काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिने सांसदले अख्तियारसँग सम्बन्धित विधेयक, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, कारागार र कैदीको अवस्थालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सो अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले राष्ट्रियसभाबाट पारित भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ कहाँ छ भन्ने प्रश्न गर्दै भ्रष्टाचार नियन्त्रणसहित सुशासनका पक्षमा आएको विधेयक यथासक्य चाँडो पारित गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सदनमा आफूले उठाएका विषयवस्तुमाथि सरकारको ध्यान नगएको भनी दुःख व्यक्त गर्दै भ्रष्टाचार नियन्त्रणसहित सुशासनका पक्षमा सरकारको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशभरका कारागारको वस्तुस्थितिको अध्ययन गरी सुधारका निम्ति तत्काल कदम चाल्न सरकारसँग अनुरोध गरे ।
नेकपा (एमाले) की सांसद अस्माकुमारी चौधरीले कारागारमा कैदीबन्दीबीच झपड भई ज्यान जानेसम्मका घटना हुनु चिन्ताको विषय भएकाले त्यसतर्फ गम्भीर हुन गृहमन्त्रालयको ध्यानाकर्षण गरिन ।
एमाले सांसद ईश्वरबहादुर रिजालले सदन बहिष्कार नभई बहसको थलो भएको उल्लेख गर्दै बहिष्कार गर्ने सांसदले जनताको आवाज दबाउने काम गरिरहेको टिप्पणी गरे । एमाले सांसद ईश्वरी घर्तीले माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को नतिजामा त्रुटि हुँदा विद्यार्थी र अभिभावकले समेत मानसिक तनाव व्यहोर्नुपर्ने भएकाले परीक्षाको प्रणालीमा सुधार गर्नुपर्ने धारणा व्यक्त गरिन ।
माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले यही साउन १२ गते हुम्लाको लिमी गाउँमा पुनः हिमपहिरो जाँदा सिङ्गो गाउँ नै जोखिममा परेको जानकारी दिँदै सो क्षेत्रका प्रभावित जनतालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग अनुरोध गरे ।
सांसद कालुराम राई, उर्मिला थेवे, कान्तिका सेजुवाल, गङ्गा कार्की, डा चन्द्रकान्त भण्डारी, चन्द्रबहादुर विश्वकर्मा, छिरिङ ल्यामु लामा तामाङ, जावेदा खातुन जागा, जुलीकुमारी महतो महासेठलगायतले आमजनताको दैनिकीसहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: