मेलबर्न । अस्ट्रेलियाका एक वरिष्ठ वकिलले हत्यासम्बन्धी मुद्दामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) द्वारा सिर्जित नक्कली उद्धरण र अस्तित्वहीन अदालतका फैसला समावेश भएको निवेदन पेस गरेकोमा सर्वोच्च अदालतसँग माफी मागेका छन् ।
भिक्टोरिया राज्यको सर्वोच्च अदालतमा भएको यो घटना विश्वभर कानूनी प्रणालीमा एआई प्रयोगका कारण देखा परेको त्रुटिहरूको नयाँ उदाहरण बनेको छ । राजाको वकिलको उपाधि पाएका प्रतिरक्षा वकिल ऋषि नाथवानीले एक किशोरमाथि लागेको हत्याको आरोपमा पेस गरिएको गलत जानकारीका लागि ‘पूर्ण जिम्मेवारी’ लिएका छन् । “जे भयो त्यसका लागि हामी गहिरो खेद प्रकट गर्छौं र लज्जित छौँ”, उनले बुधबार न्यायाधीश जेम्स इलियटलाई भने ।
एआई–जन्य त्रुटिका कारण मुद्दाको समाधानमा २४ घण्टा ढिलाइ भएको थियो । इलियटले बिहीबार फैसला सुनाउँदै नाथवानीका ग्राहक अस्वस्थताका कारण हत्यामा दोषी नभएको ठहर गरे । “वकिलको निवेदनको शुद्धतामा अदालतको भरोसा हुनु न्यायको आधार हो”, इलियटले भने । नक्कली निवेदनमा राज्य व्यवस्थापिकाको भाषणबाट बनावटी उद्धरण र सर्वोच्च अदालतका अस्तित्वहीन मुद्दा सन्दर्भहरू थिए ।
न्यायाधीशका सहयोगीहरूले ती मुद्दा खोज्दा फेला नपरेपछि यी त्रुटिहरू पत्ता लगाएका थिए । अन्ततः वकिलहरूले उद्धरणहरू ‘अवस्थित छैनन्’ भनेर स्वीकार गरे । नाथवानीको टोलीले केही प्रारम्भिक उद्धरणहरू सही देखिएपछि बाँकी पनि ठीक हुने अनुमान गरेको जनाएको छ । उक्त निवेदन अभियोजक डेनियल पोर्सेड्डुलाई पनि पठाइएको थियो । उनले शुद्धता जाँच गर्नु भएन ।
इलियटका अनुसार सर्वोच्च अदालतले गत वर्ष नै वकिलहरूले एआई कसरी प्रयोग गर्ने भन्नेबारे दिशानिर्देश जारी गरेको थियो । “स्वतन्त्र प्रमाणबिना एआईको उत्पादन अदालतमा पेस गर्न स्वीकार्य छैन”, उनले भने । अदालती कागजातले प्रयोग गरिएको जेनेरेटिभ एआई प्रणालीको नाम भने खुलाएको छैन ।
सन् २०२३ मा अमेरिकामा पनि यस्तै घटना भएको थियो । एक सङ्घीय न्यायाधीशले दुई वकिल र एक कानूनी फर्मलाई च्याटजिपिटीमार्फत बनावटी कानूनी अनुसन्धान पेस गरेको आरोपमा पाँच हजार डलर जरिवाना गरेका थिए । त्यसै वर्ष, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व व्यक्तिगत वकिल माइकल कोहेनको कानूनी कागजातमा पनि एआईले बनावटी फैसला उद्धृत भएको थियो ।
बेलायतमा, उच्च अदालतकी न्यायाधीश भिक्टोरिया शार्पले यस वर्ष अदालतमा झूटो सामग्री पेस गर्नु अदालतको अवज्ञा मात्र नभई गम्भीर अवस्थामा न्यायको मार्ग विकृत गर्ने अपराध ठहर हुन सक्छ भन्दै यसको सजाय अधिकतम आजीवन कारावास हुन सक्ने चेतावनी दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: