Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

नेपाल र क्षेत्रीय आतंकवादः जोखिम, आरोप र उपाय

खबरडबली संवाददाता

दक्षिण एसियामा आतंकवाद : नेपाललाई कस्तो छ चुनौती ?

काठमाडौं । दक्षिण एसिया जनघनत्व, धार्मिक–सांस्कृतिक विविधता र भाषिक समृद्धिले भरिपूर्ण क्षेत्र हो । तर यही क्षेत्र दशकमौंदेखि आतंकवाद, उग्रवाद र हिंसात्मक द्वन्द्वको चरम चपेटामा परिरहँदै आएको छ । अफगानिस्तान, पाकिस्तान, भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र नेपाल फरक–फरक स्वरूपमा यसको असर भोगिरहेका छन् ।

नेपाल आतङ्कवादीहरूको प्रमुख आश्रयस्थल नभए पनि यहाँका नागरिक र भूमिसँग जोडिएका घटना पुष्टि गर्छन् कि नेपाल पनि पूर्णतया अछुतो छैन ।

नेपालसँग जोडिएका प्रमुख घटनाहरू

इराकमा १२ नेपालीको हत्या (२०६१ भदौ १६) – सुन्नी अतिवादी समूहले १२ नेपाली श्रमिकको हत्या गर्‍यो, जुन नेपालसँग जोडिएको भयावह आतङ्कवादी घटना हो ।

इजराइलमा १० विद्यार्थीको मृत्यु (सन् २०२३) – हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थी मारिए भने एक जना अझै बेपत्ता छन् ।

भारत, पहलगाममा नेपालीको मृत्यु (सन् २०२४ अप्रिल) – आतङ्कवादी आक्रमणमा परेर सुदीप न्यौपानेको निधन भयो ।

इन्डियन एअरलाइन्स विमान अपहरण (सन् १९९९, त्रिभुवन विमानस्थलबाट) – नेपालकै भूमि प्रयोग गरी अपहरण गरिएको थियो ।

दाउद इब्राहिमका सहयोगी पक्राउ (२०८१ साउन २०) – अन्तर्राष्ट्रिय अपराधी समूहसँग सम्बन्धित सलीम पिस्टल नेपालमै समातिए ।

यी घटनाले नेपाल पनि क्षेत्रीय आतंकवादको चपेटामा पर्न सक्ने देखाउँछन् ।

नेपालमाथि उठाइने आशंका

भारतले पटक–पटक नेपाललाई आतंकवादी गतिविधिका लागि “ट्रान्जिट प्वाइन्ट” को रूपमा प्रयोग भएको आरोप लगाउँदै आएको छ । सन् १९९९ को विमान अपहरणपछि भारतले नेपाललाई संवेदनशील क्षेत्रको सूचीमा राखेको हो । त्यही कारण त्रिभुवन विमानस्थलमा सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय दबाब बढेको थियो ।

त्यस्तै, चीनले समेत विगतमा “खम्पा विद्रोह” मार्फत आफ्नो विरोधी समूहलाई नेपालबाट सहयोग मिलेको भनी चिन्ता व्यक्त गर्दै आएको छ ।

नेपालका लागि चुनौती

सुरक्षा विशेषज्ञका अनुसार नेपालको सुरक्षा प्रणाली अझै कमजोर छ । सीमावर्ती क्षेत्रमा निगरानी नहुनु, अपराधीलाई आतंकवादीको हैसियतमा नजाँचिनु र कूटनीतिक समन्वयको कमी नै नेपालका कमजोरी हुन् ।

पूर्वपरराष्ट्रमन्त्री एनपी साउद भन्छन् – “हामी अरूको घरमा मात्रै समस्या छ भनी नसोचौँ, नेपाल पनि त्यही जोखिममा छ ।”

राष्ट्रपति पौडेलका सल्लाहकार सुनिल बहादुर थापाले समेत लस्कर–ए–तैयबा र अलकायदाले नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गर्दै आएको गम्भीर खतरा रहेको चेतावनी दिएका छन् ।

दक्षिण एसियाको सन्दर्भमा नेपाल

ग्लोबल टेरोरिज्म इन्डेक्स २०२४ अनुसार विश्वका २७ प्रतिशत आतङ्कवादी आक्रमण दक्षिण एसियामा हुन्छन् । सन् २००१–२०१९ बीच करिब ६० हजार मानिसको ज्यान गएको तथ्याङ्क छ ।

अफगानिस्तान र पाकिस्तानमा मात्रै ८५% मृत्यु भएको छ ।

भारत १४औँ, पाकिस्तान चौथो र अफगानिस्तान छैटौँ उच्च जोखिममा छन् ।

नेपाल भने ४५औँ स्थानमा झरेको छ, जसलाई सकारात्मक प्रगति मानिन्छ ।

तर नेपाल–भारत विकास मञ्च, नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्टलगायत संस्थाले चेतावनी दिएका छन् – “दक्षिण एसियामा आतंकवाद नियन्त्रण नभएसम्म नेपाल पनि सुरक्षित छैन ।”

दीर्घकालीन समाधान के ?

सुरक्षा संयन्त्र सुदृढीकरण – सीमा व्यवस्थापन, सूचना संकलन र आन्तरिक निगरानीलाई आधुनिक बनाउने ।

क्षेत्रीय सहकार्य – सार्क जस्ता क्षेत्रीय संयन्त्रलाई सक्रिय बनाउनुपर्ने ।

जनताकेन्द्रित रणनीति – असन्तुष्टि, विभाजन र हिंसालाई कम गर्ने गरी नीति निर्माण गर्नुपर्ने ।

अन्तर्राष्ट्रिय कूटनीति – छिमेकी मुलुकसँग तालमेल गर्दै आतंकवादविरोधी सहकार्य बढाउनुपर्ने ।

विशेषज्ञ इन्दिरा अधिकारी भन्छिन् –“राज्य संवेदनशील नभएका, असन्तुष्टि बढेका र दमन भइरहेका अवस्थामा आतंकवादका घटना बढ्छन् । त्यसैले समाधानका लागि आन्तरिक एकता र क्षेत्रीय सहकार्य अपरिहार्य छ ।”

निष्कर्ष

दक्षिण एसिया आज पनि आतंकवादको हबका रूपमा चिनिन्छ । नेपाल प्रत्यक्ष युद्धभूमि नभए पनि यसका नागरिक, भूमि र छवि प्रभावित भइरहेका छन् । नेपालको प्रमुख चुनौती भनेको आफ्ना सीमा सुरक्षित राख्दै आतंकवादी गतिविधिलाई नेपालमार्गी हुन नदिनु र क्षेत्रीय–अन्तर्राष्ट्रिय सहकार्यद्वारा दह्रो सुरक्षा प्रणाली निर्माण गर्नु हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending