काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभरका कारागारहरू मानव अधिकारमैत्री नभएको निष्कर्ष निकाल्दै तत्काल सुधारका लागि सरकारलाई निर्देशन दिएको छ।
आयोगले कारागार व्यवस्थापनका लागि पर्याप्त जनशक्ति र बजेटको व्यवस्था गर्न, रुपन्देही र कैलालीसहित सबै कारागारको क्षमता अभिवृद्धि गर्न, कैदीबन्दी स्थानान्तरण प्रक्रिया पारदर्शी बनाउन, भिडन्त रोक्ने रणनीति तय गर्न र सुरक्षा व्यवस्था चुस्त पार्न आग्रह गरेको हो। साथै, कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने, प्रशासनिक क्रियाकलाप पारदर्शी बनाउन र कैदीबन्दीप्रति मानवोचित व्यवहार सुनिश्चित गर्न पनि निर्देशन दिएको छ ।
हालै कैलाली कारागारमा भएको हिंसात्मक भिडन्त र रुपन्देही कारागारको अवस्थाबारे आयोगले अनुगमन गरेको छ। आयोगका सदस्य डा. लिली थापा नेतृत्वको टोलीले रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत कैदीबन्दीसँग भेटघाट गरी भौतिक अवस्था र व्यवस्थापनको समीक्षा गरेको हो।
अनुगमनमा लामिछानेको कोठाको झ्याल प्लाइले बन्द गरिएको, हावा प्रवेश नहुने, बाहिर हिँडडुल गर्न नदिइएको, खुला ट्वाइलेट भएको, स्वास्थ्य दृष्टिले अनुपयुक्त कोठामा राखिएको र अदालतको आदेश भए पनि स्थानान्तरण नगरिएको पाइएको छ। त्यस्तै, कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, ज्येष्ठ नागरिक र बिरामीका लागि छुट्टै स्थानको अभाव, पत्रपत्रिका र शिक्षा सुविधाको कमी, सामाजिक सुरक्षा भत्ता नपाउने समस्या, सर्प प्रवेश, र बजेट अभाव देखिएको आयोगको भनाइ छ।
कैलाली कारागारबारे आयोगको सुदूरपश्चिम कार्यालयले निरन्तर अनुगमन गरिरहेको जनाएको छ। आयोगका अनुसार त्यहाँ पनि क्षमताभन्दा बढी कैदीबन्दी, सुरक्षा कमजोरी, प्रविधियुक्त चेकजाँचको अभाव, सुरक्षाकर्मीको न्यून संख्या र स्थानान्तरण प्रक्रिया अपारदर्शी हुँदा झगडा दोहोरिने अवस्था देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: