काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णय सच्याउन दबाब बढेको छ । मंगलबार बसेको बैठकमा ४० जना प्रदेश सदस्यमध्ये ८ जनाले यो मुद्दामा पक्ष र विपक्षमा धारणा राखे भने बाँकी अधिकांश मौन बसेका छन् ।
बैठकमा मोरङका डिबी कार्की, भोजपुरका रोशन बस्नेत र सुनसरीकी अञ्जु पाण्डेले सदस्यता नवीकरण नगर्ने निर्णय गलत भएको भन्दै तत्काल सच्याउन माग गरेका छन । उनीहरूले यो निर्णय नसच्याए पार्टीका लागि दीर्घकालीन क्षति हुने चेतावनी दिएका छन् । भोजपुरका अध्यक्ष मकर खड्काले यो मुद्दा नटुंगिए ‘मिसन ८४’ मा गम्भीर असर पर्ने बताए । खड्का, जो पूर्वराष्ट्रपति भण्डारीको गृहजिल्लाका अध्यक्ष पनि हुन् । उनले केन्द्रीय कमिटीको निर्णयले कार्यकर्तामा अन्योल सिर्जना गरेको र यसले आगामी निर्वाचनमा पार्टीको स्थिति कमजोर हुन सक्ने चेतावनी दिएका छन् ।
यता, संखुवासभाका खड्ग राई, झापाका होम थापा, निर्मला शिबाकोटी र मातृका भट्टराईले भने पूर्वराष्ट्रपति जस्तो गरिमामय व्यक्ति सक्रिय राजनीतिमा फर्कन नहुने धारणा राखेका छन् । उनीहरूले भण्डारीको सदस्यता नवीकरणको विपक्षमा बोलेका छन् । तर, बाँकी बोल्ने सदस्यहरूले यो विषयमा कुनै स्पष्ट धारणा राखेनन् । एक सदस्यका अनुसार, पार्टी अध्यक्ष केपी शमशेर ओली र महासचिव शंकर पोखरेलले यो विषयलाई ‘बन्द’ भएको घोषणा गर्दै छलफलमा ल्याउनेहरूलाई कारबाहीको चेतावनी दिएकाले धेरैजसो सदस्य मौन बसेका छन् ।
भोजपुरका अध्यक्ष खड्काले तल्लो तहका कार्यकर्ताहरूले केन्द्रीय कमिटीको निर्णयबारे प्रश्न उठाइरहेको बताए । उनले भने, “यो अवस्थामा अगाडि बढे आगामी निर्वाचनमा पार्टीको स्थिति कमजोर हुन सक्छ। संवादबाट समस्याको समाधान गरी पार्टीलाई एकताबद्ध गर्नुपर्छ ।”
यस्तै, रोशन बस्नेतले केन्द्रीय कमिटीको बैठकमा भण्डारीको पक्षमा राखिएको ‘नोट अफ डिसेन्ट’लाई माइन्युटमा समावेश नगरेकोमा गम्भीर आपत्ति जनाएका छन् । उनले नेतृत्वले भण्डारीको पक्षमा बोल्नेहरूलाई धम्क्याउने र तर्साउने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । “जसको नीति र विचारले यो पार्टी बनेको छ, आज उनलाई अपमानित गर्ने र हिलो छ्याप्ने काम भएको छ। यो खेदजनक छ । सदस्यता नवीकरणको निर्णय तत्काल सच्याउन माग गर्छु,” बस्नेतले भने ।
महासचिव शंकर पोखरेलले भने बैठकको सुरुमै यो विषय केन्द्रीय कमिटीले टुंग्याइसकेको र आगामी विधान महाधिवेशनमा समेत छलफल नहुने स्पष्ट पारेका छन् । उनले प्रदेश कमिटीलाई यो विषयमा नअल्झिन निर्देशन दिएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विवादले एमालेको आन्तरिक एकता र ‘मिसन ८४’ को रणनीतिमा असर पर्ने चिन्ता कार्यकर्ताहरूले व्यक्त गरेका छन् । कोशी प्रदेश कमिटीको यो दबाबले पार्टी नेतृत्वमाथि थप दबाब सिर्जना गरेको छ । यो मुद्दाले पार्टीको आगामी रणनीति र एकतामा कस्तो प्रभाव पार्छ, त्यो भने समयले नै बताउनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: