Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

बागलुङमा वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

खबरडबली संवाददाता

बागलुङ । वैदेशिक रोजगारीमा गएर ठगिएका, अङ्गभङ्ग भएका र मृत्यु भएकाहरूका परिवारलाई आप्रवासी स्रोत केन्द्र बागलुङले राहत र क्षतिपूर्ति दिलाउन सक्रिय भूमिका निर्वाह गरेको छ ।

काठेखोला गाउँपालिका–७, रेशका चेतबहादुर थापाको २०७२ मा साउदीमा मृत्यु भएको थियो । दश वर्षसम्म कुनै राहत नपाएको उनको परिवारले केन्द्रको पहलमा अन्ततः राहत रकम प्राप्त गर्‍यो । साउदी सरकारले व्यक्तिगत विवरण पत्ता लगाउन नसक्दा भएको समस्यालाई केन्द्रले समन्वय गरी समाधान गरेको हो ।

केन्द्रका सूचना तथा परामर्शकर्ता गङ्गा शर्माका अनुसार, गत एक वर्षमा वैदेशिक रोजगारीसँग सम्बन्धित १२८ उजुरी दर्ता भएकामा ५८ वटा समाधान भए । जसमध्ये ७२ ठगीका उजुरीमा २२ वटाको समाधान गरी ५५ लाख १५ हजार रुपैयाँ फिर्ता गराइयो । सम्पर्कविहीन, कागजातविहीन र विदेशमा जेल परेका २५ उजुरीमध्ये १३ वटा समाधान भए ।

यस्तै, विदेशमा मृत्यु भएका १० जनाको शव ल्याउने र राहत रकम उपलब्ध गराउने काम भएको छ । मृत्यु र अङ्गभङ्गका १६ उजुरीमध्ये १३ वटाको समाधान गरी परिवारलाई ६७ लाख ६ हजार रुपैयाँ राहत प्रदान गरिएको शर्माले बताए ।
केन्द्रका प्रमुख मीन उपाध्यायले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै ठगी, अङ्गभङ्ग, मृत्यु र जेल पर्ने घटनाहरू बढेको बताए । काम, तलब, कम्पनी फरक परेका र पासपोर्ट जफतजस्ता १५ उजुरीमध्ये १० वटाको समाधान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा कन्सुलर सेवा विभागमार्फत प्राप्त २१ लाख ३० हजार २५४ रुपैयाँ पीडितहरूलाई वितरण गरिएको उपाध्यायले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending