Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

विद्यार्थीका ९९ प्रश्नको कठघरामा प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार फरक विषयको सामना गर्नुपर्यो । उनलाई काठमाडौँमा विद्यार्थीहरूका ९९ प्रश्नको कठघरामा उभ्याइएको थियो ।

देशभरका क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीका सङ्कलित प्रश्न अध्यक्ष दाहाललाई पालैपालो सोधिएको थियो । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘विद्यार्थीसँग कमरेड प्रचण्ड, शैक्षिक संवाद’ कार्यक्रममा अध्यक्ष दाहाललाई उक्त ९९ प्रश्नको कठघरामा  उभ्याइएको हो ।

विद्यार्थीका अधिकांश प्रश्नहरू शैक्षिक विकृति, विसङ्गति, शिक्षा प्रणालीका कमजोरी, व्यावहारिक, रोजगार सीपमूलक र उद्यममूलक शिक्षा विकास हुन नसकेकामा आक्रोश थियो । ती प्रश्नहरूको अध्यक्ष दाहालले पालैपालो उत्तर दिए । चार सय ५० भन्दा बढी प्रश्नबाट छानेर उहाँलाई ९९ वटा प्रश्न सोधिएको हो ।

विद्यार्थीसँगका प्रश्नोत्तरको सहजीकरण भने पत्रकार रुपेश श्रेष्ठले गर्नुभएको थियो । विद्यार्थीका लिखित प्रश्नलाई श्रेष्ठले प्रस्तुत गर्ने र अध्यक्ष दाहालले जवाफ दिनेक्रम रह्यो । राष्ट्रियस सभागृहको प्रेक्षालय भरिभराउ विद्यार्थी चोटिला प्रश्नमा गडगडाहट तालीसहित हुटिङ गर्थे । अध्यक्ष दाहालको सोहीअनुसारका जवाफमा पनि विद्यार्थीहरू ताली पड्काउँथे ।

शिक्षा निजीकरणको दलदलमा पुग्दा किन ध्यान पुगेन रु विद्यार्थी सुवास गौतमको प्रश्नमा अध्यक्ष दाहालले भने, “उच्च शिक्षा आयोग र विद्यालय शिक्षा विधेयकमा यही कुरालाई गुणात्मक सुधार गर्ने प्रयास गरिएको छ, तर ठूला पार्टी त्यतातर्फ नदेखिनु विडम्बना हो । ठूला पार्टी शिक्षाको गुणस्तर वृद्धि र मेरिटोक्रेसी बढाउनेमा छैनन् ।”

सोही क्रममा पत्रकार श्रेष्ठले विद्यार्थी श्याम साह र अजय शर्माका जीवनोपयोगी शिक्षा खै रु र गुणस्तर शिक्षा किन छैन रु भन्ने प्रश्न अध्यक्ष दाहालसामु राखे । जवाफमा उहाँले भन्नुभयो, “शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्छ, मूल कुरा शिक्षालाई राज्यले नै जिम्मेवारी लिनुपर्छ । निजी शिक्षा निरुत्साहित गर्नुपर्छ ।” 

श्रेष्ठले थप प्रश्न राखे– के नेपालको शिक्षा प्रणाली त्यसरी अघि बढेको छ रु अध्यक्ष दाहालले थपे, “दुर्भाग्य अहिलेसम्म त्यसअनुसार शिक्षा नीति कार्यान्वयन हुनसकेको छैन, आफ्नो सरकारका बेलामा उच्च शिक्षा आयोग गठन गरी शिक्षालाई रोजगारको प्रत्याभूति हुनेगरी प्रतिवेदन बनेको थियो, त्यो प्रतिवेदन नै गायब पारिएपछि अघि बढेन, तेस्रोपटक प्रधानमन्त्री हुँदा कार्यान्वयनको चरणमा जाँदैथियो सरकार ढल्यो ।”

विद्यार्थीहरूले अध्यक्ष दाहालसामु सीपमूलक शिक्षाको अभावमा बेरोजगारी बढेको, युवा विदेशिएका, अन्तरराष्ट्रिय रूपमा प्रतिष्पर्धा हुन नसकेका, उद्यमी बन्न नसकेको किन, शिक्षा प्रणाली किन सुधार भएन ?, के समस्या भयो ? कसले रोक्यो ?  लगायतका प्रश्नहरू राखेका थिए ।  
    
सो क्रममा अध्यक्ष दाहालले सार्वजनिक शिक्षामा आफूले सुधार गर्न खोजेको तर नदिएको भनेर जवाफ दिएका थिए । त्यसमा कसको दोष रह्यो भन्ने प्रश्नमा उनले अहिलेका ठूला पार्टीले अवरोध गरेको जवाफ दिए । विद्यालय शिक्षा विधेयक पनि सरकारले नै रोकेको दाबी गर्दै उहाँले यो विधेयक पारित भए शिक्षाका धेरै समस्या हल हुने पनि बताए । 

अध्यक्ष दाहालले थपे “शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो, शिक्षामा सुधार नगरी अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन, त्यसकारण अब अर्को क्रान्ति चाहिएको छ भनेर मैले भनेको हो, त्यो क्रान्ति सशस्त्र क्रान्ति भनेको होइन, फेरि सडकबाट क्रान्ति नगरेसम्म उनीहरूको दिमागमा छिर्ने छैन ।”

परम्पराको साङ्लोहरू अझै बाँकी रहेको र अहिलेका ठूला दल परम्परागत शिक्षालाई नै अघि बढाउन उद्यत रहेको आरोप लगाउँदै अध्यक्ष दाहालले त्यही कारण क्रान्तिको खाँचो रहेको आफूले बताएको उल्लेख गरे । उनले शिक्षामा आमूल परिवर्तनका लागि सामूहिक सङ्कल्प र प्रतिबद्धताको खाँचो रहेको औँल्याउँदै भने, “त्यसका लागि म सबैसामु अपील पनि गर्दछु ।”

शिक्षालाई सीपयुक्त र रोजगारीमा जोड्नुपर्नेमा जोड दिँदै उनले शिक्षालाई राज्यले जिम्मेवारी लिनुपर्ने बताए । उक्त शैक्षिक संवाद अघि भने जनवादी गायक जीवन शर्माले सिमली छायाँमा लगायत गीत प्रस्तुत गरेका थिए । 

कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा पार्टीका विद्यार्थी फ्याक्सन इन्चार्ज हिमाल शर्मा, अखिल क्रान्तिकारीका अध्यक्ष विजय सापकोटा, उपाध्यक्ष मदन ढकाललगायतले धारणा राखेका थिए । कार्यक्रममा विद्यार्थी नेता स्वर्गीय विनोद अधिकारीकी आमा  हरिमायालाई दोसल्ला ओढाएर अध्यक्ष दाहालले सम्मान गरेका थिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending