Khabar Dabali २२ श्रावण २०८३ शुक्रबार | 7th August, 2026 Fri
Investment bank

आत्मनिर्भरता, सपना र संकल्पः मैले चिनेको कृष्ण थापा भित्रको हुटहुटी

कमल भट्टराई लिखु-५, ओखलढुंगा
कमल भट्टराई लिखु-५, ओखलढुंगा

राजनितीक दृष्टिमा राजनीतिक दलप्रति धेरै विषयमा असहमति हुनु स्वाभाविक हो स्वयं मेरा पनि छन्। रास्वपासँग पनि हजार कुरामा मतभेद हुन सक्छ स्वयं मेरा पनि छन्। तर असहमतिको सागरमा डुबेर सकारात्मक पक्ष हेर्न नसक्नु झन् ठूलो भूल हुनसक्छ।

रास्वपाका ओखलढुंगा जिल्ला सभापति कृष्ण थापा एउटा यस्तो नाम हो जसले आत्मनिर्भर नेपालको सपना बोकेका छन् । उनका एजेन्डाहरूः स्वरोजगार, उत्पादन, बजार, स्वालम्बन, व्यवसाय र आम्दानी आजको नेपालको अनिवार्य आवश्यकता हुन्, चाहना होइन। यो मात्र एजेन्डा होइन, उनीभित्र त्यो एजेन्डाप्रति दृढ संकल्प छ, लक्ष्यप्रति नियत छ, र कामप्रति हुटहुटी छ।

आज राजनीतिक दल भन्दा माथि उठेर कुनै व्यक्तिको विचार, जोश, र मार्गचित्रलाई मूल्यांकन गर्न सके के देखिन्छ ? कृष्ण थापा यस्ता एक व्यक्तित्व हेन् जो शब्द भन्दा बढी काममा विश्वास गर्छन् । उनको प्राथमिकता केवल पार्टी कुर्सी, गुट वा नारामा सीमित छैन स्वरोजगार, उत्पादन, बजार विस्तार, स्वालम्बन, व्यवसायिक आम्दानी र आत्मनिर्भरतामा उनको ध्यान केन्द्रित छ ।

आज हामीकहाँ यस्ता नेता दुर्लभ छन्, जसको दृष्टिकोण केवल आलोचना होइन, समाधानमा केन्द्रित छ। देश विकासको नारा धेरैले लगाए, तर त्यसको स्पष्ट कार्ययोजना, व्यवहारिक सोच, र ब्यबसायिक रुपमा स्थानीय स्तरबाट लागिपर्ने हुटहुटी कमैमा देखिन्छ। कृष्ण थापा त्यही दुर्लभ अपवादमा पर्छन् ।

हो, रास्वपा पार्टी र विचारहरूसँग नजोडिए पनि हुन्छ । तर आत्मनिर्भर नेपालको सपना देख्ने, त्यो सपना साकार पार्न योजनासाथ मैदानमा होमिएको यो व्यक्तित्वसँग भने अवश्य जोडिनुपर्छ। यदि तपाईं यहि देशमा बसेर बस्न र केही गर्न स्वरोजगार उत्पादन र आत्मानिर्भर र ब्यबसायि बन्न चाहानुहुन्छ भने। 

हामीले अब आलोचना मात्र होइन, विकल्प खोज्नुपर्छ। नारामाथि नतिजा र वचनमाथि योजना रोज्नुपर्छ। त्यसका लागि कृष्ण थापा जस्ता नेताहरूसँग संवाद, सहकार्य र समर्थन आवश्यक छ चाहे पार्टीको रङ जुनसुकै होस्। पार्टीको लागि होइन उत्पादन बजार र आत्मानिर्भरताको लागि र युवा स्वरोजगारको लागि।

राजनीतिक रङ्गभन्दा माथि उठेर सोच्ने हो भने यस्ता व्यक्तिहरूसँग समाजले जोडिनुपर्छ। उहाँ रास्वपामा हुनुहुन्छ या अर्को पार्टीमा, त्यो गौण विषय हुनसक्छ। मूल कुरा भनेको देश विकासको कुरा गर्ने र त्यसको लागि इमानदार प्रयास गर्ने व्यक्ति सँग जोडिनु हो। त्यो पनि आफ्नै स्थानीयस्तर बाट।  स्वरोजगार, उत्पादन, बजार, स्वालम्बन, व्यवसाय, आम्दानी र आत्मनिर्भरताको दिशामा दृढ संकल्प, स्पष्ट लक्ष्य, गन्तव्य र कार्ययोजना सहितको हुटहुटी रास्वपा जिल्ला सभापति कृष्ण थापामा देखिन्छ। रास्वपामा नजोडिनुहोस्, तर उनीसँग अवश्य जोडिनुहोस्।

राजनीतिक दलप्रति असहमति हुनु स्वाभाविक हो। कतिपय विचारमा, कतिपय व्यवहारमा तीतो अनुभव छन्। रास्वपा ९राष्ट्रिय स्वतन्त्र पार्टी० पनि त्यसबाट म पनि अछुतो छैन। हजारौं असहमतिहरु हुनु स्वाभाविक हो, र म स्वयं पनि ती असहमतिहरूको साझा भोगाइमा सहभागी भैरहेको छु।

तर अब राजनितीक असहमति मात्रैले समाज निर्माण हुँदैन। कहिले काँही असहमतिहरूको बिचबाट पनि आशाको किरण फूट्छ। त्यसै आशा र कर्मको उज्यालो देख्न पाइन्छ रास्वपाका जिल्ला सभापति कृष्ण थापामा।

उनीसँग राजनीति कुनै नारा होइन स्वरोजगार हो। कुनै वाचा होइन उत्पादन र बजारको व्यावहारिक योजनाको संकल्प हो। कृष्ण थापा युवालाई जागिर खोज्न होइन, आफ्नो ठाउँमै अवसर सिर्जना गर्न प्रेरित गर्नुहुन्छ। तन मन वचन र कर्मले लाग्नु हुन्छ । उहाँ सँग जुन हुटहुटी छ, त्यो करियरको होइन, आत्मनिर्भर टोल समाज वडा पालिजा जिल्ला र नेपालको सपना बोक्ने साहसिक हिँडाइको हो।

वास्तवमा, मुलुकलाई नेतृत्वभन्दा पहिले दृष्टिकोण चाहिन्छ। विचारभन्दा पहिले दृढ अडान र लगन चाहिन्छ। कृष्ण थापा राजनीतिमा छन्, तर राजनीति मात्रमा हैन उनी समाजमा र समाज रुपान्तरणको यात्रामा पनि निरन्तर अगाडी बढी रहेका छन् । 

रास्वपामा नजोडिनुहोस् त्यो तपाईंको व्यक्तिगत निर्णय र स्वतन्त्रता हो। तर कृष्ण थापाको अभियानमा नजोडिनु भनेको आत्मनिर्भर नेपालको सपना बाट अलगिनु हो।

स्वरोजगार, आत्मानिर्भर, उत्पादन, कृषि, बजार  ब्यबसायिक हातेमालो र प्रबर्द्धनमा हामीले गफ विकल्प होइन, उत्तरदायी र उद्देश्यप्रति प्रतिवद्ध नेतृत्व खोज्नुपर्छ। र त्यो नेतृत्व अहिलेको सन्दर्भमा कृष्ण थापा जस्ता कर्मशील, संकल्पशील, र सपना देख्न सक्ने युवाको हातमा सुरक्षित देखिन्छ।

त्यसैले, रास्वपामा नजोडिउला, तर कृष्ण थापासँग जोडिनैपर्छ किनभने उनीसँग योजना छ, हुटहुटी छ, र आत्मनिर्भर नेपालको सपना बोकेर काम गरिरहेका छन् ।  ओखलढुंगाका प्रत्येक स्थानीयतहले राजनिती रुपमा नभई आर्थिक र सामाजिक रुपमा उनी सँग सहकार्य गरेर युवा स्वरोजगार र समृद्ध स्थानीयतह बनाउन लाग्नु जरुरी छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending