Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

पर्वतका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन

खबरडबली संवाददाता

पर्वत । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँ रित्तिँदा पर्वतका ३१ सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य भएको छ । जिल्लाका सातवटै स्थानीय तहमा रहेका यी विद्यालयहरूमा विद्यार्थी नहुँदा पनि समायोजन प्रक्रिया सुरु गरिएको छैन ।

जिल्ला शिक्षा समन्वय एकाइ पर्वतका अनुसार, जिल्लामा २७२ सामुदायिक विद्यालय छन् । विद्यार्थीविहीन हुनेमा अधिकांश आधारभूत र प्राथमिक तहका छन्, तर फलेवास नगरपालिका–५ को ध्रुवनमुना माध्यमिक विद्यालय पनि समावेश छ । पालिकाअनुसार विद्यार्थीविहीन विद्यालयको सङ्ख्या यस्तो छ: मोदी गाउँपालिकामा ९, कुश्मा नगरपालिकामा ८, फलेवास नगरपालिकामा ६, जलजला गाउँपालिकामा ४, विहादी गाउँपालिकामा २ र पैयूँ गाउँपालिकामा २, कुश्मा नगरपालिकामा हर्राचौर प्रावि, जनजागृति प्रावि, जनकल्याण प्रावि, मराङसिंह प्रावि, सहिद शुक्र प्रावि ठुलीपोखरी, धौलागिरि प्रावि र जनता प्रावि छन् । 

जलजलामा जनचेतना प्रावि शालिजा, सर्वोदय आधारभूत विद्यालय शालिजा र स्वस्ती आधारभूत विद्यालय धाइरीड छन् । फलेवासमा श्री बाल प्रावि, सूर्योदय प्रावि, जनता प्रावि लिमिठाना, तीनधारे प्रावि, मनकामना प्रावि, बेतेयानी प्रावि, देउराली प्रावि र भवानी प्रावि छन् । पैयूँमा बालज्योति प्रावि र बालनयन प्रावि, विहादीमा जनसेवा प्रावि वहाकीठाँटी र बालज्योति प्रावि रानीपानी छन्। मोदीमा सिद्ध आधारभूत, कृष्ण आधारभूत, जनप्रकाश आधारभूत, हरि आधारभूत, सरस्वती आधारभूत, बालकल्याण प्रावि, भूमे आधारभूत, लक्ष्मी आधारभूत, दुर्गाभवानी आधारभूत र सिद्धबराह आधारभूत विद्यालय छन् ।

जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख मतिलाल चपाईका अनुसार, विद्यार्थीविहीन विद्यालयमा शिक्षक राखिए पनि स्थानीय तहले समायोजन वा शिक्षक सरुवामा चासो दिएका छैनन् । फलेवासका स्थानीय धर्म पौडेलले स्थानीय सरकारको बेवास्ताले यस्तो अवस्था आएको बताए । फलेवास–२ का वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले भविष्यमा विद्यार्थी आउन सक्ने सम्भावनाले विद्यालय समायोजन नगरेको बताए । तर, रित्ता विद्यालयमा शिक्षक राखेर तलब सुविधा दिँदा बजेटको दुरुपयोग भएको उनको भनाइ छ ।

कतिपय जनप्रतिनिधिले करार, राहत शिक्षक र कार्यालय सहयोगीको रोजगारी जोगाउन विद्यालय समायोजन नगरेको स्वीकार गरेका छन् । यसले शैक्षिक सुधार र स्रोतको सदुपयोगमा चुनौती थपिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE