म्याग्दी । आलु उत्पादनको पकेट क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगी, राम्चे, काफलडाँडामा आलु उत्पादन घटेको छ । उत्पादन घटेपछि माग धान्न गाह्रो भएको छ । चिसो हावापानीमा उत्पादन हुने यहाँको आलु स्वादिलो र पौष्टिक हुने भएकाले सहरी क्षेत्रमा माग राम्रो छ ।
वडामा निर्यात हुने खाद्यबालीका रुपमा आलुखेतीलाई लिने गरिएको छ । केही वर्षअघिसम्म गाउँमा आलुखेतीबाट किसानले राम्रो आम्दानी गरे पनि अहिले उत्पादन घटेपछि माग धान्न नसक्ने अवस्था आएको नाँगीकी किसान तथा अन्नपूर्ण गाउँपालिकाका सदस्य राममाया पुनले बताइन् ।
‘गाउँका अधिकांशले व्यावसायिक आलुखेती गर्दै आएका छन्, अघिल्लो वर्ष आलु बिक्री गरेर रु एक लाखसम्म कमाउने धेरै किसान थिए, यो वर्ष उत्पादन सोचेजस्तो भएको छैन, माग धेरै आएको छ, स्थानीय बजारमै धेरै आलु खपत हुने सम्भावना छ’, उनले भनिन् ।
यस वर्ष आलुखेती लगाउने र गोडमेल गर्ने समयमा वर्षा नभएको र खडेरीका कारण उत्पादनमा गिरावट आएको उनको भनाइ छ । सिँचाइको वैकल्पिक स्रोत र प्रबन्धन भएकाले आकासे पानीका भरमा आलुखेती गर्नुपर्दा खडेरीको समयमा किसानले दुःख र परिश्रमअनुसारको फल पाउन सकेका छैनन् ।
परम्परागत रुपमा लेकाली क्षेत्रमा उत्पादन भएको आलु कोसेलीका रुपमा दिने पनि चलन छ । धेरै उत्पादन गर्नेले बेँसीमा उत्पादन हुने धान, चामलसँग आलु सटही गर्ने गर्थे । गाउँगाउँमा यातायातको पहुँच बढेपछि मात्रै लेकाली क्षेत्रमा उत्पादन भएको आलुले बजार पाउन थालेको हो । पहिले गाउँमा उत्पादन भएको आलु धेरै भएर गाईभैँसीलाई पकाएर खुवाउने चलन रहेकामा गाउँमा गाडीको सुविधा भित्रिएसँगै आलु बिक्री हुन थालेको नाँगीका स्थानीय चन्द्रबहादुर खोरजाले बताए ।
गत वर्ष १० मुरी आलु बिक्री गर्नुभएका खोरजाले यस वर्ष आलु उत्पादन घटेकाले आफन्तलाई कोसेली पठाउने र घरमा उपभोगमा मात्रै सकिने भएकाले बिक्री गर्न नपुग्ने बताए । नाँगीमा उत्पादन भएको आलु गाउँबाटै प्रतिकिलो रु ४५ मा बिक्री हुने गरेको छ भने बजारमा प्रतिकिलो रु ८० देखि १०० सम्ममा बिक्री हुने गरेको छ ।
गाउँमा रातो, जनकदेव र रैथाने जातको आलुखेती हुन्छ । राम्चेका स्थानीय कृषक ओमबहादुर पुर्जाले बीउको प्रशोधन नगर्ने, खडेरी पर्ने र बाहिरबाट लगेको बीउमा रोगकीरा भित्रिएपछि त्यसको असर आलु उत्पादनमा देखिएको बताए ।
यस जिल्लाबाट वार्षिक रु १० करोड बराबरको आलु, कुष्मा, बागलुङ, पोखरा, काठमाडौँ लगायत बजारमा बिक्री हुने गरेको छ । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तहलगायतले जिल्लामा आलुखेती विस्तारमा सहयोग गर्दै आएका छन् । म्याग्दीमा एक हजार ८२० हेक्टर जमिनमा आलु खेती हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: