Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

गिदेरी खाेला गाउँ पस्दा उदयपुरको बेलकामा ११९ घर डुबानमा

खबरडबली संवाददाता

उदयपुर । अविरल वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–३ मा ११९ घर डुबानमा परेका छन् । 

स्थानीय गिदेरी खहरे खोला गाउँ पस्दा एबिसी टोलका ४० र जुलेफी टोलका ७९ घर प्रभावित भएका हुन् ।

वडाध्यक्ष टंकप्रसाद आचार्यका अनुसार खोलाको पानी गाउँ पस्दा सरस्वती आधारभूत विद्यालयसहित घरहरूको भुइँतला डुबानमा परेको छ । ‘अहिले खोलाको जलस्तर घट्दै गएकाले घरमा बस्न सकिने अवस्था देखिन्छ,’ उनले भने । 

भुइँतलाका सामान माथिल्लो तलामा सारिएकाले खाद्यान्न र लत्ताकपडा सुरक्षित रहेको र कुनै मानवीय क्षति नभएको उनले बताए ।

डुबानका कारण सरस्वती आधारभूत विद्यालयमा पठनपाठन रोकिएको छ । विद्यालय र घरहरूमा बालुवासहितको लेदो पसेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले खहरे खोलाको जलस्तर बढ्दा गाउँ प्रभावित भएको र कुनै मानवीय वा पशुचौपायाको क्षति नभएको जानकारी दिए । ‘खोलाको पानी गाउँ पसे पनि अहिले अवस्था सामान्य बन्दै गएको छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले डुबान क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले निरीक्षण गरिरहेको बताए । ‘झन्डै ८० घर डुबानमा परेको प्रारम्भिक जानकारी आएको छ, तथ्यांक संकलन जारी छ,’ उनले भने । ‘पानीको स्तर घट्दै गएकाले जोखिम नरहेको र स्थानीयहरू घरमै बस्न सक्ने अवस्था छ ।’ यसैबीच, अविरल वर्षाका कारण सप्तकोशी नदीको तटीय क्षेत्रमा निगरानी बढाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending