पर्वत । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँ रित्तिँदा पर्वतका ३१ सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य भएको छ । जिल्लाका सातवटै स्थानीय तहमा रहेका यी विद्यालयहरूमा विद्यार्थी नहुँदा पनि समायोजन प्रक्रिया सुरु गरिएको छैन ।
जिल्ला शिक्षा समन्वय एकाइ पर्वतका अनुसार, जिल्लामा २७२ सामुदायिक विद्यालय छन् । विद्यार्थीविहीन हुनेमा अधिकांश आधारभूत र प्राथमिक तहका छन्, तर फलेवास नगरपालिका–५ को ध्रुवनमुना माध्यमिक विद्यालय पनि समावेश छ । पालिकाअनुसार विद्यार्थीविहीन विद्यालयको सङ्ख्या यस्तो छ: मोदी गाउँपालिकामा ९, कुश्मा नगरपालिकामा ८, फलेवास नगरपालिकामा ६, जलजला गाउँपालिकामा ४, विहादी गाउँपालिकामा २ र पैयूँ गाउँपालिकामा २, कुश्मा नगरपालिकामा हर्राचौर प्रावि, जनजागृति प्रावि, जनकल्याण प्रावि, मराङसिंह प्रावि, सहिद शुक्र प्रावि ठुलीपोखरी, धौलागिरि प्रावि र जनता प्रावि छन् ।
जलजलामा जनचेतना प्रावि शालिजा, सर्वोदय आधारभूत विद्यालय शालिजा र स्वस्ती आधारभूत विद्यालय धाइरीड छन् । फलेवासमा श्री बाल प्रावि, सूर्योदय प्रावि, जनता प्रावि लिमिठाना, तीनधारे प्रावि, मनकामना प्रावि, बेतेयानी प्रावि, देउराली प्रावि र भवानी प्रावि छन् । पैयूँमा बालज्योति प्रावि र बालनयन प्रावि, विहादीमा जनसेवा प्रावि वहाकीठाँटी र बालज्योति प्रावि रानीपानी छन्। मोदीमा सिद्ध आधारभूत, कृष्ण आधारभूत, जनप्रकाश आधारभूत, हरि आधारभूत, सरस्वती आधारभूत, बालकल्याण प्रावि, भूमे आधारभूत, लक्ष्मी आधारभूत, दुर्गाभवानी आधारभूत र सिद्धबराह आधारभूत विद्यालय छन् ।
जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख मतिलाल चपाईका अनुसार, विद्यार्थीविहीन विद्यालयमा शिक्षक राखिए पनि स्थानीय तहले समायोजन वा शिक्षक सरुवामा चासो दिएका छैनन् । फलेवासका स्थानीय धर्म पौडेलले स्थानीय सरकारको बेवास्ताले यस्तो अवस्था आएको बताए । फलेवास–२ का वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले भविष्यमा विद्यार्थी आउन सक्ने सम्भावनाले विद्यालय समायोजन नगरेको बताए । तर, रित्ता विद्यालयमा शिक्षक राखेर तलब सुविधा दिँदा बजेटको दुरुपयोग भएको उनको भनाइ छ ।
कतिपय जनप्रतिनिधिले करार, राहत शिक्षक र कार्यालय सहयोगीको रोजगारी जोगाउन विद्यालय समायोजन नगरेको स्वीकार गरेका छन् । यसले शैक्षिक सुधार र स्रोतको सदुपयोगमा चुनौती थपिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: