काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको छ। आयोगले भदौ २३ का घटनामा मुख्य जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाल लाई फौजदारी मुद्दा लगाउन सिफारिस गरेको छ। तर भदौ २४ का विध्वंस, आगजनी, तोडफोड र लुटपाटमा आयोगले प्रमाणको अभाव देखाउँदै कारबाही सिफारिस नगरेपछि विवाद बढेको छ।
नेकपा एमालेले प्रतिवेदनको निष्पक्षता र आयोगको नियतमाथि गम्भीर प्रश्न उठाएको छ। अध्यक्ष ओलीले आयोग गठन आफ्नो सरकार र पार्टीविरुद्ध लक्षित भएको आरोप लगाउँदै फौजदारी कारबाहीको सिफारिस हाँस्यास्पद रहेको बताएका छन्। उनले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री घटनास्थलमा उपस्थित नभएको अवस्थामा दफा १८१ र १८२ अनुसार मुद्दा चलाउनु कानुनी रूपमा अमान्य हुने तर्क राखेका छन्। महासचिव शंकर पोखरेल र नेता गोकुल बास्कोटा ले पनि भदौ २४ का विध्वंस घटनालाई प्रतिवेदनले बेवास्ता गरेको टिप्पणी गरेका छन्।
अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मौन देखिएको छ। नेताहरू प्रतिवेदन पूर्ण अध्ययनपछि मात्र प्रतिक्रिया दिने बताउँदै आएका छन्। नेता यज्ञमणी न्यौपाने ले अहिल्यै टिप्पणी हतार हुने कारणले अध्ययन पछि मात्र निर्णय लिने बताए। रास्वपाले चुनावअघि नै जेनजी आन्दोलनको स्वामित्व ग्रहण गरेको घोषणा गरिसकेको थियो।
प्रतिवेदनले भदौ २३ मा माइतीघर–बानेश्वर मा भएको प्रदर्शनमा सुरक्षाकर्मीको हिंसात्मक व्यवहार र मानवअधिकार उल्लङ्घनको ठाडो उल्लिखित गरेको छ। यस दिन १९ जना प्रदर्शनकारीको मृत्यु भएको थियो। तर भदौ २४ का घटनामा सिंहदरबार, शीतल निवास, संसद् भवन र विभिन्न व्यापारिक प्रतिष्ठानमा भएको आगजनी र विध्वंसलाई आयोगले प्रमाण अभावको आधारमा सामान्यीकृत गरेको पाइन्छ। कतिपय स्थानमा सुरक्षाकर्मी निष्क्रिय रहेको र प्रदर्शनकारीले डेटा सेन्टर, कागजात जलाउने तथा ग्यास सिलिन्डर वा पेट्रोल बम फालेर भवनमा आगजनी गरेको कुरा प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले कारागारबाट भागेका अपराधी र केही राजनीतिक–व्यक्तिगत रिसइबीबाट विध्वंसको नेतृत्व भएको कुरा उल्लेख गरे पनि, भदौ २४ का मुख्य दोषी व्यक्तिहरू वा समूहमाथि कारबाहीको सिफारिस नगरेको देखिन्छ। यसले आयोगको निष्पक्षता र प्रतिवेदन कार्यान्वयनबारे व्यापक बहस सुरु गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...
चैत्र १२ गते, २०८२ - १९:२५
काठमाडौँ । नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छन् । सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि कुरा गर्दै प...



प्रतिकृया लेख्नुहोस्: