काठमाडौं । महालक्ष्मी बैंकको करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा चार जना पूर्वकर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तत्कालनी शाखा प्रवन्धक डोटी घर भई कैलालीको भजनी नगरपालिका(७ बस्ते ३५ वर्षीय सागर शाही, शैल्यशिखर–९ घर भई नगद विभागमा काम गर्ने २९ वर्षीया निर्मला साउँद, बैतडीको पुर्चौडी नगरपालिका–३ घर भई ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त र दार्चुलाको लेकम गाउँपालिका–१ घर भई बैंकको कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त रहेका छन् ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित शाखा कार्यालयबाट २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैया २९ पैसा नोक्सानी गरेको आरोपमा कर्मचारी पक्राउ परेका हुन् । उनीहरुले बैंकको भल्टमा रहेको नगद गैरकानुनी रफमा भुक्तानी लिएर बैंकलाई नोक्सानी पुर्याएको आरोप छ ।
चार जना कर्मचारीको मिलेमतोमा बैंकलाई नोक्सानी पुर्याइएको भनी जाहेरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गराई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - २१:३०
काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...
चैत्र ११ गते, २०८२ - २१:२८
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...
चैत्र ११ गते, २०८२ - २१:२५
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...
चैत्र ११ गते, २०८२ - २१:१९
काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...
चैत्र ११ गते, २०८२ - २१:१८
बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...
चैत्र ११ गते, २०८२ - २१:०८
काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...
चैत्र ११ गते, २०८२ - २१:०४
काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...
चैत्र ११ गते, २०८२ - २१:०१
सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...
चैत्र ११ गते, २०८२ - २०:४०
नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...
चैत्र ११ गते, २०८२ - २०:३५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...


प्रतिकृया लेख्नुहोस्: