Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

मागअनुसारको रासायनिक मल नआउँदा उदयपुरमा अभाव

खबरडबली संवाददाता

उदयपुर । जिल्लामा किसानको मागअनुसार युरिया, डिएपी र पोटास मल नआएपछि बर्सेनि अभाव हुने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेड, शाखा उदयपुरका प्रमुख नरेशकुमार महतोका अनुसार आवश्यकताअनुसार मल नपुग्दा किसान हाहाकारमा पर्छन् ।

उनका अनुसार उदयपुरमा वार्षिक रूपमा करिब पाँच हजार मेट्रिक टन युरिया, डिएपी र पोटासको आवश्यकता पर्छ । तर, यसको आधा मात्र आपूर्ति हुने भएकाले अभाव देखिने गरेको हो । चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३ हजार मेट्रिक टन युरिया, १ हजार ५ सय मेट्रिक टन डिएपी, ५० मेट्रिक टन पोटास र २१ टन कृषि चुन गरी ४ हजार ७१ मेट्रिक टन मल माग गरिएकोमा हालसम्म १ सय मेट्रिक टन डिएपी मात्र प्राप्त भएको छ ।

‘किसानलाई सिजनमा आवश्यक मल उपलब्ध गराउन सकिरहेका छैनौं,’ महतोले भने, ‘अघिल्लो वर्ष समय सकिएपछि आएको केही मल अहिले विभिन्न पालिकालाई बाँडिरहेका छौं, तर युरिया छैन ।’

हाल कार्यालयसँग ४.५५ मेट्रिक टन पोटास र १०.२५ मेट्रिक टन डिएपी मात्र मौज्दात छ । गएको आर्थिक वर्ष २०८१/८२ मा ४ हजार ५५० मेट्रिक टन मल माग गरिएकोमा ३ हजार ८५२ मेट्रिक टन मात्र प्राप्त भएको थियो । त्यसमा पनि ३ हजार मेट्रिक टन युरिया माग भए पनि २ हजार २७३ मेट्रिक टन मात्र आएको र ढिलो आएको कारण मौज्दात बसेको महतोले बताए ।

आर्थिक वर्ष २०८०/८१ मा पनि ४ हजार ५ सय मेट्रिक टन माग गरिएकोमा २ हजार ३११ मेट्रिक टन मात्र प्राप्त भएको थियो । ‘अहिले पनि किसान युरियाको खोजीमा छन्, तर आएको छैन,’ उनले भने ।

उदयपुरमा मलको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेडको प्रदेश कार्यालय विराटनगरमार्फत हुने गर्छ । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट पालिकागत भागबण्डा तोकेर सूची पठाइने र सोहीअनुसार सहकारीमार्फत बिक्री–वितरण हुने गरेको महतोले बताए । यस क्रममा अभाव भएका पालिकाका किसानले नपाउने र अभाव नभएका पालिकामा जाने अवस्था देखिएको छ ।

जिल्लाका आठ स्थानीय तहका ६८ वटा कृषि सहकारीमार्फत किसानको हातमा रासायनिक मल पुग्ने गरेको छ । कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार, जिल्लामा २६ हजार २४१ हेक्टर क्षेत्रमा खेती हुन्छ । अहिले आठै पालिकाका किसान युरियाको अभावमा छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending