काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले हालै सर्वसम्मत पारित भएको शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी रहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले यो विधेयक जागिरेमुखी नभई उत्पादनमुखी शिक्षामा केन्द्रित रहेको उल्लेख गरे । “यो विधेयकले शिक्षक र विद्यार्थी दुवैलाई जिम्मेवार बनाउँछ । असल, अनुशासित र योग्य शिक्षकले मात्र गुणस्तरीय शिक्षा सम्भव हुन्छ । यो जागिरेमुखी नभई उत्पादनमुखी शिक्षाको पक्षमा छ,” उनले भने ।
थापाले शिक्षक महासंघका पदाधिकारीसँग पटक–पटक छलफल भएको र प्रायः सहमति भए पनि महासंघले भित्र सहमति गर्ने र बाहिर फरक कुरा उठाउने गरेको गुनासो गरे । उनले अस्थायी शिक्षकलाई स्वतः स्थायी गर्न नसकिने स्पष्ट पारे । “अस्थायी शिक्षकलाई प्रतिस्पर्धाका लागि उमेरहद हटाइएको छ । आयोगको परीक्षा पास गर्न नसके गोल्डेन ह्याण्डसेकमार्फत विदाइ गरिनेछ । प्रतिस्पर्धा र सुविधा दुवै दिइसकेपछि थप के चाहियो ?” उनले प्रश्न गरे ।
उनले हालै ४२ हजार नयाँ दरबन्दी सिर्जना गरिएको र अस्थायी शिक्षकका लागि ६० प्रतिशत कोटा छुट्याइएको बताए । “महासंघले ७५ प्रतिशत कोटा मागेको थियो, तर मध्यमार्गी बाटोका रूपमा ६० प्रतिशत दिइएको छ । यो पनि अन्याय हो र ?” उनले भने ।
थापाले शिक्षा उत्पादनमुखी र आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै विधेयकमा १६५ सांसदका १,७५८ संशोधन र सातवटै प्रदेशका नागरिक, शिक्षक, विद्यार्थी र जनप्रतिनिधिको सुझाव समेटिएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: