कैलाली । यहाँको खुला सिमानाकाबाट अवैध रूपमा भित्रिने भारतीय माछाका कारण स्थानीयस्तरमा माछापालन गर्दै आएका किसान समस्यामा परेका छन् । यहाँ उत्पादित माछाले उचित मूल्य पाउन नसकेपछि किसान समस्यामा परेका हुन्।
यहाँ उत्पादित माछा बिक्रीका लागि बजारको समस्या नभए पनि जिल्लाका विभिन्न सिमानाकाबाट अवैध रूपमा भारतीय माछा भित्रिने गरेकाले उचित मूल्य प्राप्त हुन नसकेको कैलारी गाउँपालिका–५ गोबरेलाका कृषक सनोज चौधरीले बताए।
ुबाहिरबाट भित्रिने माछाका कारण हामीले चाहेको मूल्यदरमा बिक्री गर्न सकिरहेको छैनौँ, यसले व्यापार व्यवसाय सञ्चालनसँगै आर्थिक व्यवस्थापनमा समस्या भएको छ,ु उनले भने ।
यहाँ उत्पादित माछा थोकमा प्रतिकिलो रु २५० र फुटकरमा प्रतिकिलो रु ३०० मा बिक्री हुने गरेको जनाउँदै चौधरीले सिमानाकाबाट भित्रिएका माछा थोकमा प्रतिकिलो २२० र फुटकरमा प्रतिकिलो २८० मा बिक्री हुने गरेको बताए।
'हामीले उत्पादन गरेका माछाको दररेटभन्दा भारतबाट ल्याइएका माछा सस्तो पर्न जान्छ । सोही कारणले व्यावसायिक माछापालन गर्ने किसानद्वारा उत्पादित माछाले उचित मूल्य नपाउँदा समस्या भएको हो,' उनले भने।
माछापालनका लागि तीन वटा पोखरी निर्माण गरेको बताउँदै चौधरीले कमन कार्प, ग्रास, रहु र पङ्गासेस जातका माछापालन गर्दै आएको जानकारी दिए।
माछा बिक्रीका लागि समस्या नभएपनि अवैध रूपमा भित्रिने माछाका कारण बिक्री दरमा वृद्धि हुन नसकेको धनगढी उपमहानगरपालिका–२ का माछापालक नरेश शाहले गुनासो गरेर। 'लामो समयदेखि हामीले व्यवसाय गर्दै आएका छौँ, तर लगानी र मिहेनतअनुसारको उचित मूल्य नपाउँदा कृषक समस्यामा परेका छौँ,' उनले भने।
सिमानाकाबाट अवैध रूपमा भित्रिने माछा रोक्नका लागि नाका क्षेत्रमा कडाइ गरिनुपर्नेमा उनले जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १३:३३
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...
आषाढ़ ३ गते, २०८३ - १३:२०
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...



प्रतिकृया लेख्नुहोस्: