काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले)का युवा नेता सुहाङ नेम्बाङले सिंहदरबार प्रवेशसम्बन्धी नयाँ व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ध्यानाकर्षण गराएका छन्।
बिहीबार बिहान प्रधानमन्त्री कार्यालय पुगेर उनले कानुन व्यवसायीले पनि नागरिक एपमार्फत प्रवेश पास अनिवार्य लिनुपर्ने व्यवस्था व्यवहारिक नभएको भन्दै पुनर्विचार गर्न आग्रह गरेका हुन्। उनका अनुसार कानुन व्यवसायीको ५०–६० प्रतिशत काम सिंहदरबारभित्र हुने भएकाले नयाँ व्यवस्था लागू हुँदा सेवाग्राही प्रभावित हुन सक्नेछ।
‘सिंहदरबार प्रवेशमा झन्झट थपिए काममा ढिलासुस्ती हुन्छ र सेवाग्राही मर्कामा पर्न सक्छन्,’ नेम्बाङले भने। उनले कानुन व्यवसायीका कमीकमजोरी भए सुधार गर्न सकिने तर पहिलेकै व्यवस्था कायम राख्नु उपयुक्त हुने धारणा राखे।
यसअघि नेपाल बार काउन्सिलले जारी गर्ने परिचयपत्रका आधारमा कानुन व्यवसायीलाई सिंहदरबारसहित विभिन्न सरकारी कार्यालय र अदालतमा प्रवेशको सुविधा थियो। हाल सिंहदरबार प्रवेशका हकमा कडाइ गरिएको छ।
सिंहदरबार परिसरस्थित प्रशासकीय अदालतका रजिस्ट्रार सरोजराज रेग्मीले सूचना जारी गर्दै कानुन व्यवसायीले नागरिक एपमार्फत जारी हुने सिंहदरबार गेट पासका आधारमा मात्र प्रवेश पाउने व्यवस्था लागू गरिएको जनाएका छन्। उनका अनुसार अदालतका पदाधिकारी र कर्मचारीले आधिकारिक परिचयपत्रका आधारमा, मुद्दाका पक्ष वा वारेसले तारेख पर्चाका आधारमा र अन्यले दैनिक प्रवेश पासका आधारमा प्रवेश पाउनेछन्।
नयाँ व्यवस्थाप्रति केही कानुन व्यवसायीले असन्तुष्टि जनाएका छन्। अधिवक्ता विनोदमणि भट्टराईले प्रशासकीय अदालत सिंहदरबारभित्रै रहेको अवस्थामा प्रवेशका लागि थप पास लिनुपर्ने व्यवस्था व्यवहारिक नभएको टिप्पणी गर्दै पुनर्विचारको माग गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १३:५६
काठमाडौं । सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेपछि त्यसविरुद्ध प्रतिनिधि सभामा आवाज उठेको छ। बुधबार बसेको प्...
चैत्र २५ गते, २०८२ - १३:५३
म्याग्दी । बेनी नगरपालिका–४ राक्सेमा रु तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ...
चैत्र २५ गते, २०८२ - १३:०८
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्र...
चैत्र २५ गते, २०८२ - १२:४५
विराटनगर । विराटनगर विमानस्थलमा बुधबार बिहान ५५ जना सवार रहेको विमान दुर्घटनाग्रस्त भएको परिकल्पनासहित पूर्णस्तरीय उद्धार अभ्यास गरिएको छ। नागरिक उ...
चैत्र २५ गते, २०८२ - १२:३०
काठमाडौं । लामो समयदेखि उपभोक्ताहरुले झेल्दै आएको डाटा सकिएपछि स्वतः ब्यालेन्स काटिने झन्झटिलो समस्यालाई समाधान भएको छ । सञ्चार तथा सूचना प्रविधि म...
चैत्र २५ गते, २०८२ - १२:१५
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै व्यावसायिक भैँसीपालनतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत ख...
चैत्र २५ गते, २०८२ - १२:०५
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकका ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित ६ दिनदेखि सम्पर्कविहीन भएका छन्। गत शुक्रबारदेखि उनीह...
चैत्र २५ गते, २०८२ - ११:५०
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैँ उद्योग सञ्चालन गर्नु भन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण र ...
चैत्र २५ गते, २०८२ - ११:४५
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँग सम्बन्धित ज्यान मुद्दाको अनुसन्धानमा प्रहरीले जिल्ला सरकारी वकिलको कार्याल...
चैत्र २५ गते, २०८२ - ११:४०
काठमाडौं । सरकारले डा. गुणाकर भट्ट लाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई उक्त जिम्मेवारी...


प्रतिकृया लेख्नुहोस्: