तनहुँ । म्याग्दे गाउँपालिका–७ माझिलाङलाई कोदोको पकेट क्षेत्रको रूपमा विकास गर्न तनहुँको म्याग्दे गाउँपालिकाले विभिन्न नीति तथा कार्यक्रमहरू अघि सारेको छ ।
यहाँ दुई रोपनी जग्गामा सामूहिक रूपमा कोदोको बीउ रोपिएको वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले जानकारी दिए । विगतमा कृषकहरूले व्यक्तिगत रूपमा कोदो खेती गर्ने गरे पनि यस वर्षदेखि सामूहिक खेतीलाई प्रोत्साहन गरिएको उनको भनाइ छ ।
गाउँपालिकाको सहयोगमा माझिलाङ र हर्षपुर क्षेत्रमा आठ प्रजातिका रैथाने कोदोको बीउ रोपिएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार, म्याग्देका अन्य वडाहरूको तुलनामा यो क्षेत्रमा कोदोको उत्पादन राम्रो हुने गरेको छ । कृषकहरूलाई कोदो खेतीमा आकर्षित गर्न सङ्गठित प्रयासका साथै आवश्यक उपकरणहरू पनि उपलब्ध गराइएको छ ।
बजारमा कोदोको माग बढ्दै गएको उल्लेख गर्दै उनले भने, “पहिले कोदोलाई लुकेर खाने प्रचलन थियो, तर अहिले परिस्थिति फेरिएको छ । सबै वर्गका मानिसहरूले कोदोको प्रयोग गर्न थालेका छन् ।”
माझिलाङ कृषक समूहकी अध्यक्ष श्याममाया नाम्जालीले दुई रोपनी जग्गा भाडामा लिएर सामूहिक रूपमा कोदो खेती सुरु गरिएको बताइन् । उनका अनुसार, विगतमा छुट्टाछुट्टै खेती हुने गरेकोमा अब सामूहिक प्रयासले उत्पादन वृद्धि र बजार व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
म्याग्दे गाउँपालिकाले कोदो खेतीलाई प्राथमिकतामा राखेर अन्य वडाहरूमा पनि यसलाई विस्तार गर्ने योजना बनाएको छ । कम लागतमा उत्पादन गर्न सकिने र भण्डारणमा अन्य बालीको तुलनामा कम क्षति हुने भएकाले कोदो खेतीलाई कृषकहरूका लागि फाइदाजनक मानिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: