काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्र राष्ट्र भारतको उत्तराखण्डमा हालै आएको बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएकोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
तुर्कमेनिस्तान भ्रमणमा रहेका ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै बाढीमा परेका नेपाली नागरिकको सकुशल उद्दारका लागि सरकारले तत्काल दूतावासमार्फत कूटनीतिक पहल अघि बढाइसकेको जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीका अनुसार बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक परेको प्रारम्भिक खबर प्राप्त भएको छ। उनीहरूको खोजी तथा उद्दार कार्यमा भारत सरकारसँग समन्वय गरी काम भइरहेको छ।
बाढीपहिरोमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले पीडामा रहेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। उनले दुखद घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेका छन्।
प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको यस कठिन घडीमा नेपाल सरकार पीडितहरूसँगै रहेको स्पष्ट पार्दै आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहेको उल्लेख गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - ०८:०७
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...
चैत्र १९ गते, २०८२ - ०८:०३
काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...
चैत्र १९ गते, २०८२ - ०७:५६
काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...
चैत्र १९ गते, २०८२ - ०७:४९
जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध
चैत्र १९ गते, २०८२ - ०७:४४
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...
चैत्र १९ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...
चैत्र १९ गते, २०८२ - ०७:३५
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...
चैत्र १९ गते, २०८२ - ०७:२३
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...
चैत्र १९ गते, २०८२ - ०७:१९
काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...
चैत्र १९ गते, २०८२ - ०७:१५
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव


प्रतिकृया लेख्नुहोस्: