Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर स्तरमा, विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थकर स्तरमा पुगेको छ। बिहीबार बिहान ७:२० बजे गरिएको मापनअनुसार उपत्यकाको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १८४ पुगेको छ, जसले वायु गुणस्तर स्वास्थ्यका लागि जोखिमपूर्ण रहेको देखाउँछ।

हाल काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा चौथो स्थानमा रहेको छ। विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा उज्वेकिस्तानको तास्कन्द सहर सूचीकृत भएको छ, जहाँ एक्यूआई २३२ मापन गरिएको छ। त्यसपछि पाकिस्तानको लाहोर दोस्रो स्थानमा रहेको छ, जहाँ वायु प्रदूषणको स्तर २२३ एक्यूआई पुगेको छ। त्यस्तै भियतनामको हनोइ सहर २१८ एक्यूआईसहित तेस्रो स्थानमा छ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानव स्वास्थ्यका लागि एक्यूआई ३५ भन्दा कम हुनु उपयुक्त मानिन्छ भने ५० सम्मलाई सामान्य मानिन्छ। तर ५० भन्दा माथिको एक्यूआई स्वास्थ्यका लागि क्रमशः जोखिमपूर्ण मानिन्छ।

एक्यूआई ५१ देखि १०० सम्म पुगेमा सावधानी अपनाउनुपर्ने अवस्था मानिन्छ। १०१ देखि १५० सम्मको स्तरले विशेष गरी श्वासप्रश्वास तथा मुटुसम्बन्धी रोग भएका व्यक्तिहरूलाई असर गर्न सक्छ। 

१५१ देखि २०० सम्म पुगेको एक्यूआईलाई अस्वस्थकर मानिन्छ भने २०१ देखि ३०० सम्मको स्तरलाई अत्यन्त अस्वस्थकर अवस्था भनिन्छ। त्यस्तै ३०१ देखि ४०० सम्मको एक्यूआईलाई खतरनाक र ४०१ देखि ४५० सम्मलाई अत्यन्तै खतरनाक अवस्था मानिन्छ।

मौसमविद्हरूका अनुसार पछिल्लो समय मौसम सुक्खा रहनु, हावा कम चल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माण गतिविधिका कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको हो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending